ऋतिकले घाेषणा गरे 'कृष-४'

बलिउड अभिनेता ऋतिक रोशनले चलचित्र ‘कृष-४’ को घोषणा गरेका छन्।

उनले ‘कृष’ बनेको १५ वर्षपछि यसको चौथो सिरिज निर्माण गर्ने घोषणा गरेका हुन्। 

'कृष'का प्रत्येक सिरिजले बक्स अफिसमा सफलता हात पार्दै आएको छ। 

करिब दुई बर्ष अगाडि ‘कृष-४’ फ्लोरमा निस्किएर २०२०को क्रिसमसमा रिलिज हुने हल्ला चलेको थियो। तर निर्माता तथा निर्देशक राकेश रोशनले अफ्ठ्यारो समयका कारण फिल्म रोकिएको बताएका थिए।

अहिले चलचित्रको लागि कथाको काम भइरहेको बताइएको छ। 

प्रकाशित मिति: : 2021-06-27 06:03:00

प्रतिकृया दिनुहोस्