'राइज अफ द मुर्स' का ११ सदस्य प्रहरी नियन्त्रणमा

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : thedailybeast.com
Photo : thedailybeast.com

अमेरिकामा आज (आइतबार) स्वतन्त्रता दिवसको पूर्व-सन्ध्यामा मासचुसेट राज्यको बोस्टननजिक 'अमेरिकी कानून नमान्ने तर आफूलाई शान्ति दूत मान्ने' समूह 'राइज अफ द मुर्स' का ११ सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कारवाहीमा कुनै मानवीय क्षति भने नभएकाे प्रहरीले जनाएकाे छ। प्रशिक्षणको निमित्त कतै जाँदै गरेका उक्त समूहका सदस्यहरुलाई प्रहरीले रोकेपछि उनीहरुले आत्म-समर्पण गरेका थिए।

अश्वेतहरुको बाहुल्यता रहेको यो समूह करिब २० वर्षदेखि अमेरिकी कानूनको उलंघन गर्दै आइरहेकाे छ। 

गाडी र बन्दुकको लाइसेन्स नलिने, सडकमा हर्न बजाउदै गाडी कुदाउँनेजस्ता क्रियाकलाप गर्ने यो समूहका अधिकांश सदस्य लागूपदार्थका दुर्व्यसनी छन्।

प्रकाशित मिति: : 2021-07-04 17:16:00

प्रतिकृया दिनुहोस्