सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेश पर्यटन बिधेयक २०७७’ लाई पारित गरेको छ। उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले आजको बैठकमा सो बिधेयक प्रस्तुत गरेका थिए।
यस अघि सो बिधेयक माथिका छलफलमा प्रदेशसभा सदस्य अमरबहादुर साउद, देवकी मल्ल, मालामति रानाथारु र डिल्लीराज पन्तले भाग लिएका थिए। अब प्रदेश भित्रका पर्यटकीय क्षेत्र एवं पर्यटकीय स्थलको संरक्षण तथा प्रवद्र्धन गर्ने थप बाटो खुलेको छ।रासस