अफगान सेना र तालिबानबीचको भिडन्तमा तीन अफगान सेनासहित २३ जनाको मृत्यु

File photo
File photo

अफगानिस्तानको सरकारी फौज र यहाँका तालिबानहरुबीच भएको दोहोरो भिडन्तमा परी २३ जनाको ज्यान गएको छ। 

अफगानिस्तानको उत्तरी बादखसान प्रान्तमा सो भिडन्त भएको हो। त्यसमा परेर अरु कैयौँ व्यक्ति हराएका छन्। 

उक्त भिडन्तमा परी तीन जना अफगानिस्तानको सेनाका सदस्य पनि मारिएका बादखसान प्रान्तका प्रान्तीय सूचना प्रमुखले बताएका छन्। सो क्षेत्रमा शुक्रबार रातिदेखि शनिबार मध्याह्नसम्म पनि भिडन्त भएको थियो। त्यसमा परेर कैयौँ तालिबान घाइते पनि भएका छन्।  

सो क्षेत्रमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा यहाँको संयुक्त सुरक्षा फौजले हमला गरेको थियो। त्यस हमलामा परेर ती तालिबानहरु मारिएका हुन्। त्यस क्रममा तालिबानहरुले पनि सरकारी सुरक्षाफौजमाथि हमला गरेका थिए। 

ती हमलामा परेर तीनजना अफगान सेना मारिएका र अरु केही घाइते भएका थिए। सो क्षेत्रका केही समयअघि देखि ती तालिबानहरुले हिंसात्मक कारबाहीलाई जारी राखेका छन्। रासस 

प्रकाशित मिति: : 2021-07-03 19:10:00

प्रतिकृया दिनुहोस्