सन्ध्याले गरिन् विहे

अभिनेत्री तथा मोडेल सन्ध्या केसीले विवाह गरेकी छन्।

सन्ध्याले कानूनी बिहे गरेकी हुन्। उनले, सामाजिक सञ्जालमा आफूले विहेको गरेको जानकारी दिदै केही तस्वीरहरु समेत शेयर गरेकी छन्।

खुशी शेयर गरेपछि मात्र वास्तविक हुन्छ भन्दै उनले आभूषण ज्योती कंसकारसँग बिहे गरेको जानकारी दिएकी हुन्।

उनले लेखेकी छिन्–‘हामीले कानुनी रुपमा बिहे गरेका छौ। आभुषणसँग विहे गर्न पाउँदा म खुशी छु। उसले नै मलाई प्रेम, आदर र मित्रताको पाठ सिकाएको हो।'

प्रकाशित मिति: : 2021-06-26 06:36:00

प्रतिकृया दिनुहोस्