इरान समर्थित तीन दर्जनभन्दा बढी वेबसाइट अमेरिकाको नियन्त्रणमा

अमेरिकाको न्याय र वाणिज्य विभागले अमेरिकाप्रति दुशप्रचार गर्ने इरान समर्थित तिन दर्जनभन्दा बढी वेबसाइटलाई कब्जामा लिएको छ।

यस मध्य प्रमुख वेबसाइटहरुमा इरानको सरकारी सञ्चार माध्यम प्रेस टि भीको अँग्रेजी वेबसाइट, यमनका हुती विद्रोहीहरुको अल मसिराह सेटलाइट न्युज च्यानल र इरानकै सरकारी अरबी भाषाको टि भी च्यानल अल अलम प्रमुख छन्।

अमेरिकाको यो कदमलाई परराष्ट्रविदहरुले आजसम्म इन्टरनेटको एकाधिकार अमेरिकासँग मात्र छ भन्ने देखाउन र इरानका नवनियुक्त प्रधानमन्त्री इब्राहिम रईसीलाई तर्साउन चालेको कदम हो।

हाल यी वेबसाइटहरुमा कसैले 'लग' गर्यो भने अमेरिकी सरकारको तर्फबाट 'अलर्ट' आउँछ र कुन आइपी एड्रेसबाट 'लग' भएको पत्ता लगाएर पक्राउ गरिन्छ।

यसको साथै अमेरिकी सरकारले प्यालेस्टाइन टि भी न्युज वेब साइटको डोमेन नेम पनि आफ्नो नियन्त्रणमा लिएको छ। यो वेब साइटले गाजामा सक्रिय हमासको इस्लामिक विचारधाराको प्रचार गर्ने गर्छ।

गत बर्ष पनि अमेरिकाले इरान समर्थित करिब एक सय वेबसाइटलाई बन्द गरिदिएको थियो।

सन् २०१७ मा निश्चित गरिएको अमेरिका र इरानको बीच हुने भनिएको परमाणु सम्झौतामा तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तर्फबाट अबरोध आएपछि अमेरिका र इरानको सम्बन्ध लगातार बिग्रने क्रममा छ।

प्रकाशित मिति: : 2021-06-23 17:01:00

प्रतिकृया दिनुहोस्