प्रभु साह अतिथि बनेकाे कार्यक्रममा झडप, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

पूर्व माओवादी तथा हाल नेकपा एमालेका नेता प्रभु साह अतिथि बनेको एक कार्यक्रममा झडप भएको छ।

रौतहटको जिल्लाको मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको हो। 

आज (बिहीबार) आयोजना गरिएको नगरपालिकाको नगरसभालाई बिथोल्न विपक्षी समूहले आक्रमण गरेको थियो।

विपक्षी समूहले ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको छ।

स्थिति केही असामान्य बनेपछि नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको छ। 

प्रकाशित मिति: : 2021-06-24 14:04:00

प्रतिकृया दिनुहोस्