हलिउडमा डेब्यु गर्दै विद्युत जामवाल

बलिउड अभिनेता विद्युत जामवाल हलिउड चलचित्रमा पनि देखिने भएका छन्।

अब्बल अभिनय र स्टन्टका कारण उनी दर्शकहरुको माझमा लोकप्रिय छन्। त्यसो त उनी एक राम्रो मार्शल आर्टिस्ट  पनि हुन्।

विद्युत यतिबेला हलिउडको लागि वन्डर स्ट्रिट पार्टनर्स क्रिस्टिन होल्डर र मार्क होल्डरसँग काम गर्न तयारी गर्दैछन्। उनले यसै वर्ष आफ्नो प्रोडक्सन हाउस हिरो फिल्मस् पनि घोषणा गरेका थिए।

हलिउडमा डेब्यु गर्न लागेको विषयमा उनले भनेका छन्, ‘हलिउडका सबैभन्दा राम्रा कलाकारसँग जोडिदैछु। यसमा म निकै खुसी छु।’  

प्रकाशित मिति: : 2021-06-27 07:01:00

प्रतिकृया दिनुहोस्