राष्ट्रपति बाइडेन र इजरायली राष्ट्रपतिबीच फोनवार्ता,इरानले कुनै पनि हालतमा आणविक हतियार नपाउने 

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली राष्ट्रपति रेभन रिभलिनबीच भेटवार्ता भएको छ।

अमेरिकी राष्ट्रपति बाइडेनले सोमबार ह्वाइट हाउसमा इजरायली राष्ट्रपति रिभलिनसँग वार्ता गरेका हुन्। उनीहरुबीच अमेरिका र इजरायलबीचको द्धिपक्षीय हितका साथै अन्य कूटनीतिक विषयहरुमा कुराकानी भएको बताइएको छ।

हाल इजरायलका राष्ट्रपति रिभलिन अमेरिकाको भ्रमणमा रहेका छन्। सो भेटका क्रममा उनीहरुबीचमा इरानका विषयमा पनि कुरा भएको थियो।

इरानले कुनै पनि हालतमा आणविक हतियार नपाउने विषयमा अमेरिकी राष्ट्रपति बाइडेनले इजरायली राष्ट्रपतिलाई सुनिश्चित गराएका थिए। 

राष्ट्रपति बाइडेनले इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटलाई छिट्टै नै अमेरिका भ्रमणका लागि आमन्त्रण गर्ने जानकारी पनि दिएका छन्।

प्रकाशित मिति: : 2021-06-29 19:01:00

प्रतिकृया दिनुहोस्