नेपाली जीवनलाई सबैभन्दा प्रभावित गर्नसक्ने शताब्दी नायक मदन भण्डारी (भिडियाेसहित)

केपी शर्मा ओली

प्रधानमन्त्री

जननेता मदन भण्डारीको ७०औं जन्मदिन। मदन भण्डारी नामैले एउटा विचार– ‘स्कूल अफ थट’, एउटा आन्दोलन। राजनीतिक–आर्थिक हिसाबले, सामाजिक–साँस्कृतिक हिसाबले, नेपाली समाजलाई सुसभ्य, सुसंस्कृत, समृद्ध, सुशासनयुक्त, शान्तिपूर्ण र विकसित राष्ट्रको रुपमा निर्माण गर्ने एउटा सही विचार, सही बाटो। सही प्रयासहरुको संगमको स्वभाविक रुपमा याद हुन्छ। मदन भण्डारीको नाम भन्नेबित्तिकै उहाँको बहुआयामिक व्यक्तित्वको याद हुन्छ।

आजको विशेष दिनमा म उहाँप्रति अत्यन्तै आदरभाव र सम्मानका साथस्मरण गर्न चाहन्छु। उहाँबाट हामीले सिक्नुपर्ने कुराहरु थुप्रै छन्। उहाँका विचारहरुलाई अनवरत रुपमा कार्यान्वयन गर्नुपर्ने उत्तरदायित्वहरु बाँकी छन्।
समाज परिवर्तनको सही दिशामा, अग्रगमनको र हाम्रो गन्तव्यसम्म अथवा ‘समृद्ध नेपाल सुखी नेपाली’ सम्म पुर्याउने अभियानलाई साकार पार्ने त्यो अभिभारा हाम्रो अगाडि छ।

खोज अध्ययन, अनुसन्धानका साथ आज हामीले छ वटा पुस्तक लोकापर्ण गर्यौँ। तिनका हरेक आयामहरु छन्। कुनै मदन भण्डारीको साहित्यिक आयाम, कुनै राजनीतिक आयाम, वैचारिक आयाम, राष्ट्रियताको आयाम, लोकतन्त्रको आयाम, सामाजिक परिवर्तन सुधारको आयाम, यस्ता अनेक आयामहरु छन्। जसमाथि या त निबन्ध अथवा विभिन्न पुस्तकहरु रचना भएका छन्।

म पुस्तकका रचनाकार महानुभावहरुमा धन्यवाद भन्न चाहन्छु। जननेता मदन भण्डारीका योगदानका, चिन्तनका, संघर्षका विभिन्न पक्षहरुलाई उहाँहरुले हामीसामु ल्याउनुभएको छ। यसका निम्ति धन्यवाद ! 

जननेता मदन भण्डारी नेपालको  राजनीतिक आन्दोलनको इतिहासमा जन्मिएको, विचार सुल्झिएको, नेपाली समाजलाई बुझेको, नेपाली समाजको विगत र वर्तमानलाई बुझेको र सुन्दर भविष्यको परिकल्पना गर्न सक्ने एउटा चिन्तक हो। 

मैले अघि नै भनेँ– जसका विचारहरु सुल्झिएका छन्, उल्झिएका होइनन्। जो जीवनलाई एउटा आदर्शमय जीवनको रुपमा, सिद्धान्त निष्ठाको जीवनको रुपमा र जीवनलाई देशका लागि र जनताका लागि समर्पित गर्नु सबैभन्दा ठूलो र महत्वपूर्ण कार्य भन्ने ठान्नुहुन्थ्यो। 

व्यक्तिगत तवरमा राम्रा प्रयासहरुको आफ्ना ठाउँमा महत्व छ तर यदि त्यसलाई समग्र सामजिक परिवर्तनको उचाइमा उठाउन सकिएन, एउटा राष्ट्रिय आन्दोलन र अभियानको रुपमा अगाडि बढाउन सकिएन भने त्यसले सार्थकता पाउँदैन। 

समग्र सामजिक प्रणालीभित्र राजनीति, अर्थतन्त्र, समाज र संस्कृति सबै कुरा पर्छ। त्यो भित्र मानवअधिकार पर्छ, त्यो भित्र वातावणीय प्रश्न पर्छ, त्यो भित्र विज्ञान र प्रविधिको उन्नति पर्छ। 

यी सबै कुराहरुलाई निर्देशन गर्ने राजनीति र त्यस राजनीतिले प्राप्त गर्ने प्रणाली वा शासकीय व्यवस्थाजस्ता कुराहरुलाई समुचित बनाउन सकिएन भने राम्रा काम गर्ने मानिसको संख्या घट्दै जान्छ। तिनीहरु ‘आइसोलेटेड’ रुपमा रहन्छन्। 

हामी इतिहासमा थुप्रै व्यक्तिहरुका महानताका कुराहरु पढ्छौँ तर ती वैयक्तिक महानताहरुलाई समग्र सामाजिक परितर्वनको र रुपान्तरणको उचाइमा लान नसक्दा ती वैयक्तिक तवरमा नै बसेको पाउँछौँ। जबसम्म उसले सेवा गर्छ, तबसम्म बस्छ। जब उसको अन्त्य हुन्छ, ती कुरा पनि अन्त्य हुन्छन्। 

त्यस्तै कोही निस्केलान्, वैयक्तिक तवरमा गर्ने। त्यो सामाजिक प्रणालीको रुपमा, सामाजिक पद्धतिको रुपमा, सामाजिक जीवन पद्धतिको रुपमास्थापित भएको हुँदैन। 

मदन भण्डारीका प्रयासहरु र चिन्तन निष्कृय शुभकामनाहरु होइनन्। समाजको भलो भए हुन्थ्यो, समाज राम्रो, शान्तिपूर्ण, समानतामूलक र समृद्ध भइदिए हुन्थ्यो, समाजमा कसैले पनि नराम्रो नगरिदिए हुन्थ्यो– यी राम्रा कामनाहरु हुन् तर ती निष्कृय कामना भए। 

असंगठित कामना भए वा व्यक्तिगत तवरका कामना मात्र भए भने तिनले राम्रा कामना भइकन पनि, राम्रा विचार भइकन पनि, राम्रो मनसाय भईकन पनि तिनले समाजलाई निर्णायक वा वास्तवमा खोजेका चिजहरु प्राप्त गर्ने तहमा उठाउन सक्दैनन्, पुर्याउन सक्दैनन्। 

त्यस कारण मदन भण्डारीका विचारहरु राम्राका लागि निष्कृय शुभकामना मात्रै होइनन्। राम्राका लागि सही विचार, सही उद्देश्यहरु र सक्रिय कामनासहित तिनको व्यवहारमा कार्यान्वयन गर्ने कुरा धेरै महत्वपूर्ण हो।

त्यस कारण मदन भण्डारी भन्दैगर्दा हामीले सही विचार, सही चिन्तन, सही चिन्तक र सही विचारको रुपमा मात्रै होइन, सही चिन्तक, सही विचारक र तिनको कार्यान्वयनको अगुवाई गर्ने सङ्गठित प्रयासहरु ती विचारहरुको कार्यान्वयनमा विचारहरु अगाडि बढाउने, ती प्रयासहरुलाई संगठित ढंगले अगाडि बढाउनेभनेर बुझ्छौँ। मदन भण्डारीका विचारहरुको महत्व यस कुरामा पनि छ। 

यद्यपि मदन भण्डारीले यो पहिलो पल्ट गर्नुभएको होइन। इतिहासमा यस्ता विचारलाई व्यवहारमा कार्यान्वयन गर्ने संगठित प्रयासहरु थुप्रै भएका छन्। नेपालको सन्दर्भमा सुल्झिएका विचारहरु, समयानुकूल समाजलाई अगाडि बढाउने सुल्झिएका सोचहरुसहित सङ्गठित प्रयास गर्ने मदन भण्डारीभन्दा अगाडि या त क्षमतको सीमाले होस् वा विचारलाई संश्लेषण गरेर थिग्र्याउने कुरामा, सुल्झाउने कुरामा वा त्यसलाई निष्कर्षको रुपमा पु¥याउने कुरामा रहेका सीमाहरु होउन् अथवा आन्दोलनकारी प्रवृत्ति मनोवृतिको सीमा होस् आदि कुराहरु जेजेले भएपनि मदन भण्डारीभन्दा अगाडि समाजलाई त्यसरी झक्झकाउने खालको व्यक्तित्व हामी पाउँदैनौँ। 

नेपाली राजनीतिका शताब्दी नायक

एउटा राष्ट्रिय दैनिकले ‘सर्वे’ गर्यो– बीसौं शताब्दीमा नेपालको राजनीतिलाई सबैभन्दा बढी प्रभावित गर्ने व्यक्ति को हुन् ? आम निष्कर्ष निस्किएको थियो– मदन भण्डारी। अर्थात्, बीसौं शताब्दीको नेपाली राजनीतिलाई, नेपाली समाजलाई, नेपाली जनजीवनलाई वैचारिक हिसाबले र परिवर्तनकारी आन्दोलनका हिसाबले सबैभन्दा बढी प्रभावित गर्न सक्ने व्यक्तित्व मदन भण्डारी हुनुहुन्थ्यो। त्यसै कारण उहाँलाई शताब्दी नायक भनिएको हो।

एउटा पक्ष मानिसले अक्सर बिर्सने गरेको छ– मदन भण्डारी जननेता मात्रै होइन, शताब्दी नायक पनि हो। शताब्दी नायक जननेता मदन भण्डारी।

आज हामीले विमोचन गरेका पुस्तकहरुमा राष्ट्रिय पक्ष मदन भण्डारीका विचारहरुले पारेको राष्ट्रिय राजनीति र राष्ट्रिय जनजीवनमा पारेको असाधारण प्रभावहरुबारे चर्चा छ। 

मदन भण्डारीको राजनीतिले समसामयिक अन्तर्राष्ट्रिय राजनीतिमा पारेको प्रभाव सम्बन्धमा, मदन भण्डारीका विचारहरुले तत्कालीन रक्षात्मक अवस्थामा पुगेको वामपन्थी आन्दोलन, कम्युनिष्ट आन्दोलनलाई प्रभावित गर्ने सन्दर्भमा र यथार्थमा राजनीतिक चिन्तन प्रणालीकोे दुनियाँमा पारेको प्रभावका सम्बन्धमा चर्चा छ। 

म नेपालको मात्रै कुरा गरिराखेको छैन। राजनीतिक प्रणालीसम्बन्धी चिन्तन प्रक्रियामा मदन भण्डारीले अगाडि सार्नु भएका सोच, विभिन्न नाम र विभिन्न ‘स्कूलिङ’ बाट चिनाउन चाहनेहरु सबैका लागि एउटा झक्झकाउने– ‘थट प्रोभोेकिङ’ भन्छ नि– ‘थट प्रोभोकिङ’ सोेचहरुको रुपमा प्रस्तुत भए। 

देशभित्रको सम्बन्धमा ‘लेफ्ट मुभमेन्ट’ मा कहाँ कहाँ कमिरहे ? त्यसबारे उहाँले धेरै सटिक र धेरै सशक्त ढंगले प्रस्तुत गर्नुभयो, जसका कारण पञ्चायतविरुद्ध संयुक्त आन्दोलन सम्भव भयो, सफल भयो। 

संयुक्त जनआन्दोलन र पञ्चायतको अन्त्य

२०४६ साल भदौमा तत्कालीन (माले)को चौथो राष्ट्रिय महाधिवेशन भयो। भदौमा उहाँ महासचिव हुनुभयो। लोेकतान्त्रिक शक्तिहरु एक ठाउँमा आएर निरङ्कुश राजतन्त्र र निर्दलीय पञ्चायती तानाशाहीविरुद्ध लड्नुपर्छ र संयुक्त आन्दोलन गर्नुपर्छ। त्यस आन्दोलनको स्वरुप शान्तिपूर्ण हुन्छ। त्यो संयुक्त आन्दोलन हुन्छ र त्यस आन्दोलनलाई गन्तव्यमा पु¥याएर नेपाली समाजलाई अगाडि बढाउने क्रममा हामी अघि बढ्न सक्छौं। उहाँकै सांगठनिक अगुवाइमा चौथो महाधिवेशनले संयुक्त जनआन्दोलनको कार्यदिशा पास गर्यो। त्यसपछि संयुक्त वाममोर्चा बन्यो। नेपाली काँग्रेससँग कार्यगत एकता बन्यो र संयुक्त जनआन्दोलन सञ्चालन गरियो। त्यो संयुक्त जनआन्दोलन चैतको अन्त्यसम्म पुग्दा सफल भयो। 

भदौमा उहाँ महासचिव हुनुभएको थियो। मैले अघि नै भनेँ– भदौमा महासचिव भएर संयुक्त जनआन्दोलनको बाटो अघि सारेर चैतको अन्त्यसम्ममा पुग्दा राजनीतिक प्रणालीमै फेरबदल ल्याइसकियो। परिस्थिति एक ढंगले परिपक्व नै थियो। निरङ्कुश राजतन्त्र, तानाशाही प्रणालीबाट जनता वाक्कदिक्क थिए। त्यसले सामाजिक विकासको गतिलाई अगाडि बढाउनुको सट्टा, व्यवधान पारिरहेको थियो।

जनता परिवर्तन चाहन्थे तर परिवर्तन कसरी ? परिवर्तनको चाहना एउटा कुरा हो, परिवर्तन कसरी भन्ने कुरा सबैभन्दा महत्वपूर्ण कुरा हो। परिवर्तनको कुरा त मान्छेले गर्छ तर परिवर्तन कसरी ? 

त्यही कुराको समाधान जननेता मदन भण्डारीले दिनुभयो– परिवर्तन यसरी हुन्छ। हिन्दीमा एउटा भनाइ छ, ‘ज्यान जायगा, घोडा नै खाएगा’। नेपाली काँग्रेसमा अरु थोक जेसुकै होस् तर कम्युनिष्टसँग मिल्नु हुँदैन भन्ने पुरानो धारणा थियो। 

त्यही धारणाले २००७ सालको आन्दोलनको उपलब्धि टिकाउन सकिएन। ०१५ सालको निर्वाचनको परिणाम टिकाउन सकिएन। आन्दोलनका  सहयात्रीमाथि प्रतिबन्ध लगाउने र प्रतिक्रियावादी, प्रतिगामी शक्तिहरुसँग मिलेर लोकतन्त्र जोगाउँछु भन्ने ठान्ने एउटा भ्रान्त धारणा थियो।  

त्यसविरुद्ध पुष्पलालले प्रयास गर्नुभएको थियो तर नेपाली काँग्रेसले स्वीकार्न सकिरहेको थिएन। मदन भण्डारीको नेतृत्व भएपछि त्यसलाई नेपाली काँग्रेस स्वीकार्ने विन्दुमा पुग्यो। उहाँ महासचिव भएको छ महिना पूरा हुँदा नहुँदा २०४६ सालको आन्दोलन एउटा टुङ्गोमा पुग्यो। त्यो छ महिनाको बीचमै आन्दोलनको तयारी संयुक्त मोर्चाको निर्माण, आदि कुराहरु भइसकेका थिए  । 
आजको माओवादीको त्यति बेलाको धार त्यस आन्दोलनमा सरिक हुन मानिराखेको थिएन। पछि आन्दोलनमा ऊ लतारिँदै आयो। तर पनि संयुक्त वाममोर्चामा आएन। पछि लतारिँदै संयुक्त वाममोर्चामा वा त्यस अभियानमा सरिक हुन बाध्य भयो। अर्थात् जसले चाहेको छैन, त्यसलाई पनि आन्दोलनले घिसारेर ल्यायो। 

राष्ट्रिय जनमोर्चाकाे दृष्टि मन्त्री पदमा

राजनीतिमा कहिले कहिले कस्तो हुन्छ भने साना कुराले राजनीति भएन र स्वार्थ नीतिलाई केन्द्र भागमा राखियो भने साना कुराले कहाँबाट कहाँ पु¥याइदिन्छ। अहिले हामीले हे¥यौँ भने राष्ट्रिय जनमोर्चालाई त्यसको दृष्टान्त देख्न सकिन्छ। 

संसद्मा एक जना उहाँहरुको प्रतिनिधि छ। ती एक जना प्रतिनिधिलाई कसरी मन्त्री बनाउन सकिन्छ, उहाँहरुको राजनीति त्यत्ति हो। हामीसँग हुँदा पनि राजनीति त्यत्ति हो, अहिले पनि राजनीति त्यत्ति हो।

अहिले उहाँहरु कहाँ पुग्नु भयो भन्दा यताबाट हुँदैन भने काँग्रेसलाई समर्थन गरेर काँग्रेसको सरकार बनाएर भए पनि मन्त्री हुने अथवा अब उहाँहरुको राजनीति कहाँ पुग्यो भन्दा त्यहाँ विचारको प्रश्न रहेन। वर्गीयताको प्रश्न रहेन, वर्गीय राजनीतिको प्रश्न रहेन। गन्तव्य र उद्देश्यका प्रश्नहरु रहेनन्। 

यो एकबारको जिन्दगी मन्त्री खाइहालिएन, खुवाइहालिएन भने पछि त गयो। तपाईं हामीले देखिराखेका छौँ, त्यस राजनीतिमा उहाँहरु पुग्नु भयो। अरु मान्छे अहिले हामीले देखिराखेका छौँ– उनीहरुको विचार हरायो। उद्देश्य हराए। देशलाई कहाँ पु¥याउने हो, त्यो कुरा बिर्सियो। 

‘समृद्ध नेपाल, सुखी नेपाली’ उहाँहरु शब्दावली समेत उच्चारण पनि गर्नुहुन्न। उच्चारण गरे जनताको ध्यान त्यता जान्छ, कार्यकर्ताको ध्यान त्यता जान्छ। कार्यकर्ता र जनताको ध्यान समृद्ध नेपाल सुखी नेपालीतिर जान्छ। उद्देश्यतिर जान्छ, विचारतिर जान्छ, राजनीतितिर जान्छ, कर्तव्यतिर जान्छ, हाम्रा अविभारातिर जान्छ भनेर उनीहरुलाई अत्यास लागेको छ।  

जनताको ध्यान उद्देश्य र विचारहरुतिर गयो भने व्यक्तिगत स्वार्थ, अहंकारहरु, महत्वकांक्षाहरु र कुण्ठाहरुको व्यापार चल्दैन। जब मान्छे ‘पोलिटिकलाइज्ड’ हुन्छ, विचारमा चल्न थाल्छ। स्वार्थको दुनो सोझ्याउनेहरुलाई त्यति बेला नोक्सान हुन्छ। 

त्यसो भएर विचारबाट मान्छेलाई पृथक गर्ने र स्वार्थको भूमरीमा हाल्दिने काम उनीहरु गर्छन्। राजनीतिलाई गलत बाटोमा लानु पर्यो भने उनीहरु यी प्रयास गर्छन्। र, हुँदैहुँदै त्यो किनबेचमा पुग्छ। लोभपाप देखाउने कुरामा पुग्छ। 
कार्यकर्ताहरु ज्यामी खेताला !

मान्छेलाई विचारले सहमत गराउने होइन, किनेर काम लगाउने। राजनीतिक नेता, कार्यकर्ताहरु ज्यामी, खेताला। पहिले पहिले तराईतिर ‘जन’ भन्ने चलन थियो। जनता र कार्यकर्तालाई त्योे जनको रुपमा परिणत गर्ने काम उनीहरुले गर्दै आए।

मैले पार्टीको सातौँ महाधिवेशनमा यो कुरा भनेको थिएँ। सातौं महाधिवेशनको दृश्य कस्तो भयो भने धेरै प्रतिनिधिहरु त्यहाँ विचारकोे रुपमा होइन, जनका रुपमा, विचारका प्रतिनिधि होइन जनको रुपमा उपस्थित भएकोजस्तो लाग्थ्यो।

मैले त्यहाँ भनेँ– ठेकदारले एउटा पोखरी खन्ने काम ठेक्का लिन्छ र जनहरु लिएर आउँछ।  उसले भन्छ– यति फिट यता नाप, यति फिट यता नाप भनेपछि त्यो नाप्छन्। यति फिट गहिरो खाल्डो यस चौबन्दीभित्र खन भन्छन्। ती जनहरुले केका लागि खन्ने भन्ने सोध्दैनन्, कसको जमिन सोध्दैनन्, धनीपूर्जा कसको भनेर सोध्दैनन्। 

यो काम लगाउनेले, ठेक्का लगाउनेले तपाईंलाई कति पैसा दियो त्यो पनि सोध्दैनन्। उनीहरुलाई आफ्नो ज्यालासँग मतलब छ,अरुसँग मतलब छैन। माछा पाल्न हो कि, भैसीलाई आहाल खेलाउन हो कि अथवा अरु थोेकै गर्न हो कि ? केका लागि खाल्डो खनेको हो, उनीहरुलाई मतलब नै हुँदैन। खाल्डो खन्देऊ, ज्याला पकाउ जनको तरिका यत्ति हो।

यसरी मान्छेलाई, राजनीतिक कार्यकर्तालाई, कार्यकर्ताबाट जनमा परिणत गरिदिने काम हुन्थ्यो। कार्यकर्ताहरुलाई विचार बोक्न लगाउने होइन, स्वार्थ बोक्न लगाइदिने। स्वार्थको वितरण गर्ने, विचारको सम्प्रेषण होइन। विचारको सम्प्रेषणको ठाउँमा स्वार्थको वितरण र झुट, बेइमानीको साहरा लिने।

माधव नेपालको पतन 

तपाईं हामीले सुन्यौँ होला। सबैले सुन्यौँजस्तो लाग्छ मलाई– माधव नेपाल भन्ने एक जना काँग्रेसका पछाडि कुद्ने मान्छे छन्। अहिले नेपालको राजनीतिमा प्रायः सबैजसोले चिन्छन् किनभने असाध्यै चर्चा भइराखेको छ कि यतिसम्म पनि मान्छे पतन हुनसक्दो रहेछ। 

आफ्नो पार्टीको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षीको नेतृत्वमा सरकार बनाउने, कम्युनिष्ट आन्दोलन सिध्याउने, अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भनेर फेरि हिँड्ने। 

यस्तो लाज शरम पचेको मान्छेको चर्चा अलिकति मान्छेले सकारात्मक मात्रै हिसाबले होइन, नकारात्मक हिसाबले पनि गर्छन्। हुन्छ नि चर्चा, मान्छेले गर्छन नि ! 

प्रचण्डपथमा काँग्रेस

गान्धीको मात्रै चर्चा हुँदैन, नाथुराम गोड्सेको पनि चर्चा हुन्छ। आजकाल नाथुराम गोड्सेको अलिक बढी चर्चा हुने गरेको छ किनभने नेपाली काँग्रेस प्रचण्डपथमा हिँडेपछि नेपाली काँग्रेसका नेताहरु नै नाथुराम गोड्से खोजीगर्ने, खोजी गर्दा भेटिएन भने आफैँ नाथुराम गोड्से हुने भन्ने तहमा पुगेको भनेको प्रचण्डपथ नै अँगालेको हो। 

यसै त अराजनीतिक, अस्थिरताको खेती भइरहेको छ। देश कता जान्छ भन्ने कुरोको मतलब छैन। नाथुराम गोड्से खोज्ने कुरामा पुग्नु भनेको स्वभाविक रुपमा प्रचण्डपथ नै अँगालेको होे।

अहिले नेपाली काँग्रेसले अंगालेपछि प्रचण्डपथ यति व्याप्त भइसक्यो कि त्यसलाई नेपाली काँग्रेसले  मार्गदर्शक सिद्धान्त बनाएपछि अहिले प्रचण्डपथको सुप्रिप कोर्टमा पनि चर्चा हुन्छ। 

फ्रान्स र बेलायतका राजाहरु किन काटिन्थे ? यहाँ किन नकाट्ने? भनेर त्यहाँ चर्चा हुन्छ। अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले गरेकोजस्तै गर्दारहेछन् र पो काटिँदा रहेछन् भनेर इजलासमा कुरा उठ्छ अथवा अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काट््नु पर्छ। यो कुरा प्रचण्डका एक जना कार्यकर्ताले सर्वोच्च अदालतमै भने। नेपाली काँग्रेसका कार्यकर्ताले अर्को ठाउँमा नाथुराम गोेड्सेमै बन्छु भने।

आश्चर्य लाग्छ, सर्वोच्च अदालतले हिंसालाई यस्तो दुरुत्साहन गर्ने वक्तव्य दिँदा रोक्ने काम गरेको पाइएन। यस्तो हिंसालाई दुरुत्साहन गर्ने काम अदालतमा गर्नु हुन्न,विद्वान अधिवक्ताजी ! तपाईं आफ्नो वक्तव्य सम्हालेर राख्नुस्, सम्हालिएर राख्नुस् भनेर न्यायमूर्तिहरुले सुझाव पनि राख्न सक्नुहुन्न तर अहिले मेरो विषय यो होइन, म यसमा गइरहन चाहन्नँ। 

माधव नेपालको झूट 

झूटको राजनीति कसरी गर्छन् ? गलत राजनीति कसरी गर्छन ? भन्ने मात्रै मैले चर्चा गर्न खोजेको। भूmटको राजनीति कसरी गर्छन्, तपाईंहरुले २÷३ दिन अगाडिदेखि सुन्नु भएको होला। मैले माधव नेपाल भन्ने व्यक्तिलाई प्रधानमन्त्रीको प्रस्ताव राखेँ अरे ! 

माधव नेपालले आफैँ भन्दै हिँडेका छन्, ‘मलाई प्रधानमन्त्रीको प्रस्ताव राखे तर म मान्दिनँ। म शेरबहादुर देउवाप्रति यति समर्पित छु, मेरो यति निष्ठा छ। म देशलाई धोका दिन्छु, पार्टीलाई धोका दिन्छु, जनतालाई धोका दिन्छु, पार्टीलाई ध्वस्त पार्ने मैले कसम खाएको छु।

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको छु। कम्युनिष्ट आन्दोलन ध्वस्त पार्ने कसम खाएको छु।यो देशलाई, जनतालाई, पार्टीलाई सबैलाई धोका दिन्छु तर शेरबहादुर देउवालाई धोका दिन्नँ।’ 

त्यो उनको राजनीति हो। उनी शेरबहादुर देउवाको पार्टी नै ज्वाइन गर्न सक्छन्, कार्यकर्ता भएर हिँडेकै छन्। प्रचण्डको पार्टी त ज्वाइन गर्नु नै छ अन्त्यमा। उनको गन्तव्य नै त्यही हो। हुने नै त्यही हो।

मैले धेरै महिना अगाडि भनेको थिएँ, माधव नेपाल भनेको प्रचण्डको एउटा मामुली कार्यकर्ता हुन्, मामुली कार्यकर्ता। तर, अहिले धाक के लगाएर हिँडेका छन् भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो भनेर। मलाई बौलाहा कुकुरले टोक्या छ र ? कोही काम नपाएर, कोही नेपालमा नभेट्टाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला ? 

आफँै आफ्नो महत्ता बढाएर कहिले अध्यक्षको प्रस्ताव राखेको छ भन्छन्, कहिले प्रधानमन्त्रीको प्रस्ताव राखेका छन् भन्छन्। यी एक ढंगले भन्ने हो भने प्रचण्डका पुच्छर हुन्। 

पुच्छर भएपछि जन्तु पूर्वतिर फर्कियो भने त्यो पश्चिमतिर हुन्छ, पश्चिमतिर भयो भने त्यो पूर्वतिर हुन्छ। पछाडि–पछाडि सँगै हुन्छ क्या त्यो ! यता जाऊँ भने त्यतै पछि–पछि लाग्छ। काँग्रेसतिर जाऊँ भनेपछि पछिपछि लाग्छ।

अस्ति महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन उहाँहरुले जोड गर्नुभयो। त्यो त डबलीमा भाषण गरेकै साथीहरुले सुन्नुहोला। ‘महन्थजी प्लिज ! तपाईं प्रधानमन्त्री भइदिनुस्,’ उहाँहरुले भन्नुभयो। शेरबहादुरजीलाई भन्नुभयो। अनि भन्नु हुन्छ, मैले त छोडेको, त्याग गरेको। 

खोई कति जनाले त्याग गरेका हुन् ! त्यतापट्टिका सबैले त्याग गरेका हुन् कि प्रधानमन्त्री पद ! एउटा शेरबहादुर मात्रै लोेभी रहेछन्, त्याग नगर्ने। अरु सबैले त्याग गरेको हो कि ? यस प्रकारका झुटका खेतीहरु गर्छन्।

मदन भण्डारीको स्कूल अफ थट, वे अफ थिङ्किङ यस्तो झुटको बेइमानीको वे अफ थिङ्किङ होइन, सच्चाइको हो। वास्तवमा हामीले सत्यको मार्ग अबलम्वन गर्नुपर्छ। 

प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा प्यारो !

देशप्रति निष्ठाको मार्ग अबलम्वन गर्नुपर्छ। प्रचण्डले अस्ति राष्ट्रपतिभन्दा त राजा नै राम्रो के के भने क्यार ! मान्छेले छक्क माने। किन छक्क मान्ने ? 

छेपारोले रंग त एकएक छिनमा फेर्छ त ! खैरोेखैरो मुढामा गयो भने खैरोे खालको रंग बनाउँछ। हरियो हरियोमा गयो भने हरियो रंग बनाउँछ। अलि कालो बोक्रो भएको ठाउँमा गयो भने त्यहाँ कालो बनाउँछ। छेपाराले रंग फेर्छ त !

कहिले ‘कम्र्फटेवल’ सरकार बनाइदिन्छु भन्छ। कहिले यस्तो हुँदा पनि हाम्रा लोेकतान्त्रिक छिमेकी के हेरेर बसेका छन्, किन हस्तक्षेप गर्दैनन् भन्छ। कहिले गणतन्त्र ल्याउने मै हुँ भन्छ। 

कहिले गणतन्त्र काम लाग्दैन, गणतन्त्र भन्दा त राजतन्त्रनै राम्रो भन्न पुग्छ। कहिले यो राष्ट्रपति भन्ने संस्थाभन्दा त राजा नै ठीक भन्न पनि पुग्छ। यो कौनसा ठूलो कुरा हो प्रचण्डलाई ? 

कहिले विदेशबाट हतियार ल्याएर नेपाली जनताको नरसंहार गर्छ। नेपाली जनताले दुःखले थुपारेका, जम्मा पारेका पैसाहरु बैंङ््का बैङ्क लुटेर सखाप बनाइदिन्छ। साना सहकारी, कृषि सहकारी समेत लुटेर खत्तम बनाइदिएको हुन्छ। संरचनाहरु ध्वस्त पार्दिएको हुन्छ। 

निर्दोष अबाल वृद्ध बनिता, बालबालिकासमेत ध्वस्त पार्ने अमानवीय जघन्य अपराध गरेको हुन्छ। कहिले बाँदरमुढे घटाउँछ। नियन्त्रणमा लिएर महिनौसम्म नियन्त्रणमा लिएर मानिसहरुको निर्मम जघन्य अपराध गर्छ। अहिले फेरि लोकतन्त्रको मसिहा भएर रंग फेरेको छ। जो लोकतन्त्रको विरुद्धमा थियो।

‘जनयुद्ध’ कसका विरुद्ध लडेको ? कुन प्रणालीका विरुद्ध लडेको ‘जनयुद्ध’? मैले जनयुद्ध भनेको जनताले लडेको युद्ध होइन, ‘जनयुद्ध’ हो। ती युवालाई परिवर्तनका सपना देखाएर, सुन्दुर भविष्यको सपना देखाइदिएर कसैलाई मराइदिए। कसैलाई अपाङ्ग बनाइदिए। कसैका घरपरिवार क्षतविक्षत  बनाइदिए। 

नीलवर्ण स्यालको कथा र प्रचण्ड

युवाहरु अरब जाने क्रम सुरु कसरी भयो ? मान्छे देशभित्र होइन, देश छोडेर भाग्नु पर्ने अवस्था कसले गर्दा आयो ?अहिले तिनै मान्छे भाका फेरेर लोकतन्त्र भन्छन्। बोलेपछि मान्छेले हँ यसो बोले नि भन्छन्। त्यो त त्यस्तै हो नि, ‘नील वर्ण श्रृंगाल’ कथा जस्तो।

एउटा स्याल झुक्किएर पानी खान गएको बेला रंग रङ्ग्याउँने नीलो रङको ड्रम टबमा परेछ। त्यसपछि ऊ नीलो भयो। नीलो रंगबाट रंगियो र नीलो भयो। जंगलतिर फर्किएपछि उसले देख्यो– के हो यो, मेरो रङ्ग त नीलो छ। यस्तो नीलोे प्रकारको जनावर त देखेको थिएन भनेपछि– म विशेष प्रकारको जनावर हुँ, ह्या हुँ, त्याँ हुँ धेरै गफ दियो उसले।

बाघहरुको हुलमा पुगेछ। सबैले ए के आयो ? को हो यो ? भने। म जंगलको राजा हुँ। नील वर्णको म मात्रै यस्तो जीव हुँ, मभन्दा श्रेष्ठ कोही छैन भन्यो। सबैले पत्याउँदै गए। होला भने। गफै दिइराखेको थियो तर अलिकति साँझ परेपछि अलिकति पर स्याल कराएछ। 

अलिक पर स्याल कराएपछि त्यो नीलवर्ण भएको स्याल पनि ठाडो घाँटी लगाएर कराउन थाल्यो। स्यालको एउटा धर्म के हुन्छ भने एउटा स्याल कराएपछि अर्को स्याल नकराइ हुँदैन। अनि त्यो स्याल पनि ठाडो घाँटी लगाएर हु....हु गर्न थालेपछि बाघले     झप्पु दिएर इहलीला समाप्त पार्दियो। 

बोलेपछि बोलिबाट चिनिन्छ। नबोल्दासम्म कसरी चिन्ने ? बोलेपछि चिनिन्छ। तर, आज बोल्छ एउटा कुरा, नेपाली जनताले बिर्सिएकोे देख्दा म छक्क पर्छु। यसरी बोल्ने को हुन् भनेर बिर्सिन नहुने। 

बौद्धिक जगतलाई आग्रह

म बौद्धिक जगतलाई आग्रह गर्न चाहन्छु– क्षणिक आवेश, उत्तेजना अथवा हाम्रो बौैद्धिकता, हाम्रो ज्ञान, हाम्रो सीप, हाम्रो क्षमता, हाम्रो प्रतिवद्धता देशप्रति हुनुपर्छ, जनताप्रति हुनुपर्छ। 

हाम्रा भावी सन्ततिको भविष्यप्रति हुनुपर्छ। लहैलहैमा हामी बग्नु हुँदैन। हामी लहै–लहैमा बग्ने होइन। हामी देश र जनताप्रति उत्तरदायी भएर आफ्ना अभिव्यक्तिहरु दिनुपर्छ, देशको सुन्दर भविष्यका लागि दिनुपर्छ र इमान्दारीतका साथ काम गर्नुपर्छ। 
मदन भण्डारीको सोच भनेको वैैयक्तिक, संर्कीण तात्कालिक स्वार्थहरुको व्यापार गरेर हिँड्ने होइन। दीर्घकालीन रुपमा देश र जनताको भलो  गर्ने, देशमा मेलमिलाप होस्, शान्ति होस्, देशमा सुशासन र विकास होस् भन्ने हो। 

अहिलेको परिस्थिति कस्तो छ ? नेपालका राजनीतिक शक्तिलाई हेर्नुभयो भने अहंकार, दम्भ, असन्तुष्टि, छटपटाहट छ। त्यो छट्पटाहट तपाईं देख्न सक्नुहुन्छ। कोभिडको यत्रो महामारी छ, सरकारले निषेधाज्ञा जारी गरेको छ। नेपाली काँग्रेसजस्तो पार्टी आफ्नो नेतृत्वमा अहिले के भयो ? के बित्यो र आन्दोलनमा उत्रनु पर्यो ? 

केका विरुद्ध आन्दोलन ? ताजुबलाग्दो नि ! आन्दोलनको पनि एउटा कारण हुन्छ नि ! केका विरुद्ध, सरकारले विकास निर्माण गर्यो, त्यसका विरुद्ध ? दार्चुलामा बाटो खन्दै छ, त्यसकारण ? महाकालीमा पुल बनाउँदै छ, त्यस कारण ? दैजीमा औद्योगिक क्षेत्र बनायो त्यसकारण ? अथवा पूर्व–पश्चिम राजमार्ग बनायो, त्यसकारण ? हजारौंको संख्यामा पुल बनायो, त्यसकारण ?तुइन विस्थापन गरेर झोलुङ्गे पुल बनायो, त्यस कारण ? 

महामारीविरुद्ध सरकार

अचानक महामारी आयो, केही ठाउँमा पुग्न नसकेको होला, तर आम रुपमा अनलाइन शिक्षा सुरु ग¥यौँ। यस्तो महामारी आयो अचानक तर सम्पन्न देशहरुभन्दा पछि छैन नेपाल। तत्काल पहिलो स्वाब हामीले हङकङ पठाएर गरेका थियौँ। आज देशभित्र पर्याप्त ‘टेष्ट’ गर्न सक्छौं, पीसीआर टेष्ट गर्न सक्छौं। हामीले निःशुल्क गरेका छौँ। 

धनी देशहरुले निशुल्क परीक्षण गरेका छैनन्। धेरै धनीहरुले निःशुल्क परीक्षण गरेका छैनन्। इन्स्योरेन्सले ‘कभर’ गरेको होला कतिपय ठाउँमा, त्यसभन्दा बाहेक गरेको छैन तर हामीले जहाँ हेल्थ इन्स्योरेन्स भर्खर सुरु गर्दैछौँ, त्यस ठाउँमा हामीले त निःशुल्क परीक्षण, निशुल्क उपचार गरिरहेका छौँ। अब खोप ल्याउन थालेका छौं, अस्तिदेखि खोप ल्यायौँ। 

हामी खोप उत्पादक होइनौं तर खोप उत्पादक नहुँदानहुँदै पनि भारतभन्दा पछि हामी दोस्रो हौं भ्याक्सिन सुरु गर्ने। र, हामीले यसलाई धेरै अगाडि बढाएका छौँ। 

हामीकहाँ भ्याक्सिनको केहीप्राविधिक कुराहरु होलान्, हामीले जसरी पाउने सोचेका थियौँ, त्यसरी पाएनौँ। हामीले पैसा भुक्तानी गरिसकेको, तिरिसकेको पनि खोप पाउन सकिराखेका छैनौँ। 

त्यो खालको असहज स्थिति, परिस्थिति छ तर हामी खोप विभिन्नतिर कुरा गरेर ल्याइराखेका छौँ र खोपको कमी हुँदैन। लगभग यस वर्षभित्र अंग्रेजीको यो वर्ष सन् २०२१ भित्र मूल रुपमा हामी खोप लगाइसक्छौँ। 

अलिकति छिटफुट बाँकी रहला, किनभने हामीलेजतिसुकै छिटो गरेपनि यसले समय लिन्छ। जस्तैः चीनले अहिले पनि खोप लगाइरहेको छ। खोप भनेको खुरुखुरु एकैछिनमा लगाइसकिने कुरा होइन। त्यसकोे ‘सर्कल’ पनि हुन्छ, त्यसका लागि खोप उत्पादन पनि गर्नुपर्यो। एकैचोटी ल्याएर स्टोर गर्न पनि सकिँदैन, फेरि त्यो डेट एक्सपायर हुन्छ। त्यसलाई उपयुक्त वातावरणमा राख्नु पर्छ। यी सबै पक्षहरु छन्।

त्यस कारण लिमिट (सीमित) उत्पादन हुन्छ, ‘लिमिट सप्लाई’ (सीमित आपूर्ति) हुन्छ, ‘लिमिट’ हाम्रो सामथ्र्य छ तर पनि सबै कुरा हामी गर्छौं। यस्तो अवस्थामा सबै मिलेर एकजुट भएर राष्ट्रका समस्या समाधान गर्दैै लोकतान्त्रिक अभ्यास गर्दैै अगाडि बढ्नुपर्ने ठाउँमा लोकतान्त्रिक अभ्यासमा नजाने, संसदलाई पङगु बनाउने, जनतामा जान नदिने !

अदालतबाट सरकार माग्ने ?

जनतामा जाने अलोकतान्त्रिक कुरा भयो, जनतामा जानु, जनताले आवधिक मूल्याङ्कन गर्ने र ताजा जनादेश दिने कुरा  चाहिँ प्रतिगमन भयो भन्नुजस्तो हाँस्यास्पद र अलोकतान्त्रिक कुरा के हुन्छ ? राजनीतिलाई जनताबीचमा लान नदिने, संसद– जो जनप्रतिनिधिको सर्वोच्च संस्था हो– बाट निरुपण गर्न नदिने, त्यहाँ निरुपण गर्न नसक्ने, अदालतमा मलाई प्रधानमन्त्री बनाइपाऊँ भन्ने ?

लोकतान्त्रिक विधिबाट हो र ? सरकार ल्याउने कहाँबाट भन्दा अदालतबाट मुद्दा लडेर। दुनियाँमा मुद्दा लडेर सरकार आउने, अदालतबाट प्रधानमन्त्री छानिने सुन्नु भएको छ कहीँ ? नेपालमा त्यो अभ्यास गर्न खोजिएको छ। जनताका बीचमा जान नहुने, त्यो प्रतिगमन हुन्छ। अनावश्यक संस्थाहरुलाई राजनीतिमा संलग्न गराउने र शक्ति पृथकीकरणको सिद्धान्तको व्यवहारत धज्जी उडाउने, यस्तो कति उपयुक्त हुन्छ ? यसमा अदालतलाई दवाब दिनका लागि आन्दोलन गर्ने।

स्वतन्त्र न्यायालयको फैसला आफ्नो पक्षमा पार्नका लागि दवाब दिन आन्दोलन गर्ने, त्यो पनि कोभिडका बेला निषेधाज्ञा तोडेर। कानूनको राजमा राजनीतिक दलहरुले यस्तो गर्न मिल्छ ? के उहाँहरुको आन्दोलन रोक्नका लागि निषेधाज्ञा जारी भएको हो र ? कोभिड नियन्त्रण गर्नका लागि होइन ?

कोभिड हामीले नियन्त्रण गर्दै लगेका छैनौँ ? प्रतिदिन नौ हजारभन्दा बढी सङ्क्रमित हुने ठाउँमा अहिले हामीले १ हजारको आसपासमा ल्याइसकेका छौं। अनि हामीले यो संख्या घटाएका छैनौँ ? मृत्युदर घटाएका छैनौँ ?

लगभग १ हजार चानचुन सङ्क्रमित छ भने ३ हजार चानचुन निको हुनेको सङ्ख्या छ। निको हुनेको सङ्ख्या सङ्क्रमित हुनेको सङ्ख्याभन्दा तीन गुणा बढी छ। यो हाम्रो सफलता होइन ?

यही सफलतालाई असफल पार्नका निम्ति अब निषेधाज्ञा तोड्ने? राजनीतिक दलहरुले जानी–बुझीकन घोषणा गरेर नै निषेधाज्ञा तोड्ने हो भने अरु के हुन्छ?

प्रचण्डका कार्यकर्ता सभामुख

संसद भवनलाई, संसदीय क्रियाकलापबाहेक अरु कुराका लागि प्रयोग गर्न दिइँदैन। तर, तथाकथित बुद्धिजीवी भेला, तथाकथित पत्रकार सम्मेलन, तथाकथित नागरिक समाजका अन्तर्क्रिया अहिले संसद् भवनभित्र भइरहेका छन्। संसदले भाडामा लिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र के अब यस खालका बकवासीका लागि हो ? यसै गर्ने हो भने अरुले किन नपाउने ? 

प्रचण्डका कार्यकर्ता सभामुख हुनेबित्तिकै प्रचण्डले जे भन्यो, त्यो कानूनभन्दा  माथि, अभ्यासभन्दा माथि हुने ? खैर, यसैमा मेरो टाउको दुखाइ होइन। 

मेरो चिन्ता लोकतन्त्रको भविष्यप्रति हो। यस अभ्यासले लोकतन्त्रको भविष्य कहाँ पुर्‍याउँछ ? लोकतान्त्रिक प्रणाली, मौजुदा संविधान कहाँ पुग्छ ? मौजुदा संविधानको आवश्यक समयानुकूल संशोधनप्रति मेरो विरोध छैन। समयानुकूल, आवश्यक संशोधन त हुन्छ संविधानमा। तर संविधान नै च्यात्ने दिशामा उहाँहरु जाँदै हुनुहुन्छ र उल्टो हल्ला गर्दै हुनुहुन्छ, स्याल हुईयाँ मच्चाउँदै हुनुहुन्छ, केपी ओलीले संविधान च्यात्यो। 

जनताका बीचमा जाऊँभन्दा संविधान च्यातिन्छ ? सार्वभौमसत्ता सम्पन्न जनताका बीचमा फैसलाका लागि जाउँभन्दा संविधान च्यातिन्छ ? चुनावै हुननसक्ने खालको परिस्थितितर्फ र चुनाव हुनै नदिने बाटोमा उहाँहरु हुनुहुन्छ।

भोलि पनि गएर हेर्नुहोला, कथमकदाचित उहाँहरुका हातमा पुग्ने हो भने चुनाव हुनेवाला छैन। कस्ता तत्वहरु छन्, नेकपा एमालेको वरिष्ठ नेता हुँ भन्ने, नेकपा एमाले ध्वस्त पार्ने, काँग्रेसको नेतृत्वमा सरकार बनाउने, कम्युनिष्ट आन्दोलनका रक्षाका लागि, लोकतन्त्रका लागि भन्ने, कम्युनिस्ट आन्दोलन भत्काउन लाग्ने।

अनुशासनहीन, अराजक यो भन्दा अराजकताको नमूना अर्को के हुन्छ ? दुनियाँको लोकतान्त्रिक इतिहासमा कुनै पनि प्रकारको, कुनै पनि नामको ‘पोलिटिकल मुभमेन्ट’ भित्र माधव नेपालको जस्तो, यति अराजक, अनुशासनहीन र इमान नभएको मान्छे, जुन चिन्हमा भोट लियो, जुन पार्टीबाट भोट लियो, जुन आदर्शका लागि ढाँटेर हिजो भोट लिएर संसदमा आयो, जुन कार्यकर्तालाई ढाँटेर नेता बन्यो, त्यसैमाथि घात गर्ने कहाँ छ ? यसरी पार्टीविरुद्ध घोषित रुपमा लागेपछि यो बीचमै राजीनामा दिनु पर्दैन ? मैलेनयाँ राजनीति सुरु गरेँ, नयाँ विचार सुरु गरेँ भन्नुपर्दैन ?

जिन्दगीभरि मदन भण्डारीको विरोध गर्ने, मदन भण्डारीका विचारको विरोध गर्ने मान्छे आज उल्टै मदन भण्डारीको सन्दर्भमा वक्तव्य निकाल्ने ? आज त यसो हेर्छु, मदन भण्डारीको जन्मजयन्तीको सन्दर्भमा वक्तव्य आइराखेको छ। बेसरमको पनि हद हुन्छ। त्यही पार्टी ध्वस्त पार्न खोज्ने, मदन भण्डारीका विचार समाप्त पार्न खोज्ने, मदन भण्डारी फाउण्डेशन गठन भयो भनेको सुन्दाखेरी उनलाई टाउको दुख्ने।

जेठ ३ गते मदन आश्रित स्मृति दिवस मनाउँ भन्दा कम्युनिष्टले किरीया गर्दैनन्, मानिँदैन भन्ने। १४ गते जन्म दिन मनाऔँ भन्दा जन्म दिनको के अर्थ छ भन्ने। जन्मिदा त एउटा बच्चा जन्मिन्छ, त्यो एउटा बच्चाले के गरेको हुन्छ ? जन्मदिन किन मनाउने ? पछि ठूलो भएपछि मदन भण्डारीले योगदान गरेका होलान्, जन्मिदा के योगदान थियो र जन्मदिन मनाउने भन्ने तर्क गर्ने ? 

माधव नेपालको त्यो लेख 

अनि केही साथीहरुले पार्टीको यो रवैया भएन, माधवकुमार नेतृत्वको एमालेले त मदन भण्डारीलाई पनि बिर्सन खोजिराखेको छ भनेपछि बल्ल नाम लिने। मदन भण्डारीको नाम लिनु हुँदैन। तपाईंहरुले २०६३ साल जेठ १ गतेको ‘छलफल’ पत्रिकामा माधव नेपालको लेखको रुपमा आएको समग्री पढ्नुस्। त्यो लेख होइन, उहाँले भनिदिएर टिपेर लेखको रुपमा छलफलले प्रकाशित गरेको छ। त्यो हेर्नुभयो भने थाहा हुन्छ, मदन भण्डारीको बारेमा माधव नेपालले के भन्छन् ? 

मदन भण्डारीका बारेमा माधव नेपाल भन्छन्– हिमाल टाढाबाट हेर्दा राम्रो हुन्छ, राम्रो देखिन्छ तर नजिकै बसेर हेर्नेलाई थाहा हुन्छ। हामी मदन भण्डारीको नजिकै बसेर काम गर्नेलाई थाहा छ मदन भण्डारी कस्तो हो, के हो भन्ने कुरा। बाहिरबाट हेरेर राम्रो राम्रो भनेर हुन्छ ? टाढाबाट त हिमाल पनि राम्रै देखिन्छ। नजिकबाट हेर त कस्तो देखिन्छ हिमाल ? कत्तिको प्रिय हुन्छ, नजिक गएर हेर। उहाँको त्यो भनाई थियो। 

मदन भण्डारीका राम्राराम्रा सकारात्मक कुरा गर्ने, नकारात्मक कुरा गर्नु पर्दैनभन्ने। खोई मदन भण्डारीका नकारात्मक कुराको चर्चा भन्ने। मदन भण्डारीका कमी–कमजोरीका बारेमा चर्चा खोई ? खाली यो विचार, त्यो विचार भनेको छ भन्ने। आइतबारको ‘छलफल’ पत्रिकामा यस्तो आयो। 

त्यसै दिन मैले आर्टिकल लेखेँ र मंगलबारको ‘दृष्टि’ मा त्यसको खण्डन छपाएँ। त्यो ‘छलफल’र ‘दृष्टि’ हेर्नु भए हुन्छ– साथीहरुले। त्यसै बेलादेखि माधव नेपालको के थियो र हाम्रो के थियो दृष्टिकोण भन्ने कुरा थाहा पाउनुहुन्छ। 

पार्टीभित्र ठूलो संघर्ष थियो। मदन भण्डारीको भनेको टाढाबाट हेर्दा हिमाल राम्रो भएको जस्तो मात्रै हो। वास्तमामदन भण्डारी ठीक होइन भन्ने माधब नेपालको भनाई थियो। मदन भण्डारीका राम्रा कुराको चर्चा गर्ने यो तरिका ठीक होइन, नराम्रा कुराको पनि चर्चा हुनुपर्छ भन्नुहुन्थ्यो। मदन भण्डारीका नराम्रा कुराको खोजी हुनुपर्छ उहाँको भनाई त्यही छ। नराम्रा कुराको खोजी हुनुपर्छ रे !

मदन भण्डारीका नराम्रा कुरा नभए पनि खोजी–खोजी किन नराम्रा कुराको प्रचार गर्नुपर्ने हो माधव नेपाललाई ? माधव नेपाललाई खुशी पार्न उहाँको कानमा उहाँका प्रशंसा र भजनको चिनी हाल्दिएको मनपर्छ। अरुको केही कुरा मन पर्दैन। 

कसैले चिनी हालेन भने बरु चिनी जसले हाल्छ त्यहाँ जानुहुन्छ। अहिले शेरबहादुरकोमा पुग्नुहुन्छ– कानमा चिनी हालीमाग्न। उहाँ जहाँ चिनी कानमा हाल्ने मान्छे भेटिन्छ, त्यहाँ कुद्नुहुन्छ। 

प्रचण्डका पछाडि किन कुद्नु भयो उहाँ ? प्रचण्डले कानमा चिनी हाल्दिने भएको हुनाले। प्रचण्डलाई के छ? देश बनाउनु छैन, आन्दोलन बनाउनु छैन। यही देशमा त्यत्रो बितण्डा गरेर, लोकतन्त्रविरुद्ध लडेर आएको होइन ? हामीले बडो मुस्किलले हतियार बिसाउन लगाएको होइन ? अनि तानाशाही ल्याउँछु, लाद्छु भनेको होइन ? 

कछुवाजस्ता प्रचण्ड

आफू सरकारमा हुँदा, प्रधानमन्त्री हुँदा ‘वेलवोलेन्ट डिक्टेटर’ चाहिएको छ नेपालमा। अथवा नेपालमा डिक्टेटर चाहियो। ‘वेलवोलेन्ट’ भनेको आपूm भयो भने ‘वेलवोलेन्ट’ अरु भयो भने ‘गैरवेलवोलेन्ट’ तर डिक्टेटर चाहियो। उनको भनाइ त्यही हो। उनले ल्याउन खोजेको एकदलीय, एकाधिकार तानाशाही व्यवस्था हो त्यो। उनीहरुको बिगबिगी चलेका बेला उनीहरुको शासन कस्तो हुन्छ भन्ने लक्षण देखिएको थियो। 

कम्युनिष्टका नाममा यस प्रकारका विकृत, जनविरोधी, देशद्रोही खालका क्रियाकलाप जननेता मदन भण्डारीले अगाडि सार्नुभएको जनताको बहुदलीय जनवादसँग किञ्चित मेल नखाने मात्रै होइन, यो विपरीत कुरा हो। 

त्यस कारण यस्ता तत्वहरुले वा विचारहीन तत्वहरुले, उद्देश्यहीन, आदर्शहीन तत्वहरुले मदन भण्डारीका विचारको विरोध गर्नुको कारण त्यही हो। यी कछुवा जस्ता हुन्। यसो अनुकूल वातावरण भयो भने टाउको फुत्त बाहिर निकाल्ने, अलिकति प्रतिकूल देखियो भने टाउको फुत्त भित्र हुल्ने। 

उनीहरुलाई अहिले मदन भण्डारीको नाम चाहिएको छ। माधव नेपालले मदन भण्डारीलाई कहिल्यै सम्झिन नपर्ने र यसपटक मदन भण्डारीलाई सम्झिए जस्तो गरेर वक्तव्य दिनुपर्ने किन भयो ? यसै कारण भयो। 

कांग्रेसको कार्यकर्ता तर एमाले

काँग्रेसको कार्यकर्ता भएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गइसकेपछि पनि आफू एमाले नै हुँ भन्छन्। एमालेको सरकार ढाल्नका लागि मतदान बहिष्कार गरेर बाहिर २७ जना लिएर जाँदाखेरी पनि कम्युनिष्ट आन्दोलनको रक्षाका लागि भन्छन्। जब कि बनाउनु छ शेरबहादुरलाई। 

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु कम्युनिष्ट आन्दोलनका हितका लागि छ, कम्युनिष्ट सरकार ढाल्न चाहिँ कम्युनिष्ट आन्दोलनका हितमा छ भनेर व्याख्या गर्नेजस्तो अवसरवादको योभन्दा घिनलाग्दो रुप केही पनि हुँदैन। यो नाङ्गो रुप, भद्दा रुप, योभन्दा केही पनि हुँदैन। आज कतिपय मान्छेहरु त्यसरी मदन भण्डारीको नाम लिइरहेका छन्। 

मलाई के खुशी लागेको छ भने– मदन भण्डारीको नाम यस्तो सशक्त चिज रहेछ, कि बेठीक तत्वहरुले पनि मदन भण्डारीको नाम लिनुपर्छ। 

एकदिन म एउटा खोलाको बाटोबाट आउँदै थिएँ। अनि एक जना बच्चो–बच्चो मान्छे, अलिक ठिटो युवा बाहुन रहेछ। अनि त्यो साँझमा त्यो खोला तरेर जानु पर्ने रहेछ। म खोलो तर्नै बाँकी थियो। ऊ खोलो तरेर मतिर आइसकेको थियो। म खोला तर्न बाँकी थियो। त्यहाँ चाहिँ उसले बाटोमा हिँड्दाखेरी गायत्री मन्त्र साह्रो साह्रो पढिराखेको रहेछ– ‘ॐ र्भुवःस्वः तत्सर्वितुर्वरेण्डयं भर्गाेदेवस्य धीमहि धियो यो नः प्रचोदयात्’  भनेर। 

अनि बाबु यो न बिहान न साँझ, बाटोमा हिँड्दा किन बडबडाएका छौ भन्दा उसले भनेको थियो– भूतप्रेत नलागोस् भनेर। भूतप्रेत नलागोस् भनेर गायत्री मन्त्र जपेको अरे ! जो जुनसुकै बाटो हिँड्ने, जस्तोसुकै बाटो हिँड्ने पनि डर लाग्यो भने गायत्री मन्त्र भनेकोजस्तै मदन भण्डारी, मदन भण्डारी, मदन भण्डारी, मदन भण्डारी भनेझैं भइराखेको छ। 

मदन भण्डारी, मदन भण्डारी, जबज, जबज। जबजका विरोधीले पनि जबज, जबज रे ! त्यो बाहुनले दिउसो ॐ र्भुवःस्वः तत्सर्वितुर्वरेण्डयं भर्गाेदेवस्य धीमहि धियो यो नः प्रचोदयात् भनेजस्तै। 

जबज भन्न नरुचाउनेले पनि भन्न परेको छ। मदन भण्डारीको नाम सुन्न नचाहनेले पनि आफैँले बोल्न परेको छ। त्यस्तै जसले पनि यसलाई एउटा रक्षा कवचको रुपमा लिनुपर्ने बाध्यता भएको छ। यो खुशीको कुरा हो। 

विरोधीले पनि मदन भण्डारीको विचारको दम, जनताको बहुदलीय जनवादको दम चाहिँ बुझेका छन्। मदन भण्डारीले नेपालको सन्दर्भमा आफ्नो कालमा एउटा विकट अवस्थामा आन्दोलनको वास्तविक वैचारिक र सांगठनिक अगुवाइ गर्नुभयो। 

मदन भण्डारीको समयमा अरु कसैले वैचारिक नेतृत्व गरेनन्। उहाँको वक्तव्यलाई जनताले असाधारण ढंगले मन पराउने कारण के हो भने उहाँको विचारमा वक्तव्यमा खाली वक्तव्य मात्रै हुँदैनथ्यो। अराजनीतिक खालको वक्तव्य, वक्तव्यका लागि वक्तव्य, क्षणिक वक्तव्य मात्रै हुँदैनथ्यो।उहाँको वक्तव्यमा एउटा बाटो हुन्थ्यो। 

एउटा गन्तव्य हुन्थ्यो र त्यो बाटोमा हिँड्ने तरिका र उपाय हुन्थे। जसबाट युवाहरु, जनताहरु यस मार्गमा हिँडेर यहाँ पुगिने रहेछ भन्ने कुराको स्पस्टता प्राप्त गर्दथे।मार्गदर्शन प्राप्त गर्दथे। त्यसकारण मदन भण्डारीको वक्तव्य मन पराउँथे र सुन्न आउँथे मान्छे। सुन्न लालायित हुने कुरा त्यही हो।

अहिले त्यसअघि, त्यसपछि हामीले हेर्यौं भने देशको बारेमा, देशको लोकतान्त्रिक प्रणालीका बारेमा, लोकतान्त्रिक प्रणाली कस्तो हो भन्ने बारेमा आम नेताहरुले चर्चा गरेको सुनिँदैन। जसले चर्चा गरेको सुनिन्छ, त्यो उनीहरुलाई डाइजेस्ट हुँदैन। 

मदन भण्डारीको विचारमा स्पस्टता थियो। सिद्धान्तका नाममा, सिद्धान्तवादीताका नाममा, उद्देश्य र उद्देश्य केन्द्रित राजनीतिकोे नाममा निर्जीव होइन। त्यस्तो सिद्धान्त,जसलाई जडसुत्रका रुपमा बुझेर सिद्धान्तका नाममा सेक्रिफाइस हुने कुरालाई उहाँले उपयुक्त होइन भन्नुहुन्थ्यो। र, उहाँ भन्ने गर्नुहुन्थ्यो– ‘सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हो।’

सिद्धान्त जीवनका लागि 

सिद्धान्तलाई हामीले निर्जीव रुपमा जडसूत्रको रुपमा होइन, अथवा एउटा  नक्कलको रुपमा पनि होइन, हामीले सिद्धान्त जीवनका लागि हो, सिद्धान्तका लागि जीवन होइन भनेर सिद्धान्तहीन, आर्दशहीन ढंगले अगाडि बढ्न् पनि होइन भन्ने उहाँको मान्यता थियो। सिद्धान्त त चाहिन्छ नै। विचार त चाहिन्छ नै। उद्देश्य चाहिन्छ नै। त्यसैकारण सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हो। 

सद्धान्तका लागि मर्नु पर्छ पनि, पर्दैन पनि। मैले थुप्रै प्रसंगहरुमा, थुप्रै ऐतिहासिक प्रसंगमा पनि भन्ने गरेको छु, सिद्धान्तका लागि थुप्रैले जीवन आहुती दिएका छन्।

नेपालमै धेरै मान्छेले सिद्धान्तका लागि जीवन दिएका छन् र इतिहासमा स्वेच्छाले आफ््ना विचारका पक्षमा जीवन दिएका छन्। यी प्रसंगहरु मैले थुप्रै ठाउँमा भनेको छु। 

मैले सुकरातको प्रसंग भनेको छु। उनलाई मृत्युदण्डबाट जोगाउन भगाउन खोजियो तर भाग्न मानेनन्। उनले म आदर्शशील भएर, सत्यबाट पर हटेर, असत्यसँग सम्झौता गरेर, कायर भएर, पलायन भएर, भागेर जीवन जोगाउन तयार छैन भने। म सत्यका लागि, निष्ठाका लागि जीवन बलिदान गर्न तयार छु भने र विषको प्याला आफँैले समातेर पिए तर भाग्न मानेन्, जीवन दिन तयार भए। 

वास्तवमा सिद्धान्त भनेको जस्तो पायो त्यस्तो सिद्धान्त होइन, सत्य सिद्धान्त। सत्यमा आधारित सिद्धान्त। सिद्धान्त, जो मानव जातिको बृहत्तर हितका लागि समर्पित होस्। सिद्धान्त, जो धतीको बृहत्तर हित अथवा रक्षा, सुरक्षा र मानव जातिको भविष्य सुनिश्चित गर्ने कुराका लागि सिद्धान्त होस्। त्यो सिद्धान्तचाहिँ सिद्धान्त हो। 

त्यो सिद्धान्त, जसले मानव समाजलाई सुन्दर बनाउने र भविष्यलाई सुरक्षित राख्ने कुरामा योगदान गरोस्। जोसत्यमा आधारित हुन्छ।हो, त्यस्तो सिद्धान्तको पछि हामी लाग्ने हो। मदन भण्डारीले भन्नु भएको जनताको बहुदलीय जनवाद त्यही हो।

मैले अघि भनेँ, मदन भण्डारीले विचारहरु अगाडि सार्दा एउटा सकीर्ण दायराभित्रको, सीमित दायराभित्रको, राजनीतिक दायराभित्रको मात्रै होइन, समग्र समाजसँग सरोकार राख्ने, मानव जातिसँग सरोकार राख्ने विचारहरु प्रस्तुत गर्नु भएको छ। 

मानव जातिसँग सरोकार राख्ने, सुन्दर भविष्य र सुनिश्चित भविष्यसँग सरोकार राख्ने विचारहरु, त्यससँग सम्बन्धित बनाएर उहाँले व्यापक अर्थमा आफ्ना विचारहरुलाई प्रस्तुत गर्नुभएको छ। 

अदालतबाट संविधानको अपव्याख्या

लोकतन्त्रभन्दा केही राजनीतिक स्वतन्त्रताका कुरा मात्रै होइन। डेमोक्रेसी भनेको जनतामा सार्वभौमसत्ता रहेको प्रणाली, जहाँ जनता सर्वोपरी छ, जहाँ जनता अन्तिम न्यायाधीस र निर्णायक हो र त्यो जनताका हितका निम्ति नै काम गर्ने प्रणाली, थिति विधिमा चल्ने प्रणाली अर्थात्् कानूनको राज, थिति विधि भन्नाले शक्तिपृथकीकरणको सिद्धान्त। 

व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, यिनीहरु आआफ्नो ठाउँमा बसेर आफ्नो कर्तव्य निष्ठासाथ पालना गर्ने, सक्रियताका साथ पालना गर्ने प्रणाली। संविधानको सर्वोच्ताको, संविधानलाई जोसुकैले पनि मान्नुपर्ने प्रणाली। संविधानको अपव्याख्या र गलत व्याख्या गर्ने, संविधान माथि थिचोमिचो गर्ने कुरा होइन। अहिले त कानूनले स्पस्ट रुपमा परिभाषा एउटा गरेको छ, फैसला अर्को आउँछ। 

कानूनले स्पष्ट रुपमा एउटा निर्दिष्ट गरेको छ, उल्लेख गरेको छ र भनेको छ– केन्द्रीय समिति भन्नाले के भन्ने भन्ने परिभाषाले भन्छ, केन्द्रीय कार्यसमिति, तदर्थ समिति वा यस्तै कुनै जुनसुकै नाम दिएको भए तापनि केन्द्रीय निकायको अधिकारको प्रयोग गर्ने हैसियत भएको, केन्द्रीय वा राष्ट्रिय तहकोे संस्था बुझ्नुपर्छ।

अदालतले त्यो कुरालाई छोड्दिन्छ, परिभाषालाई छोड्दिन्छ। केन्द्रीय कमिटीले गर्नुपर्ने काम महाधिवेशन आयोेजक समितिले गरेको हुनाले मिल्दैन भन्छ। परिभाषा पनि छोडियो। अराजकतालाई प्रश्रय दिने खालको निर्णय हुन्छ। 

अदालतको निर्णय भएको हुनाले हामीले मान्नै प¥यो। तर, यस्तो देख्नु पर्ने कुरा नदेखिदिने, नदेख्ने, अनुचित कुरालाई प्रश्रय दिने काम गर्छ। उचित कुरा, आवश्यक कुरा लोकतन्त्रका मूल्य मान्यताहरु स्थापना गर्ने, त्यसको कार्यान्वयन गर्ने कुरामा व्यवधान हुने कुरा गर्छ। यस्तो चाहिँ कानूनी राजमा हुनुहुँदैन। यस्ता कुराहरुलाई उल्लंघन गरेरसंविधानको सर्वोच्चता हुँदैन।

संविधानको परिपालना निष्ठाका साथ गरेर मात्रै हुनसक्छ। जनताको बहुदलीय जनवादले भन्ने कुरा यो हो।पोलिटिकल प्र्रिmडम, पे्रस फ्रिडम वा यस्तै यस्तै केही फ्रिडमहरुको कुरा मात्रै होइन। 

लोेकतन्त्र भनेको यस्तो जनप्रणाली हो। यस प्रणालीलाई हामीले त्यसको मर्म, त्यसको भावनाअनुसार बृहत् अर्थमा कम्प्रिह्यान्सिभ डेमोक्रेसी भनेका छौँ। अर्थात् योभनेको परिपूर्ण लोकतन्त्र हो। सबै पक्ष समेटेको कम्प्रिह्यान्सिभ, परिपूर्ण लोकतन्त्रको रुपमा यसलाई बुझ्नु पर्छ। 

आज राष्ट्रिय राजनीति अलिकति अन्योलमा परेको छ। केही राजनीतिक नेताहरुका महत्वाकांक्षा, कुण्ठा, हतारोजस्ता कुराहरुले राष्ट्रिय राजनीतिलाई वर्गल्याएको छ। केहीका वैयक्तिक स्वार्थहरुले संस्थाहरुलाई नै धमिल्याएको छ। योे कुरा नेपाली काँग्रेसले पनि अलिक पछाडि गएर बुझ्छ।

नेपाली काँग्रेसले पनि के थाहा पाउने छ भने शेरबहादुरजीको फेरि प्रधानमन्त्री हुने उत्कट इच्छाले उहाँले लोकतान्त्रिक मार्ग छोड्दिनु भयो। जनतामाथिको भरोसा छोड्दिनु भयो र केही जाली फटाहहरु टिपेर कृत्रिम,अलोकतान्त्रिक मार्गबाट प्रधानमन्त्री हुने बाटो समाउनुभयो।

पार्लियामेन्टबाट भए हुन्थ्यो, अन्तैबाट हुन खोज्नु भयो। जनतामा गएर भए हुन्थ्यो। जनतामा जाने बाटोलाई अवरोध गरेर अन्तैबाट हुन खोज्नु भयो। जनतामा जाने कुरालाई उहाँहरुले ‘कू’ भन्नु भयो। 

नेपाली काँग्रेसले यही अहिलेकै जनतामा जाने प्रस्तावलाई कू भन्ने हो भने २०१७ सालको के थियो, लोकतान्त्रिक अभ्यास थियो ? नेपाली काँग्रेसले कू भनेको बिर्सिसकेछ।

देउवाजी, माघ १९ के हो ?

म शेरबहादुर देउवाजीलाई सोध्न चाहन्छु, माघ १९ चाहिँ के थियो ? उहाँलाई सत्ता हस्तान्तरण गरेको थियो ? लोकतान्त्रिक विधिबाट थियो ? एउटा निर्वाचित प्रधानमन्त्रीलाई असंवैधानिक ढंगले अपदस्थ गर्ने आश्विन १८ को घटना चाहिँ के थियो ? कू थियो कि थिएन ? त्यतिबेला त कू भन्ने शब्द उहाँको मुखबाट आउने हिम्मत भएन।  त्यतिबेला त उहाँले कू भन्न सक्नु भएन। निर्वाचित प्रधानमन्त्रीलाई अपदस्त गरेर अक्षम भएको हुनाले हटाइदिएँ, अथवा सक्षम छैन भन्दा उहाँले कू भन्नु भएन। 

जननिर्वाचित प्रधानमन्त्री सक्षम छ कि छैन भन्ने निर्णय गर्ने एउटा 'आर्टिफिसियल्ली' बनेको तथाकथित गद्दLमा बस्ने व्यक्तिको काम होइन त्यो। जनताको काम हो अक्षम छ कि सक्षम छ भन्ने। त्यतिबेला त उहाँले कू भन्न सक्नु भएन। अनि अहिले जनताका बीचमा जाने संवैधानिक कुरा गर्दा चाहिँ कू भनेका छन्, प्रतिगमन भनेका छन्। 

प्रचण्डको भाषा समेत सापटी लिएर, सापटी मात्रै होइन कि उहाँले त्यो त आफ्नै बनाइसक्नु भयो। प्रचण्डको भाषाशैलीलाई आफ्नै बनाइसक्नु भयो।दया लाग्छ। एउटा लोकतान्त्रिक आन्दोलनमा योगदानको इतिहास भएको पार्टी, यस ढंगले प्रचण्डपन्थी भएको देखेर अचम्म लाग्छ। यो नहुन पर्ने हो। 

खैर, जननेता मदन भण्डारीले एकछिनको स्वार्थका लागि वैयक्तिक वा निजी स्वार्थका लागि होइन, राष्ट्रिय स्तरमा दूरगामी, दीर्घकालीन राष्ट्रिय हित र जनहितका प्रश्नमा अडिग रहेर अगाडि बढ््ने मार्ग देखाउनुभयो। 

दोस्रो कुरा, अन्तर्राष्ट्रियस्तरमा त्यतिबेला रक्षात्मक बनेको कम्युनिष्ट आन्दोलनलाई कसरी विरोधीहरुको प्रहारबाट निस्तेज पार्दै कसरी अगाडि बढ्न सकिन्छ। 

तेस्रो, सिंगो लोकतान्त्रिक आन्दोलन अथवा राजनीतिक आन्दोलन अथवा राजनीतिक प्रणाली सम्बन्धी विवाद, चिन्तन यो निरन्तर चल्ने कुरा हो। यो कस्तो हुनुपर्छ र त्यसमा मानव जाति सही बाटोमा सही ढंगले कस्ता सिद्धान्त, कुन दर्शन, कस्तो सिद्धान्त कसरी अगाडि जान सक्छ?त्यस सम्बन्धमा उहाँले विचार अगाडि सार्नुभयो। 

यसरी इन्टरनेशनल सिस्टमका बारेमा उहाँका ओपिनियन,तत्कालीन शक्ति सन्तुलनमा उहाँका दृष्टिकोण, लेफ्ट मुभमेन्टमा परेको धक्काको सम्बन्धमा त्यसबाट कसरी अगाडि जाने सन्दर्भमा उहाँका दृष्टिकोण र राष्ट्रिय राजनीतिलाई राजनीतिक, सामाजिक, साँस्कृतिक हिसाबले कसरी अगाडि बढाउन सकिन्छ, तत्सम्बन्धी उहाँका दृष्टिकोण, यी समग्र दृृष्टिकोणहरुको समष्टि जनताको बहुदलीय जनवाद हो। 

यसभित्र एउटा दार्शनिक पक्ष छ, एउटा सैद्धान्तिक पक्ष छ, एउटा वैचारिक पक्ष छ र यसभित्र राष्ट्रिय राजनीति छ र अन्तर्राष्ट्रिय दृष्टिकोण छ। तसर्थ, यस सम्बन्धमा हामी ढुक्क हुनसक्छौं कि यो सही छ।

मार्क्सवाद पढ्दै नपढेका केही बुद्धिजीविहरुअरु जेसुकै भएपनि माक्र्सवादसँग सहमत हुन सकिँदैन, माक्र्सवाद चाहिँ मान्दिन भन्छन्। यो नखाएको फलको स्वाद मन परेन भनेकोजस्तै हो। 

मार्क्सवादको बारेमा जानकारी नहुने अनि माक्र्सवाद चाहिँ ठीक छैन भन्ने। पहिले माक्र्सवाद बुझ्नु प¥यो, यो केहो।आग्रहहीन ढंगले वैैचारिक बहस चलाउँदा आग्रहहीन ढंगले चल्न सक्नु पर्यो।

त्यसकारण आज जननेता मदन भण्डारीको ७०औं जन्मजयन्तीको सन्दर्भमा म सबैमा आग्रह गर्न चाहन्छु, आग्रहहीन बहस गरौँ। देशलाई यतिबेला कोभिड–१९ का विरुद्ध लड््न राष्ट्रिय मेलमिलाप, सहयोग, सहयात्रा चाहिएको छ। सहमति र सहयात्रका साथ, आधारभूत अन्डरस्टयाण्डिङ्का साथ स्वस्थ्य प्रतिस्पर्धा हुन सकोस्।

एउटा, आधारभूत अन्डरस्ट्याण्डिङ हुनुपर्यो, त्यसका साथ अगाडि बढ्न यो कोभिडको परिस्थितिले पनि माग गरेको छ।दोस्रो, लोकतन्त्र सुदृढ गर्नुछ।यो हामीले ठूलो बलिदान लिएर ल्याएको परिपाटी हो। 

एकछिन एउटा मान्छेको आकाङ्क्षा, एउटाको कुण्ठा, वैरभाव, अर्काका महत्वाकांक्षा जस्ता कुराहरुबाट ग्रस्त बनाएर तिनीहरुबाट आक्रान्त बनाएर लोकतन्त्रलाई खतरामा पर्न दिनु हुँदैन। त्यसका लागि राष्ट्रिय सम्झदारी, राष्ट्रिय सहकार्य आवश्यक छ। 
तेस्रो कुरा, साम्प्रदायिक विद्वेषबाट अनेक ढंगको परिचयको राजनीति, पहिचानको राजनीति भनेर देशलाई अत्यन्तै विथोल्न खोजियो। त्यो विथोलेको स्थितिबाट बल्लबल्ल सम्हालेर हामीले विविधतामा एकताको बाटोमा ल्यायौँ।विविधता हाम्रो सुन्दरता हो, डाइभर्सिटी खराब चिज होइन। डाइभर्सिटी हाम्रो सम्पन्नता हो। यति सानो भूभागमा सर्वोच्च शिखरदेखि समुन्द्र सतहभन्दा केही मिटर मात्र उचाइमा भएको भूभाग छ। 

केही किलोमिटर भित्र यस्तो डाइभर्सिटी छ कि जैविक, वनस्पतीय वा अरु प्रकारका डाइभर्सिटी, सामाजिक डाइभर्सिटी पनि त्यस्तै खालको छ। भाषिक तथाअनेक र हाम्रो समाजको सामाजिक बनोट यसको इतिहास, यो विभिन्न ठाउँको माइग्रेसनबाट बनेको समाज छ। 

विभिन्न समयका माइग्रेसनबाट यसरी बनेको, यस्तो समाजका विशेषतालाई हेरेर यहाँ विविधतामा एकता हुनुपर्छ। म अनेकतामा पनि भन्दिनँ, विविधतामा एकता। अनेकतामा एकता होइन, विविधतामा एकता हो। कतिपयले अनेकतामा एकता भन्ने गरेका छन्, त्यस्तो होइन, विविधतामा एकता हो।आज हामीलाई यो चाहिएको छ।

यस्तो बेलामा राम्ररी चलिरहेको लोकतान्त्रिक अभ्यास, लोकतन्त्रतर्फको अभ्यास गत निर्वाचनभन्दा यता हामीले संविधान अनुरुपका थुप्रै नयाँ कानून निर्माण गर्यौं, त्यसको संशोध गर्यौं।

कतिवटा कानूनलाई संविधान अनुकूल बनायौं।संविधानले भनेका संरचना बनायौं र वित्तीय संघीयतालाई पनि कार्यान्वयन ग¥यौं। यसरी अगाडि बढिरहेका ठाउँमा यो सबै कुरालाई बिथोल्नेगरी प्रचण्डपथको खतरा आइलाग्यो। 

हाम्रा उपलब्धिहरुका साथ लोकतन्त्रलाई, लोकतान्त्रिक बाटोबाट विकास निर्माणलाई अगाडि बढाउने एउटा अभियानमा लागिरहेका बेला फेरि प्रचण्डपथ आयो। प्रचण्डको काम नै हुँडल्ने हो। 

प्रचण्डको काम नै देशलाई बर्बाद बनाउने हो। विगत पनि त्यही हो, आगत पनि त्यही हो।पार्टी एकीकरण गरिएको थियो, त्यो एकीकरण भत्काउने काम फेरि प्रचण्डबाटै भयो। 

अनि त्यस्ता मान्छेलाई गुरु थापेर लोकतान्त्रिक इतिहास भएका पार्टीहरु समेत प्रचण्डपथमा हिँड््नु र प्रचण्डमार्गी हुनु, अचम्म लाग्छ। 

म भन्न चाहन्छु, प्रचण्डलाई पनि सही लोकतान्त्रिक मार्गमा ल्याउन जरुरी छ। हामीले सिके राउतलाई यस मार्गमा ल्याएका छौं, विप्लवलाई यस मार्गमा ल्याएका छौं। प्रचण्डलाई हिजो यस मार्गमा ल्याएका हौं। 

प्रचण्डले अर्को ढंगले फेरि राष्ट्रिय राजनीतिलाई बिथोल्ने कामको अगुवाई गरिराखेका छन्। अघिअघि लुखुरलुखुर शेरबहादुरलाई लगाएर हिँडिराखेका छन्।अगाडि लगाउँदैमा नायक हुँदैन।

नायक पछाडि बसेर नायकत्व लिइराखेका हुन्छन्।जोत्दाखेरि हली भन्दा गोरु अगाडिनै हुन्छन्। तर कसले लिड गरेको छ, कसले चलाएको छ भन्ने ख्याल गर्नुपर्छ। अगाडि अगाडि हिँड्दैमा मैले लिड गरेको छु भन्ने भ्रम पालियो भने आन्दोलन वर्गलिन्छ। 

त्यस कारण अगाडि बसेर पनि, पछाडि बसेर पनि लोकतान्त्रिक शक्तिले गलत बाटोमा मिसलिड हुनुहुँदैन, मेरो सबैमा आग्रह छ। मैैले जननेता मदन भण्डारीका साहित्यिक व्यक्तित्व, साँस्कृतिक व्यक्तित्व अरु पक्षहरु आदिको बारेमा धेरै चर्चा गर्न चाहन्नँ। किनभने काफी चर्चा भइपनि सकेको छ। हामीलाई धेरै पक्षहरु जानकारी पनि भइसकेको छ।

त्यसकारण अहिले मैले मदन भण्डारी जनताको  बहुदलीय जनवाद र आजको सन्दर्भ, तीनवटा कुरा मिलाएर आजको सन्दर्भमा जनताको बहुदलीय जनवादलाई अलिकति जोड्ने कोसिस गरेर आफ्ना विचारहरु राखेको छु। 

मदन भण्डारी फाउण्डेशनले यहाँसम्म आइपुग्न निकै धेरै संघर्ष गर्नुपरेको छ। यो कसैसँग प्रतिस्पर्धी पार्टी होइन, यो कसैको भाग खोस्न पनि जाँदैन, कसैका खुट्टा तान्न पनि जाँदैन र यसले कसैलाई पगरी लगाइदिन पनि जाँदैन। 

राजनीतिकर्मीहरुले, राजनीतिक पार्टीहरुले आफ्नोआफ्नो गरिखानुपर्छ। जननेता मदन भण्डारीका विचारहरु,जो सही छन्। अक्सर हामीले अलिक सजिलोसँगले भन्ने गरेको, हल्कापूmल्का ढंगले भन्ने गरेको के छ भने मदन भण्डारीलाई चिरकालसम्म स्मरण गरियोस् भन्नका लागि यी प्रयासहरु होइनन्। 

मदन भण्डारी यस्तो व्यक्तित्व हो, जसलाई चिरकालसम्म स्मरण गराइरहन पर्दैन। उहाँका कामहरु, उहाँका विचारहरुले फर्किफर्किकन मार्गदर्शन गरिरहनेछन् समाजलाई र गलत विचारहरुका विरुद्ध एउटा वैचारिक आन्दोलनलाई।

यसको लागि गरिने सशक्त आन्दोलन मदन भण्डारीका विचारहरु हुन्। त्यसकारण गतल विचारवालाहरुले पनि मदन भण्डारीको सदैव खण्डन गरिरहनु पर्छ,अथवा मदन भण्डारीलाई स्मरण गरिरहनु पर्छ। 

सही विचारसाथ अगाडि बढ्नेले पनि मदन भण्डारीको मार्गदर्शन पछ्याउनु पर्छ, त्यतिबेला पनि मदन भण्डारीलाई स्मरण गर्नुपर्छ र अरु थुपै्र  कुराहरुमा मदन भण्डारीलाई स्मरण गर्नुपर्छ। 

त्यसकारण मदन भण्डारी फाउण्डेशनका क्रियाकलापहरु मदन भण्डारीको स्मृतिलाई जिवन्त राख्नका लागि होइन, मदन भण्डारीबाट शिक्षा लिएर समाजलाई अगाडि बढाउनका लागि हो। मदन भण्डारीको स्मरणलाई जीवित राख्नका लागि केही प्रयास गर्नु पर्दैन। 

त्यो यस्तो चिज हो कि विरोधीले पनि नाम लिनु पर्छ।यो हामीलाई मार्गदर्शन गर्नका लागि आवश्यक छ। हामीलाईसुन्दर समाज बनाउनका निम्ति यो आवश्यक छ। 

वाचस्पतिमाथि कारवाही

यसका निम्ति मदन भण्डारी फाउण्डेशनले सहनु परेका प्रताडना, व्यवधान, अवरोध यी सबै कुरा यी वर्षहरुमा मैले देखेको छु। मदन आश्रित स्मृति प्रतिष्ठान हामीले निर्माण गरेका थियौं, सुरुमै, उतिबेलै मदन आश्रितको निधन हुने बित्तिकै, मदन आश्रितको हत्या हुने बित्तिकै। तर, त्यसलाई निष्प्रभावी बनाइयो, निकम्मा बनाइयो। त्यसका निम्ति रकम छुट्याइयो, जमिन छुट्याइयो, भवन बनाइयो। तर त्यसलाई अगाडि बढ्न दिइएन। 

वाचस्पति देवकोटाले मदन भण्डारीको पहिलोे सङ्कलित रचना भनेर एउटा पुस्तक छाप्नुभयो। उहाँ मदन आश्रित प्रतिष्ठानको अध्यक्ष हुनुहुन्थ्यो। त्यो पुस्तक निकालेपछि कसले पुस्तक निकाल्न भनेको थियो ? किन जान्ने भएर निकालेको भनेर उहाँलाई अध्यक्षबाट हटाइयो। अध्यक्षबाट हटाउने अरु कोही होइन, मिस्टर माधव नेपाल हुन्। मिस्टर माधव नेपालले वाचस्पति देवकोटा अहिले पनि हुनुहुन्छ, सोधे हुन्छ उहाँलाई। 

पुस्तक प्रकाशन गरेबापत हटाइयो। दासढुंगामा दुर्घटनामा परेको जिप, त्यो सङ््ग्रहालयमा राखौं जस्ताको तस्तै भनिएको थियो। तर, त्यो जस्ताकोतस्तै राख्दा एउटा इतिहास रहला भन्ने डरले त्यसलाई हतार हतार वर्कसपमा पठाइएछ र टेन्टिङ पेन्टिङ गराएर चढ्ने, कुदाउने गर्न थालिएछ। 

एक जना बन्दना भुसाल भन्ने कार्यकर्ताले आफ्नो स्कुटर लगेर कुन नेतालाई गाडी नभएर, सवारी साधन नपाएर यो संग्रहालयमा राख्ने गाडी चढ्नुपरेको भनेर स्कूटरको चाबी दिनुभयो। उहाँलाई मेरो स्कुटरको चाबी दिन्छु, यसैमा चढेर हिँड््नु तर त्यो गाडी चाहिँ संग्रालयमा होस्् भनेर बन्दना भुसालले साचो जिम्मा लगाउन  खोज्नु भयो।

साँचो जिम्मा लिन त्यहाँ कोही पनि तयार भएन।तर, गाडी चाहिँ मर्मत गरेर चलाउन थालिएको थियो। त्यो गर्ने मध्ये एकाध मान्छेहरु माधब नेपालकै नेतृत्वमा परिचालित भएका मान्छेहरु नै हुन्। यस्ता खालका कामहरु गर्नेलेवाचस्पति देवकोटालाई त्यहाँबाट हटाए। 

जेहोस् मदन भण्डारीसम्बन्धी त्यो एटिच्युट राखिएको थियो। स्थापना गरिएको मदन भण्डारी फाउण्डेशन, यसले अनेक प्रताडना, यसले स्मृति दिवस मनाउन नपाउने, १४ गते जन्मजयन्ती मनाउन नपाउने, कुनै रचना छाप्न नपाउने, छलफल केहीगर्न नपाउने यस प्रकारको रवैया भोग्नु प¥यो। उहाँका विचारको श्रेष्ठताको चर्चा गर्न नपाइने र विचारहीन मान्छेको भजमन गोविन्दम्् जस्तो गरेर एकतारे बजाएर उनकै भजन गाइदिनु पर्ने बनाइयो।

जोसँग विचार शून्य छ, विचार छँदैछैन, त्यस्ताको चाहिँ माधवम्, माधवम् गाउनु पर्ने। त्यो नसक्ने भएपछि त्यो नेतृत्व विरोधी हुने। यो सिलसिलासँग जुधेर फाउण्डेशन आयो र फाउण्डेशनलाई जीवित राख्न, फाउण्डेशनलाई क्रियाशील बनाउन, अगाडि लान कृतसंकल्पित भएर अगाडि बढ्नु भएका युवापंक्तिका साथीहरुलाई म विशेष धन्यवाद भन्न चाहन्छु। 

मलाई तपाईंहरुले यस संगठनको, संस्थाको संरक्षक राख्नु भएको छ। यसको संरक्षणका लागि मैले सक्दो प्रयास गर्ने नै छु। संरक्षक भनेको चाहिएका बेला हुन्छ। खोलाले बगाउन लाग्यो भने समातेर निकाल्दिने, कतै केही हुन लाग्यो भने जोगाइदिने। दिनैपिच्छे त यसले काम गर्दैन, अरुले काम गर्छन्। 

म संरक्षकले किन काम गरेन भनेर चाहिँ त्यति भन्नु भएको छैनहोला। किनभने संरक्षकले दैनन्दिन काम गर्ने नै होइन। त्यसले त परिआएका बेला संरक्षण दिने हो, कुनै अप्ठ्यारो पर्यो भने।

मबाट हुनसक्नेसम्मकोे संरक्षकत्व भइहाल्छ। तपाईंहरु अगाडि बढ्नुस्। हामी सबैको साथ सहयोग रहन्छ। सँगै कार्यकर्ता पंक्तिको पनि सहयोग रहन्छ, जनताको सहयोग रहन्छ, बुद्धिजीविहरुको सहयोग रहन्छ। 

समाजको, नेपालको, देशको भलो चाहने, जनताको भलो चाहने, लोकतन्त्रको रक्षा र सुदृढीकरण चाहने सबै राजनीतिक, साहित्यिक वा हरेक क्षेत्रबाट तपाईंहरुले साथ पाउनु हुनेछ।

तपाईंहरुलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छु र आफ्नो भनाइ टुङ्ग्याउँछु। जननेता मदन भण्डारीप्रति धेरैधेरै श्रद्धासुमन।

जनताको बहुदलीय जनवाद जिन्दावाद !
 

प्रकाशित मिति: : 2021-06-29 17:50:00

प्रतिकृया दिनुहोस्