विवादित सीमा क्षेत्रमा चिनियाँ रेल कुदेपछि भारतलाई हैरानी 

Photo : NDTV
Photo : NDTV

चीनले तिब्बतको सुदूर हिमाली क्षेत्रमा पहिलोपल्ट बिजुलीबाट चल्ने बुलेट रेल सञ्चालनमा ल्याएको छ।

भर्खरै सञ्चालनमा आएको रेल्वे सेवाले प्रान्तीय राजधानी ल्हासादेखि भारत–चीन विवादित क्षेत्र नियंगचीको हिमाली नगर जोड्ने छ।

चिनियाँ भू–भाग नियंगची भारतको अरुणाचल राज्यसँग सटेको सीमावर्ती नगर हो। सिचुआन–तिब्बत रेल्वेको ४ सय ३५ किलोमीटर लामो ल्हासा–नियंगची खण्ड गत जुलाई १ मा चिनियाँ कम्युनिष्ट पार्टीको शताब्दी समारोह अघि उद्घाटन गरिएको छ।

सिचुआन–तिब्बत रेल्बे किंगहाई–तिब्बत रेल्वे सेवापछि शुरु भएको दोस्रो रेल्वे हुनेछ। चिनियाँ राष्ट्रपति सी जिनफिङले नियंगचीबाट जोड्ने नयाँ रेल्वे परियोजनाको काम तीव्र गतिमा गर्न निर्देशन दिएका थिए।

नयाँ रेल सेवाले सीमाक्षेत्रको सुरक्षाका लागि समेत अहम भूमिका निभाउने दाबी गरेका छन्।

चीनले भारतको अरुणाचल राज्यलाई दक्षिण तिब्बतको हिस्सा बताउने गरेको छ। तर, भारतले चिनियाँ भनाइप्रति पटक-पटक आपत्ति जनाएको छ।

भारत–चीन सीमा विवाद ३ हजार ४ सय ८८ किलोमीटर लामो अहिलेसम्म जारी नै रहेको छ। विवादित सीमावर्ती क्षेत्रमा चिनियाँ रेल कुदेसँगै भारतलाई हैरानी शुरु भएको छ।

प्रकाशित मिति: : 2021-06-27 09:02:00

प्रतिकृया दिनुहोस्