भक्तपुरमा ग्यास चुहावट हुँदा आगलागी

बिएल संवाददाता

मध्यपुरथिमि
Symbolic photo
Symbolic photo

खाना पकाउने ग्यास चुहावट हुँदा चाँगुनारायण नगरपालिका–४चाँगुस्थित  एकघरमा आगलागी भएको छ।

आगलागीबाट स्थानीयवासी दिपक मिजार र सानचरीको नगद रु.३५ हजार सहित लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न लगायतका सामान समेत जलेर आज नष्ट भएको प्रहरीले जनाएको छ।

वाग्मती प्रदेशसभा सदस्य कृष्णलाल भँडेलसहित नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ का क्षेत्रीय सभापति जीवन खत्री, सचिव जनक खत्रीको टोलीले  पीडितलाई नगद रु पाँच हजार सहित लत्ताकपडा, खाद्यान्न र ग्यासचूलो लगायतको सामग्री सहयोग गरेको थियो। रासस

प्रकाशित मिति: : 2021-06-26 21:20:00

प्रतिकृया दिनुहोस्