यूरोकप २०२०ः क्वाटरफाइल खेलमा आज स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटली भिड्दै

यूरोकप फुटबलका क्वाटरफाइनल खेलहरु आजबाट हुनेछन्। आज बेलुकी पौने १० बजे हुने पहिलो क्वाटरफाइनल खेलमा स्पेन र स्विट्जल्याण्ड भिडैछन्।

खेल रुसको सेन्ट पिटर्सवर्गमा हुनेछ। राउण्ड अफ सिक्सटिनमा क्रोएसियालाई अतिरिक्त समयमा ५–३ ले हराउँदै स्पेन क्वाटरफाइनलमा पुगेको हो।
स्विटजरल्याण्डले भने प्रि क्वाटरफाइनलमा विश्वकप विजेता फ्रान्सलाई टाई ब्रेकरमा हराएको थियो।

स्वीट्जरल्याण्ड ६७ वर्षपछि ठूलो प्रतियोगितामा क्वाटरफाइनल पुगेको हो। स्वीट्जरल्याण्डले पछिल्लोपटक सन् १९५४ मा विश्वकपको क्वाटरफाइनल खेलेको थियो।

स्पेन २०१६ को युरोकपमा क्वाटरफाइनलबाटै बाहिरिएको थियो। सन् १९६४ को दोस्रो संस्करणको च्याम्पियन स्पेनले सन् २००८ र २०१२ मा लगातार युरोकप उपाधि जित्दै यस्तो उपलब्धि हासिल गर्ने पहिलो टिमको कीर्तिमान बनाएको थियो।

क्वाटरफाईनलको दोस्रो खेलमा आज राति पौने १ बजे इटाली र बेल्जीयम भिड्नेछन्।

खेल जर्मनीको म्युनिखमा हुनेछ। राउण्ड अफ सिक्सटिनमा अष्ट्रियालाई हराउँदै इटाली तथा पोर्चुगललाई हराउँदै बेल्जियम क्वाटरफाइनलमा पुगेका हन्।

युरोकपका अन्य दुई क्वाटरफाइनलमा भोली राति चेक रिपब्लिक र डेनमार्क तथा युक्रेन र इंग्ल्याण्ड भिड्नेछन्।

प्रकाशित मिति: : 2021-07-02 10:59:00

प्रतिकृया दिनुहोस्