वेल्समाथि शानदार जित निकाल्दै डेनमार्क पनि क्वाटरफाइनलमा

युरोकप फुटबलअन्तर्गत डेनमार्क क्वाटरफाइनलमा प्रवेश गरेको छ।

शनिबार राति भएको प्रि-क्वाटरफाइनलमा वेल्सलाई ४-० गोल अन्तरले पराजित गर्दै डेनमार्क क्वाटरफाइनलमा पुगेको हो।

डेनमार्कलाई जित दिलाउन युवा स्ट्राइकर कास्पर डोलवर्गले दुई गोल गरे भने जोकिम माहेल र मार्टिन ब्रेथवेटले एक-एक गोल गरे।

खेलको इन्जुरी समयको पहिलो मिनेटमा ह्यारी विल्सनले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो। 

अब डेनमार्कले सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग भिड्नेछ। 

प्रकाशित मिति: : 2021-06-27 06:37:00

प्रतिकृया दिनुहोस्