एक घण्टामा बीस हजार वृक्षरोपण

Symbolic photo
Symbolic photo

मोहन पौडेल

नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)मा एक घण्टामा बीस हजार बिरुवा रोपिएको छ। 

राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा सुनवल नगरपालिका ११ जर्गाहास्थित कोटहीदेवी सामुदायिक वन क्षेत्रमा आज ती वृक्षारोपण गरिएको हो।  

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले वृक्षारोपण गर्दै वन क्षेत्रको दीगो व्यवस्थापन र संरक्षणबाट काठजन्य बस्तुको आयातलाई अन्त्य गर्न आवश्यक रहेको बताए। उनले रोपिएका बिरुवाको संरक्षण, गोडमेल, हुर्काउने तथा  बढाउने अभियान चलाउन आग्रह गरे।

प्रदेशको उद्योग वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालयको संयुक्त आयोजनामा सिसौ, अमला, टिक, जामुन, कदम, खयर लगायत प्रजातिका बिरुवा रोपिएको थियो। 

सामुदायिक वनको खाली रहेको २९ हेक्टर क्षेत्रफलमा ३९ हजार बिरुवा रोप्ने  लक्ष्य अनुसार आज १५ हेक्टर क्षर््ोत्रफलमा बीस हजार बिरुवा  रोपिएको प्रदेशका उद्योग वन तथा वातावरणमन्त्री कल्पना पाण्डेले जानकारी दिइन्। 

सो अवसरमा उनले वन संरक्षण र हरियाली प्रर्वद्धन गर्न  प्रदेश सरकारले नीति तथा कार्यक्रम रहेको बताइन्। नेपाल विद्युत प्राधिकरण (बर्दघाट सर्दी १३२ केभी प्रसारण लाइन आयोजना) मार्फत  ती बिरुवा रोपिएको हो। 

सो अवसरमा डिभिजन वन कार्यालय परासीका प्रमुुख शङ्करप्रसाद गुप्ता र कोटहीदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ईश्वरीप्रसाद जैसीले रोपिएका बिरुवाको संरक्षण गर्ने प्रतिवद्धता जनाएका थिए। रासस 

प्रकाशित मिति: : 2021-06-28 18:16:00

प्रतिकृया दिनुहोस्