काठमाडौंमा दुई महिनापछि चलेका सवरी साधन: कतै खचाखच, कतै रित्तै (तस्वीरहरू)

शनि शाक्य

काठमाडौं

काठमाडौं उपत्यकामा सार्वजनिक सवरी साधन सञ्चालनमा आएका छन्। उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीहरुको सोमबारको बैठकको निर्णय अनुसार आजदेखि सञ्चालनमा आएका हुन्।

करिब दुई महिनापछि सञ्चालनमा  आएका सवारी साधनमा कारोना संक्रमणकाे जोखिमलाई ध्यान दिँदै जोर–विजोर प्रणालीमा सञ्चालन गरिएको छ।

सञ्चालनको अनुमति पाएका सवारी साधन पहिलो दिन कम संख्यामा चलेका छन्। कोरोना संक्रमणको जोखिम कायमै रहे पनि उपत्यकाका केही स्थानमा चल्ने सवारी साधनमा यात्रुको चाप अत्याधिक रहेको छ। सवारी साधन कम चलेका कारण यात्रुकाे चाप बढी भएकाे हाे। 

त्यस्तै, उपत्यकाका केही स्थानहरुमा भने सवारी स्थानहरु खाली–खाली गुढेका छन्। विशेष गरी चक्रपथ बाहिर चल्ने सवारी साधनमा यात्रुको चाप कम रहेकाे छ। 

प्रकाशित मिति: : 2021-06-29 16:50:00

प्रतिकृया दिनुहोस्