खोप नलगाएकालाई सार्वजनिक स्थानमा प्रतिबन्ध 

File : abudhabi-fleamarket
File : abudhabi-fleamarket

कोभिड विरुद्धको खोप नलगाएका व्यक्तिहरुले आगामी अगष्ट २० देखि अबुधाबीका सार्वजनिक स्थलहरुमा प्रवेश गर्न नपाउने भएका छन।

अबुधाबीमा लक्षित समुहका ९३ प्रतिशत भन्दा धेरै मानिसहरुले खोप लगाई सकेकाले सार्वजनिक स्वास्थलाई ध्यान दिंदै आपतकालीन संकट तथा विपत व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो।

अबुधाबी मिडिया हाउसले जारी गरेको सूचना अनुसार अगष्ट २० देखि सपिङ सेन्टर, रेष्टुरेन्ट, क्याफे, जिम तथा हेल्थ क्लब, मनोरञ्जन केन्द्रहरु, खेल गतिविधि संचालन हुने स्थानहरु, रिसोर्ट, संग्राहलय, सांस्कृतिक केन्द्रहरु, पार्क, विश्वविद्यालय, सार्वजनिक तथा निजि विद्यालय,बालबालीकाका नर्सरी केन्द्रहरु लगायतका सार्वजनिक स्थानमा प्रवेश गर्न कोभिड विरुद्धको खोप लगाएको हुनुपर्ने छ।
दैनिक उपभोगका सामाग्रीहरु उपलब्ध हुने सुपरमार्केट र औषधि पसलहरुको प्रवेशमा भने यो नियम लागू नहुने बताईएको छ। यसैगरी खोप छुट पाएका र १५ वर्ष र सोभन्दा कम उमेरकालाई समेत यो नियम लागू नहुने बताईएको छ।

कोरोना नियन्त्रणमा प्रभावकारी कदम चालेको युएई सरकारले विभिन्न स्थानमा सित्तैमा कोरोना परिक्षण गरिरहेको छ। यस्तै संक्रमितहरुको उपचारका लागि समेत विभिन्न स्थानमा फिल्ड अस्पताल निर्माण गरि निशुल्क उपचार गरिरहेको छ।युएईमा सोमबारसम्म ६ लाख २८ हजार ९ सय ७६ जना कोरोनाबाट संक्रमित भईसकेका छन, भने ६ लाख ७ हजार ६ सय ६ जना संक्रमणमुक्त भएका छन। त्यस्तै अहिलेसम्म कोरोनाका कारण १ हजार ८ सय २ जनाको मृत्यु भएको छ।
 

प्रकाशित मिति: : 2021-06-29 16:20:00

प्रतिकृया दिनुहोस्