कम्प्युटर एन्टी भाइरस 'मेकेफी'का संस्थापककाे निधन

बिएल संवाददाता

वासिङ्टन डीसी

कम्प्युटर एन्टी भाइरस 'मेकेफी'का संस्थापक जन मेकेफीको निधन भएको छ।

उनको ७५ बर्षको उमेरमा बुधबार स्पेनको बार्सिलोना नजिक एक गाउँमा निधन भएको हो।

उनले सन् १९८७ मा निर्माण गरेको एन्टी भाइरस 'मेकेफी' लोकप्रिय एन्टी भाइरस सफ्टवेयर हो। कम्प्युटर भाइरसको बारेमा केही पुस्तकहरु पनि प्रकाशित गरेका मेकेफीको जन्म १८ सेप्टेम्बर १९४५ मा बेलायतमा भएको थियो।

केही सञ्चारमाध्यमहरुले मेकेफीको मृत्युलाई आत्महत्या भने पनि आधिकारिक पुष्टी हुन सकेको छैन। उनको कम्पनी 'मेकेफी एसोसियट्स' हालसम्म पनि कम्प्युटर एन्टी भाइरस सफ्टवेयरमा अग्रणी मानिन्छ। 

प्रकाशित मिति: : 2021-06-25 07:36:00

प्रतिकृया दिनुहोस्