मोरङको उर्लाबारीका मुक्तिप्रकाश न्यौपानेले नेपाली काँग्रेस उर्लाबारी नगरको सभापति पदमा उम्मेद्वारी दिने भएका छन्। न्यौपानेको उम्मेद्वारी घोषणाले युवा पुस्तामा आसा जगाएको छ, भने पुरानो पुस्ताले भरोसा पाउने अपेक्षा गरिएको छ। १४ औं महाधिवेशन नजिकीदै गर्दा वडादेखि केन्द्र सम्मको नेतृत्व लिन नेताहरू बीच प्रतिस्पर्धा सुरु भएको हो।
न्यौपाने नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा उदाएका काङ्ग्रेस कार्यकर्ता हुन। काङ्ग्रेस र गैर काङ्ग्रेसमा पनि उत्तिकै लोकप्रियता कमाएका ४५ वर्षीय न्यौपाने २०४६ सालपछि राजनीतिमा प्रवेश गरे पनि पटक–पटक राजकाज मुद्धामा थुना परे। काँग्रेसमा पारिवारिक विरासत र आशीर्वादको राजनीति टिक्ने गरेको छ। तर, न्यौपाने त्यस्ता राजनीतिक कार्यकर्ता हुन, जसलाई न कुनै विरासत जोगाउनु छ। न आशीर्वाद लिएर राजनीतिमा आउनु छ। न्यौपाने नेवि सङ्घको मोरङ जिल्ला सभापति निर्वाचित भए। काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला मुलुकको प्रधानमन्त्री समेत रहेका बेला नेवि सङ्घको सभापति बनेका न्यौपाने राजनीतिबाट बिचलित भएर कुनै जागिरमा जान सक्थे। बिदेश जान्छु भन्दा कोइरालाले नाई भन्ने अवस्था थिएन। तर न्यौपाने न जागिरमा लोभिए। न बिदेश भासिए।
प्रजातान्त्रिक समाजवादको स्थायी कार्यकर्ता बनेर उनी सधै आन्दोलनको मोर्चामा सहभागि भए। राजाले प्रजातन्त्र खोसेर निरंकुश शासनको अभ्यास थालेपछि कांग्रेसले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गर्याे। न खाने टुङ्गो न बस्ने बासको ब्यवस्था। न्यौपाने पनि काठमाडौं नै हानिए। संसद पुनस्र्थापनाको एक सुत्रीय मागसहित आन्दोलनमा उत्रिएका कांग्रेस सहितका सात दलले काठमाडौंमा जुलुस निकाल्दा धेरै मानिसहरू रत्नपार्कमा उभिएर हाँस्थे। न्यौपाने सम्झिछन्– सुरु सुरुका दिनमा आन्दोलनमा निस्किने कार्यकर्ता औंंलामा गन्न सकिन्थ्यो। सात दलको आन्दोलनमा मुस्किलले सय जना उपस्थित हुँदा पनि न्यौपाने अग्रभागमा नेवि सङ्घको झण्डा सहित देखिए। काठमाडौं केन्द्रीत आन्दोलनका क्रममा तत्कालिन एमाले आधा प्रतिगमन सच्चिएको भन्दै सरकारमा गयो। तर, काँग्रेस सडकमै थियो। एमाले सरकारमा गएपछि आन्दोलन तुहाउन धेरै प्रयास भए। यद्यपि काँग्रेसको आन्दोलन थाकेन। न्यौपाने जस्तै नेवि सङ्घका युवाकोहरू बल र गिरिजाप्रसाद कोइराला जस्ता नेताहरूको सफल नेतृत्वले आन्दोलन सफल भयो। तर, आन्दोलन सफल भएपछि त्यसको ‘तर’ खानेमा न्यौपानेका नाम आएन। भन्छन्– आन्दोलनका क्रममा मानव बधशाला नामले परिचित महाराजगञ्ज प्रहरी गुल्ममा लगेर म लगायतका नेतालाई थुन्यो। ५ दिन सम्म नजबन्दमा रहँदा बाँचिएला भन्ने आश थिएन। जब आन्दोलनले गणतन्त्रलाई संस्थागत गर्याे। त्यसबेला गिरिजाप्रसाद कोइरालासँग धेरै मानिसहरू भित्रिया भइसकेको थिए।
न्यौपाने ‘ग्रासरुट’बाट आएका कार्यकर्तालाई पार्टीमा टिक्न कठिन भएको बताउछन्। नेवि सङ्घको जिल्ला सभापति भएपछि बिराटनगर बस्नु भएका न्यौपानेलाई केहीले बिराटनगरबासीको संज्ञा दिए। केहीले पाहुना सम्म भन्न भ्याए। तर, न्यौपाने पार्टी संगठनका क्रममा बिराटनगर बस्नु बाध्यता भएको बताउछन्। त्यसो त मुक्तिप्रकाशले नेतृत्वको मोर्चा सम्हान लागेको यो पहिलो पटक भने होइन। विद्यालय पढ्दै नेविसङ्घको नेता बने। सम्झन्छन्– सुनपकुवा मा.वि मङ्गलबारेमा माध्यमिक तहको अध्ययन गर्दै गर्दा नेवि सङ्घ इकाईको सचिव थिएँ। नेविसङ्घको क्षेत्रीय सदस्य हुँदै क्षेत्रीय सभापति भएँ। जिल्ला सभापति पनि कठिन समयमा भएर काम गरेको छु। उनले अब उर्लाबारी काँग्रेस सभापति बन्ने लक्ष्य राखेको सुनाए। सानै उमेरदेखि प्रजातान्त्रिक समाजवाद प्रति आकर्षित भएका न्यौपाने राजनीतिलाई पैसा कमाउने पेशाका रुपमा लिनु नहुने बताउछन्। केही नेताहरू पार्टी संगठन जे सुकै होस पैसा कमाउन पाए भयो भन्ने मानसिकताबाट ग्रसित छन्। रुख चिन्हबाट मत पाएर जिते पनि आफ्नो बलले जितेको बुझ्नेहरू पनि कम छैनन्। तर ,न्यौपाने काँग्रेस प्रति जिम्मेवार भइरहने प्रतिवद्धता ब्यक्त गर्छन।
चुनावमा के एजेण्डा लिएर जानु हुन्छ भन्ने जिज्ञासामा न्यौपाने थप्छन्– समानुपातिक प्रतिनिधित्व संविधानमा ब्यवस्था भयो। न दुई तिहाई नजिकको सरकारले त्यो कार्यान्वयन गर्न सक्यो न प्रतिपक्ष बोल्यो। अब हाम्रो पुस्ताको जिम्मेवारी भनेको संविधान कार्यान्वयन गर्ने हो। स्वास्थ्य र शिक्षाको पहुँच पनि संविधानमा मात्र छ। ब्यवहारमा छैन्। कालोपत्रे मात्र बिकास हो भन्ने बुझाईबाट माथि उठेर मानव संसाधनका क्षेत्रमा काम गर्नुपर्याे। तथ्याङ्कमा देखिने विकासले हाम्रो पुस्ता निरास भइसक्यो। पार्टीमा एक ब्यक्ति एक पदको अवधारणा विकास गर्नुपर्ने अहिलेको आवश्यता भएको छ। न्यौपाने पार्टी भित्रको गुटगत नेतृत्वको अन्त्य होस् भन्ने चाहाना राख्छन्। चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ भन्ने जिज्ञासामा उनले भने– पार्टीमा योगदानको कदर हुनुपर्याे। धनवाद, डनवादको अन्त्य हुनुपर्याे। पाखुराको राजनीति अन्त्य भई विचारको राजनीति भयो भने मलाई जीतबाट कसैले रोक्न सक्दैन।
मुक्ति प्रसाद न्यौपाने लाई म उर्लावारी क्याम्पस अध्यायन कै क्रमदेखि चिन्दछु। शाहसिक ,निडर स्वभावको मुक्तिले ने बि संघको राजनीति गर्दै गर्दा बहुत दुख भोगेको मैंले देखेको छु। मुक्ति प्रसाद जस्ता युवाहरु पार्टीमा आउनु पर्छ भन्ने मान्यता ऊर्लावारी का कांग्रेसजनले बुझेर नगर सभापति बनाउनुहोस्। जितको लागि शुभकामना मुक्ति जी।।।