बालिका बलात्कार अभियोगमा एक पक्राउ

Symbolic photo
Symbolic photo

महानगरीय प्रहरी परिसर भक्तपुरले १२ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाउँपालिका– ४ घर भइ हाल भक्तपुर नगरपालिका–९ चोखा बस्ने ३२ वर्षीय बसन्त दमाई छन्।

बालिकाकी आमाले महानगरीय प्रहरी बृत्त जगातीमा  किटानी जाहेरी दिएपछि प्रहरीले दमाईलाई आज पक्राउ गरी सार्वजानिक गरेको प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए। रासस

प्रकाशित मिति: : 2021-06-28 20:46:00

प्रतिकृया दिनुहोस्