बङगलादेशमा विस्फोटन हुँदा सातको मृत्यु, ५० घाइते

Symbolic photo
Symbolic photo

बङ्लादेशमा भएको विस्फोटनको घटनामा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ भने अरु ५० जना घाइते भएका छन्। 

व्यवसायीक भवनमा आइतबार ठूलो विस्फोटन भएपछि भवन भत्किएर घटना भएको अधिकारीहरूले जानकारी दिएका छन्। 

बङ्गलादेशको राजधानी ढाकामा भएको यस घटनामा परी घाइते भएकाहरुको स्थानीय विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ। 

विस्फोटनको ठोस कारण अहिलेसमम पनि नखुलेको र अनुसन्धान भइरहेको ढाकाका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।  

ढाका महानगरीय प्रहरीका आयुक्त शाफिक्वाल इस्लामले घटनामा परी सात जनाको मृत्यु भएको पुष्टि गरे।  

दुर्घटनामा परी घाइते भएका ५० जनामध्ये केहीको अवस्था गम्भीर रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन्।

सो व्यवसायीक भवनमा भएको विस्फोटनका कारण सँगै रहेका अन्य भवनहरुमा पनि क्षती पुगेको पाइएको छ। दुई ओटा बस भने अधिकांश क्षती भएको छ। 

घटनाका बारेमा अनुसन्धान गर्न सरकारी तवरबाट पाँच सदस्यीय छानविन समिति गठन गरिएको अधिकारीहरुले जनाएका छन्। रासस 

प्रकाशित मिति: : 2021-06-28 21:05:00

प्रतिकृया दिनुहोस्