भक्तपुर नगरपालिकाको बजेट पारित

Symbolic photo
Symbolic photo

भक्तपुर नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०७८/७९ को बजेट सर्वसम्मतिले पारित गरेको छ। नगरका उपप्रमुख रजनी जोशीबाट यही असार १० गते प्रस्तुत बजेट नगरसभाको आजको बैठकले छलफलसहित पारित गरेको हो।

सभामा प्रस्तुत रु। १ अर्ब ९३ करोड २० लाखको बजेटले स्वास्थ्य, शिक्षा र सम्पदा संरक्षणलाई प्राथमिकता दिएको छ।

नगरले विभिन्न अस्पताल सञ्चालनमा ल्याउन आवश्यक बजेट विनियोजन गरेको छ भने ख्वप अस्पताल कोभिड युनिटमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन नगरबासीलाई निःशुल्क प्रदान गर्ने नीति लिएको छ। रासस

प्रकाशित मिति: : 2021-07-01 20:49:00

प्रतिकृया दिनुहोस्