रोटरी क्लबले बनाउन थाल्यो कृत्रिम खुट्टा, अपाङ्गता भएकाहरुलाई नि:शुल्क दिइँदै (भिडियाेसहित)

रोटरी क्लब अफ वीरगञ्जले खुट्टाबिना जीवन बिताउन बाध्य अपाङ्गता भएका व्यक्तिका लागि कृत्रिम खुट्टा बनाउन सुरू गरेको छ।

भारतको रोटरी महावीर जयपुरसँगको सहकार्यमा रोटरी क्लब अफ वीरगञ्जले छपकैयामा रहेको रोटरी महावीर कृत्रिम खुट्टा प्रदान गर्ने केन्द्रमै त्यस्ता खुट्टा प्रदान गरी अपाङ्गता भएका व्यक्तिलाई नि:शुल्क वितरण गर्न थालिएको हो।

संसारकै सबभन्दा बढी कृत्रिम खुट्टा उत्पादन गर्ने भारतको ‘जयपुर फुटरनीरलिम्ब’ सँगको सहकार्यमा  डा. झाका अनुसार, यसका लागि वीरगञ्जका दुई जना युवकहरुले खुट्टा बनाउने विधिको बारेमा १ वर्ष जयपुर बसेर प्रशिक्षण लिएर केन्द्रमा आएका छन्।

कृत्रिम खुट्टा बनाउन अहिले केन्द्रमै मेशिनहरुको स्थापना गरिएको छ। दिनमा एक जनाको लागि कृत्रिम खुट्टा तयार पारिने गरिएको छ।

केन्द्रले हालसम्म ४० जना खुट्टा नभएकाहरुलाई नि:शुल्क कृतिम खुट्टा प्रदान गरिसकेको छ। भारतको रोटरी महाबीर जयपुरसँगको सहकार्यमा रोटरी क्लब अफ वीरगञ्जले छपकैयामा रहेको रोटरी महावीर कृतिम खुट्टा प्रदान गर्ने केन्द्रबाट नि:शुल्क कृतिम खुट्टा प्रदान गर्ने केन्द्र संचालनमा ल्याएको हो।

रोटरीको आफ्नै भवनमा स्थायी रुपमा सेन्टर संचालनमा आएको हुनाले सेवाग्राहीले जति बेला पनि मोबाइल नम्बर ९८२११००१४४ मा फोन सम्पर्क गरेर सेवा लिनसक्ने छन्।

सो केन्द्रमा अहिलेसम्म पर्सा, बाराऽ दाङ तथा भारतको सुगौलीबाट आएका गरी ४० जना खुट्टा नभएकाहरुले लाभ लिएको केन्द्रका पर्यवेक्षक तथा वाल रोग विशेषज्ञ डा. आनन्दकुमार झाले जानकारी दिए।

केन्द्र अर्का पर्यवेक्षक तथा हाड जोर्नी विशेषज्ञ डा. शाश्वतप्रसाद साहले नि:शुल्क कृत्रिम खुट्टा प्रदान केन्द्रमा देशभरिका तथा सीमापारि भारतका सेवाग्राहीहरु आएर नि:शुल्क रुपमा सेवा लिनसक्ने बताए।

वीरगञ्ज औद्योगिक नगरी भएको हुनाले सडक दुर्घटनादेखि कलकारखानामा कार्यरत मजदुरहरुमा बढी खुट्टा अभावको समस्या देखिएकाले यस सेण्टरलाई वीरगञ्जबाटै देशव्यापी रुपमा सञ्चालन गरिएको छ।

डा. झाका अनुसार शिविरमा लगाइने खुट्टाभन्दा यहाँ आएर उपचार विधिबाट लगाइने कृत्रिम खुट्टामा फरक छ। यहाँ बनाइने कृत्रिम खुट्टा चिकित्सकको निगरानीमा बन्ने भएकाले एकदमै बलियो र हिँडडुल गर्नमा सहज रहेको उनले बताए।

रोटरीको आफ्नै भवनमा स्थायी रुपमा सेन्टर संचालनमा आएको हुनाले सेवाग्राहीले जति बेला पनि मोबाइल नम्बर ९८२११००१४४ मा फोन सम्पर्क गरेर सेवा लिनसक्ने छन्। उनले भने यसको सम्पूर्ण खर्च रोटरीमा आवद्ध सहयोगी दाताहरुले नै व्यहोर्ने भएकाले सेवाग्राहीबाट कुनै शुल्क लिइनेछैन।

अहिले कोभिड–१९ महामारीका कारण सेवा वीरगञ्जकै केन्द्रमा सीमित राखिएको छ। डा. झाका अनुसार कोरोना संक्रमितको संख्या कम हुँदै गएपछि अन्य जिल्लाका सेवाग्राहीहरुका सहजताका लागि स्थानीय तहहरुसँगको सहकार्यमा गाउँ–गाउँमा पुगेर कृतिम खुट्टा प्रदान गरिने योजना रहेको छ।

बाहिर जिल्लाबाट आउने सेवाग्राहीहरुका लागि भने नि:शुल्क आवासको पनि व्यवस्था मिलाउने तयारी भइरहेको डा. झाले जानकारी दिए।


प्रकाशित मिति: : 2021-06-27 18:03:00

प्रतिकृया दिनुहोस्