यस्तो देखियो काठमाडौं उपत्यकामा निषेधाज्ञाको पहिलो दिन (फाेटाे फिचर)

कमल प्रभात

काठमाडौँ

काठमाडौं, ललितपुर र भक्तपुरमा आजदेखि निषेधाज्ञा लागू भएको छ।

बिहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको हो।

पछिल्लो समय राजधानीसहित विभिन्न जिल्लामा कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेसँगै सरकारले निषेधाज्ञा लगाउने निर्णय गरेको थियो। 

उक्त निर्णयसँगै सर्वसाधारणलाई घर फर्कन दुई दिनको समयसमेत दिइएको थियो। सर्वसाधारणहरु कोरोनाको जोखिम मोलेरै गाउँ फर्किरहेका छन्। केही नागरिक भने अझै गाउँ फर्कने तयारीमा छन्। 

सरकारको निर्णय अनुसार आजदेखि यातायात पनि बन्द छ। तर काठमाडौंको कोटेश्वर, सातदाेबाटो, बल्खु, बालाजु, कलंकी लगायतका क्षेत्रहरुमा अझै पनि सर्वसाधारण घर फर्कनका लागि सवारी साधन कुरिरहेका छन्। 

सञ्जीव शाहले हिजोदेखि जनकपुर(घर) फर्कन निकै प्रयास गरे। नयाँ बसपार्कसम्म पुगेर टिकटको लागि लाइनमा लागे पनि। तर उनले टिकट नै पाएनन। अहिले उनी वैकल्पिक तयारी गरेर घर फर्कन खोज्दै छन्। सडकमा अलपत्र परेका उनी जस्तै थुप्रै नागरिकहरु विभिन्न उपाय लगाएर घर फर्कन खोज्दैछन्। 

यसैबीच प्रहरीले निषेधाज्ञा उल्लघंन गर्नेहरुलाई कारवाही गर्न थालेको छ। आज बिहान मात्रै पाँच सयभन्दा बढीलाई नियनत्रणमा लिएको महानगरिय ट्राफिक प्रहरी प्रवक्ता श्याम कृष्ण अधिकारीले जानकारी दिए। 

प्रकाशित मिति: : 2021-04-29 08:22:00

प्रतिकृया दिनुहोस्