निवर्तमानमन्त्री आलेद्वारा ५० हजार उपचार सहयोग

Photo - RSS
Photo - RSS

निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीका समाजसेवी डिल्लीराज जोशीको उपचारका लागि रु ५० हजार आर्थिक सहयोग गरेका छन्।

कोराना सङ्क्रमण भएपछि मेडिसिटी अन्तर्राष्ट्रिय अस्पताल ललितपुरमा उपचार गराइरहेका जोशीको थप उपचारका लागि उनले  सो रकम प्रदान गरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए।

आलेले आज अस्पतालमा पुग्नु भई जोशीकी छोरी हिमांशुलाई आर्थिक सहयोग प्रदान गरेका हुन्। कोरोना सङ्क्रमणबाट जोशीको अवस्था गम्भीर भएपछि हेलिकप्टरबाट धनगढी ल्याइएको हो।

जोशीको स्वास्थ्यावस्थामा केही सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। रासस

प्रकाशित मिति: : 2021-06-25 19:50:00

प्रतिकृया दिनुहोस्