रतुवामाईमा ६७ करोड ४५ लाखको बजेट प्रस्तुत  

बिएल संवाददाता

उर्लाबारी  

रतुवामाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/० ७९ का लागि रु ६७ करोड ४५ लाख ५२ हजार ९ सय १० रुपैयाको अनुमानित बजेट प्रस्तुत गरेको छ। 

नगरपालिकाको आज आयोजित आठौं नगरसभामा उपप्रमुख दमन्तादेवी चुडालले आगामी वर्षका लागि अनुमानित बजेट सार्वजनिक गरेकी हुन्।

उक्त बजेटमध्ये सङ्घ सरकारबाट सशर्त अनुदान बापत १६ करोड ६६ लाख, राजश्व बाडफाडबाट १० करोड ६०लाख ८८ हजार, घर जग्गा रजिस्ट्रेसन करको बाडफाडबाट प्राप्त हुने २ करोड ७० लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ९७ लाख ९५ हजार सवारी साधनको कर बाडफाडबाट ७० लाख २६ हजर ९ सय १०, नगरपालिकाको आन्तरिक आम्दानि १ करोड ५० लाख गरि जम्मा ३३ करोड १५ लाख ९ हजार ९ सय १० रुपैया आम्दानी हुने अनुमान छ। 

त्यस्तै संघीय र प्रदेश सरकारबाट प्राप्त बजेट सिलिङ शसर्त अनुदान अन्तर्गत ३१ करोड २६ लाख ६३ हजार, प्रदेश सरकार समपुरक अनुदान रु १ करोड, संघिय सरकारबाट प्राप्त विशेष अनुदान र समपुरक अनुदान गरि करोड ७३ लाख ६७ हजार, नगरपालिका, प्रदेश सरकार र करुणा फाउण्डेसनको त्रिपक्षिय साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तरगत करुणा फाउण्डेसन नेपालबाट प्राप्त हुने बजेट गरी ३० लाख १३ हजार गरि जम्मा ३४ करोड ३० लाख ४३ हजार आम्दानी हुने अनुमान छ। 

प्रकाशित मिति: : 2021-06-24 21:38:00

प्रतिकृया दिनुहोस्