आफ्ना एजेण्टलाई गोलि प्रहार गर्ने व्यक्तिको बारेमा सूचना दिनेलाई एफ‍.बि.आइले ५० हजार डलर पुरस्कार दिने 

File Photo
File Photo

फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफ बि आइ)ले आफ्नो बिशेष एजेण्टलाई गोलि प्रहार गरेर हत्या गर्न खोज्ने व्यक्तिको बारेमा सूचना दिनेलाई  ५० हजार डलर पुरस्कार दिने घाेषणा गरेकाे छ।

एफ‍‍‍‌‌ बि आइका बिशेष एजेण्टलाई  पछिल्लाे हप्ता मिसिसिपीको ज्याक्सन एक व्यक्तिले गाेली प्रहार गरे हत्या गर्न खाेजेका थिए।

एफ‍‍‍‌‌ बि आइले हत्या गर्न खोज्ने व्यक्तिको बारेमा सूचना दिनेकाे नाम गाेप्य राखेर पुरस्कार दिने घाेषणा गरेकाे हाे।

पिडित एजेन्टको स्वास्थ स्थिति हाल खतरा मुक्त भएको जनाइएको रहेकाे छ। 

एफ बि आइद्वारा जारी बिज्ञप्तीमा आरोपी डिमारियो कटनलाई पक्राउ गर्न सँघिय वारेन्ट जारी गरिएको र प्रहरीले उनलाई खोजी गरिरहेको बताइएको छ।

उसका अनुसार कटन प्रहरीले पटक–पटक पक्राउ गरेको पटके अपराधी भएको बताइएको छ।

प्रकाशित मिति: : 2021-06-30 09:28:00

प्रतिकृया दिनुहोस्