क्रोएसिया युरोकपबाट बाहिरियो, स्पेन क्वार्टरफाइनलमा

[Martin Meissner/Pool/AFP]
[Martin Meissner/Pool/AFP]

विश्वकपको साविक विजेता टोली क्रोएसिया जारी युरोकप २०२० बाट बाहिरिएको छ। सोमबार डेनमार्कमा भएको प्रिक्वार्टरफाइनल खेलमा स्पेनसँग ५–३ गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।

यो जितसँगै स्पेन प्रतियोगिताको क्वार्टरफाइनल चरणमा पुगेको छ। 

स्पेनलाई जित दिलाउन पाब्लो सराबिया, सिजर अज्पिलिकुइटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओयार्जाबलले एक एक गोल गरे।

निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा टुङ्गिएपछि खेल थप ३० मिनेट लम्बिएको थियो।

प्रकाशित मिति: : 2021-06-29 06:05:00

प्रतिकृया दिनुहोस्