एक सयले घट्यो सुनको मूल्य 

सुनको मूल्य आज एक सय रुपैयाँले घटेको छ। 

आज असार १५ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ। सोमबारको तुलनामा एक सय रुपैयाँले घटेर ९० हजार ६०० रुपैयाँमा झरेको हो। 

त्यस्तै तेजाबी सुनको मूल्य समेत प्रतितोला एक सय रुपैयाँले घटेर ९० हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी चाँदी प्रति तोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। 
 

प्रकाशित मिति: : 2021-06-29 11:50:00

प्रतिकृया दिनुहोस्