जापानमा भारी वर्षापछि आएको बाढीले दश घर बगायो, बीस जना बेपत्ता

Photo-thestatesman.com
Photo-thestatesman.com

मध्य जापानको सिजुको जिल्लामा शुक्रबार रातिदेखि आएको भारी वर्षा र त्यसपछि आएको बाढीमा परी कम्तीमा पनि २० जना मानिस हराएका छन्।

सिजुको जिल्लाको अतामी भन्ने गाउँमा अविरल वर्षापछि आएको बाढीले त्यहाँका कम्तीमा पनि १० ओटा घर बगाएको छ र ती घरमा रहेका २० जना नागरिक हराएका छन्।

शनिबार बिहानदेखि हराएका उनीहरुको खोजी कार्य जारी रहेको भए पनि उनीहरु भेटिएका छैनन् । उक्त गाउँका १० घर अविरल वर्षापछि आएको बाढीले बगाएर लगेको छ। सोही बाढीमा परेर ती २० जना व्यक्ति हराएका उक्त जिल्लाका एक अधिकारीले जानकारी दिएका छन्। 

सो जिल्लाका एकजना प्रहरी अधिकारीले हराएका ती व्यक्तिको खोजी जारी रहेको तर उनीहरु नभेटिएको भन्दै उनीहरु अब भेटिने सम्भावना निकै नै कम रहेको बताएका छन्। सो क्षेत्रमा केही दिन यतादेखि भारी मात्रामा वर्षा भइरहेको छ। उक्त वर्षाका कारण यहाँका अरु गाउँहरुमा पनि असर गरिरहेको बताइएको छ। रासस/सिन्ह्वा

प्रकाशित मिति: : 2021-07-03 22:25:00

प्रतिकृया दिनुहोस्