इरानी राष्ट्रपति राइसीलाई चिनियाँ राष्ट्रपतिद्वारा शुभकामना

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सोमबार नवनिर्वाचित इरानी राष्ट्रपति एब्राहिम राइसीलाई एक बधाई सन्देश पठाई उनी इरानका राष्ट्रपतिमा निर्वाचित भएकोमा शुभकामना दिएका छन्। 

सन्देशमा राइसीको कार्यकालमा चीन र इरानबीचको सम्बन्धमा थप सुधार आउने विश्वास व्यक्त गरिएको छ। 

शुभकामना सन्देशमा चिनियाँ राष्ट्रपति सीले चीन र इरान चौतर्फी रणनैतिक साझेदार हुनुका साथै चालू वर्ष दुई मुलुकबीच दौत्य सम्बन्ध स्थापनाको पचासौं वार्षिकोत्सव भएको स्मरण गरेका छन्। 

इरानी राष्ट्रपति राइसीसँग मिलेर दुई मुलुकको रणनीतिक सहकार्यलाई बढाउने, राजनीतिक तथा सामाजिकरूपमा रहेको पारस्परिक विश्वासलाई सुदृढ पार्ने सीले बताएका छन्। 

 विभिन्न क्षेत्रमा दुई मुलुकको पारस्परिक हितयुक्त सहयोगलाई विस्तार गर्ने र सबल पार्ने आशा पनि राष्ट्राध्यक्ष सीले व्यक्त गरेका छन्। रासस 

प्रकाशित मिति: : 2021-06-21 21:52:00

प्रतिकृया दिनुहोस्