निषेधाज्ञा खुकुलाे भएसँगै उपत्यकामा जाम (हेर्नुहाेस् तस्वीरहरूमा)

शनि शाक्य

काठमाडौं

काठमाडाैं उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै आजबाट निजी सवारी साधन सञ्चालनमा आएका छन्। उपत्यकाका तीन जिल्ला प्रशासनको निर्णयअनुसार मंगलबारबाट जोर बिजोर ​प्रणालीमा निजी सवारी चलेका हुन्।

निजी सवरी साधन चल्न थालेसँगै उपत्यकाका केही स्थानमा ट्राफिक जाम समेत हुन थालेकाे छ। विशेष गरेर अफिस समयमा जाम बढेकाे हाे। 

त्यस्तै, आजदेखि उपत्यकाका प्रशासन कार्यालयहरू सञ्चालनमा आएका छन्, भने बार अनुसार पसलहरू पनि खाेल्न पाइने भएकाे हुँदा मानिसकाे आवतजावत बढेकाे हाे।

काठमाडाैं उपत्यकाका तीन जिल्लामा गत वेशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएकाे थियाे। ५४ दिनपछि आजबाट निषेधाज्ञा खुकुलाे बनाइएकाे हाे। 


निषेधाज्ञामा सरकारी गाडी लिएर आयोजना प्रमुख ‘डेटिङ’मा ! (भिडियोसहित)


यस्तो देखियो काठमाडौं उपत्यकामा निषेधाज्ञाको पहिलो दिन (फाेटाे फिचर)

प्रकाशित मिति: : 2021-06-22 12:36:00

प्रतिकृया दिनुहोस्