कर्णालीकाे 'एमबीबीएस' सपना 

Breaknlinks
Breaknlinks

कुनैबेला जिल्ला र अञ्चल अस्तपतालसमेत अहेब र स्वास्थ्य चाैकीहरु कार्यालय सहयाेगीले धानेका खबर आउने कर्णालीकाे स्वास्थ्य सेवामा उल्लेख सुधार भएकाे छ।

विशेषगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे स्थापना भएपछि विशेषज्ञ चिकित्सकहरुमार्फत् उपचार पाउँदा नागिरकका स्वास्थ समस्याहरु हल हुन थाले।

पछिल्लो समय साविककाे कर्णालीका पाँच जिल्ला र आसपासका जिल्लाहरुमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ सेवा दिदै आएकाे छ।

काेराेना माहामारीकाे पहिलाे र दाेस्राे चरणमा स्वास्थ्य सेवामा उल्लेख्य सुधार गरेकाे प्रतिष्ठानमा यसै शैक्षिक सत्रदेखि एमबिबिएस कार्यक्रम सुरु हुँदैछ। जसले कर्णालीमा चाैतर्फी खुसियाली छाएकाे छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा यसै शैक्षिक शत्रदेखि एमबीबीएस कार्यक्रम सुरु हुने भएपछि शिक्षाध्यक्ष निरेश थापा कर्णालीकाे ठूलाे सपना पूरा भएकाे बताउछन्।

चिकित्सा शिक्षा आयोगले जुम्लामा एमबीबीएस लगायतका कार्यक्रमका लागि २० सिट निर्धारण गरेसँगै कर्णालीमा खुसियाली छाएकाे छ भने एमबिबिएस कार्यक्रमलाई कर्णालीकाे सपनासँग जाेड्न थालिएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा यसै शैक्षिक शत्रदेखि एमबीबीएस कार्यक्रम सुरु हुने भएपछि शिक्षाध्यक्ष निरेश थापा कर्णालीकाे ठूलाे सपना पूरा भएकाे बताउछन्।

'कर्णालीको कोसेढुङ्गा, बहुप्रतिक्षित एमबीबीएस लगायतका कार्यक्रम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संचालनमा आउँदैछन्,' उनले भने, 'एमबीबीएस अध्यापनले कर्णालीकाे परिभाषा बदलिनेछ। प्रतिष्ठान परिवार तथा सम्पूर्ण कर्णालीबासीलाई विशेष बधाई!'

प्रतिष्ठान याे अवस्थासम्म आइपुग्न निकै संघर्ष गर्नु परेकाे कर्णाली प्रदेशसभा सांसद नरेश भण्डारीकाे अनुभव छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे स्थापना कालदेखि नै उपचार, उत्पादन र अनुसन्धानकाे लक्ष्य रहेकाे उनले बताए।

'एउटा विश्वाविद्यालयस्तरकाे संस्था स्थापना हुँदा पनि कर्णालीमा विशेषज्ञ चिकित्सक जान मान्दैनन्, प्राध्यापकहरु जान मान्दैनन्, एमबिबिएस चल्न सक्दैन लगायतका भ्रम छर्ने काम नभएका हाेइनन्,' उनले भने, 'केन्द्रीकृत मानसिकताले निर्माण गरेकाे धारणा चिर्न हामीलाई अथक संघर्ष गर्नु पर्‍याे। परिणाम प्रतिष्ठान एक खुड्किलाे माथि चढ्न सफल भएको छ।'

उनका अनुसार कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानकाे लक्ष्य विकट बस्तीमा उपचार गराउने, त्यहीँबाट जनशक्ति उत्पादन गर्ने र अध्ययन अनुसन्धान गर्ने वातावरण मिलाउनु थियाे। तर सुगममा बसेर स्वास्थ्य जस्ताे संवेदनशील विषयमा पनि व्यापार गर्न खाेज्ने मानसिकताका कारण प्रतिष्ठानले स्वभाविक गति लिन सकेन।

यसलाई चुनाैती दिने काममा प्रमुख भूमिकामा रहे चिकित्सा क्षेत्र सुधारका लागि अनवरत रुपमा संघर्ष गरिरहेका डा. गाेविन्द केसी।  जुम्लामा एमबिबिएस संचालन हुनु हुँदैन भनेर केन्द्रका डाक्टरहरु नै क्याम्पेनिङमा लागेकाे बेला उनले १५ औं र १८ औं सत्याग्रह जुम्लामै गरेर मेडिकल शिक्षालाई विकेन्द्रीकरण गराउन अतुलनीय याेगदान दिए।

जसले मडिकल माफिया, व्यापारी र सत्तारूढ दल र उनीहरुको मानसिकतामा ढ्याङ्ग्राे ठाेक्ने काम गरेर प्रतिष्ठानमा एमबिबिएस स्थापनाकाे ढाेका खाेलेकाे डा. केसीकाे सत्याग्रह व्यवस्थापनपनमा लागेका युवा महेन्द्र कार्कीले बताए।

'इतिहासमा सिंजा राज्यको हार भए पनि वर्तमानमा जित भएकाे छ। अधिकार मागेर होइन खोसेर लिन पनि कर्णालीबासीले जानेका छन् भनी सबैले बुझ्न विलम्ब गर्नु भएन।'

'हामी सबैले डा. केसीलाई धन्यवाद दिनै पर्छ। साथै जुम्ली जनता, जुम्ली पत्रकार, नागरिक समाज, एकल महिला सञ्जाल, कर्णाली स्वास्थ्य प्रतिष्ठानका विद्यार्थी, कर्मचारी प्राध्यापक, डाक्टर सबैकाे उल्लेख्य भूमिका छ,' उनले भने, 'जुम्लामा डा. केसीको १५ औं र १८ औं सत्याग्रह कर्णालीका जनताको मुक्तिको लागि भइरहँदा सिमित व्यक्तिले राजनीतिकरण गरी विफल पार्न लागिपरेको तथ्य हामीमाझ ताजै छ। तर आज उनकाे माग पूरा भएकाे छ।'

उनले प्रतिष्ठानमा एमबिबिएस पढाइ हुने भएपछि यसलाई कर्णालीबासीको जित मानेका छन्। उनले भने, 'इतिहासमा सिंजा राज्यको हार भए पनि वर्तमानमा जित भएकाे छ। अधिकार मागेर होइन खोसेर लिन पनि कर्णालीबासीले जानेका छन् भनी सबैले बुझ्न विलम्ब गर्नु भएन।'

उसाे त कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानकाे ऐन २०६८ मै चिकित्सा शिक्षामा स्नातक र स्नातकोत्तर तहकाे अध्यापन गराउने उल्लेख छ। तर सरकारकाे विभेदकारी नीतिका कारण ढिलाइ भएकाे सांसद भण्डारीकाे भनाइ छ।

'चिकित्सा शिक्षा अध्यापनकाे सुरुवाती याेजना अनुरुप नै तीन सय बेडकाे अस्पताल संचालनमा आएकाे हाे,' उनले भने, 'तीन सय बेडकाे अस्पताल संचालनमा आएकाे तीन वर्षमा पढाई सुरु गर्न पाइन्छ।'

तीन सय बेडकाे अस्पताल उद्घाटनकाे क्रममा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवासँगै जुम्ला पुगेका भण्डारीले भनेका थिए, 'सेताे हिउँमा, सेता एप्राेन लगाउने डाक्डर उत्पादन गर्ने प्रतिष्ठानकाे लक्ष्य हाे।' चिकित्सा शिक्षा आयाेगकाे पछिल्लो निर्णयले उनकाे याे भनाइले पूर्णता पाउने भएकाे छ।

एमबिबिएस संचालका लागि तयारी अवस्थामा प्रतिष्ठान 

लामाे समयदेखि एमबिबिएस अध्यापनकाे तयारी थालेकाे प्रतिष्ठान चिकित्सा शिक्षा आयाेगकाे अनुमति कुरिरहेकाे थियाे। गत चैत महिनामा आयोगको टोली जुम्लामा पुगेर एमबीबीएस पठनपाठनका लागि चाहिने आवश्यक सबै तयारीको अनुगमन गरेपछि आयाेगले अनुमति दिने निर्णय गर्‍याे।

हाल प्रतिष्ठानकाे जनशक्ति र भाैतिक पुर्वाधार एमबिबिएस संचालनका लागि तयारी अवस्थामा रहेकाे देखिन्छ।

जनशक्ति व्यवस्थापन

प्रतिष्ठानका शिक्षाध्यक्ष निरेश थापाका अनुसार एमबीबीएस कार्यक्रमको लागि लगभग ८० प्रतिशत जनशक्ति व्यवस्थापन भइसकेको छ। 

'प्रतिष्ठानका २२ वटा विभागमा कम्तीमा तीन जनाका दरले प्राध्यापक, सहप्राध्यापक र उप-प्राध्यापक कार्यरत हुनुहुन्छ,' उनले भने, 'केही विभागमा जनशक्ति अभाव छ र थप्नुपर्ने छ।'

५० जना विद्यार्थीका लागि एक विभागमा कम्तीमा तीन जना जनशक्ति चाहिने हुनाले त्यही अनुरुपकाे तयारी प्रतिष्ठानले गरेकाे उनले थपे। केही विभागमा चाहिने भन्दा बढी जनशक्ति पनि छ। जसले जिल्ला बाहिर हेल्थ क्याम्प संचालनमा सहज हुँदै आएकाे छ।

भाैतिक संरचना

प्रतिष्ठानमा हालकाे भाैतिक संरचनाले एमबिबिएस लगायत अन्य कार्यक्रम धान्न गाह्राे छ। तर अल्पकालीन, मध्यकालीन र दिर्घकालिन याेजना बनाई व्यवस्थापन गरिसकिएको शिक्षाध्यक्ष थापाले बताए।

'हामीले अल्पकालीन, मध्यकालीन र दिर्घकालीन याेजना बनाई भाैतिक संरचना व्यवस्थापनमा जाेड दिएका छाैं,' उनले भने।

उनले भनेकाे अल्पकालीन याेजनाअन्तर्गत प्रतिष्ठानमा रहेका हालका कक्षाकाेठाकाे राम्राे व्यवस्थापन गरिएकाे छ। जुम्ला बहुमुखी क्याम्पससँग सहकार्य गरि काेठा थप गर्ने काम यसअघि सम्पन्न भइसकेको छ भने निर्माण व्यवसायी संघकाे हल भाडामा लिएर बेसिक ल्याब सञ्चलानकाे तयारी पूरा गरिएको छ।

दिर्घकालीन याेजनाअनुरुप अध्ययन-अध्यापनकाे लागि जग्गा प्राप्त भइसकेकाे हुनालाे जुम्लाकाे चेरे चाैरमा तयारी भइरहेको छ।

मध्यकालीन याेजनाअन्तर्गत अस्पताल हाताभित्र छ तलाकाे ठुलाे भवन बन्दैछ। जहाँ तीस वटा कक्षाकाेठा, एउटा लाइब्रेरी, क्यान्टिन, परीक्षा हल, सेमिनार हल, स्किल ल्याब, एक्जाेकेटिभ र विभागहरु समेतको तयारी भइरहेको छ।

दिर्घकालीन याेजनाअनुरुप अध्ययन-अध्यापनकाे लागि जग्गा प्राप्त भइसकेकाे हुनालाे जुम्लाकाे चेरे चाैरमा तयारी भइरहेको छ। ती संरचना खडा भएकाे खण्डमा अब बन्न लागेकाे छ तलाकाे भवनलाई त्यसबेला आवासीय भवन बनाउने याेजना छ।

राम्रा स्कुल नहुँदा समस्या

कर्णालीका कक्षा ११ र १२ मा विज्ञान विषयकाे पढाई हुने राम्रा कलेजहरु छैनन्। जसले गर्दा भाेलीका दिनहरुका डाक्टर पढ्ने कर्णालीकै विद्यार्थीहरुले हुने सम्भावना कम छ। कक्षा ११, १२ विज्ञान पढाउने स्कुल संचालनमा जाेड दिनुपर्ने सांसद भण्डारीकाे तर्क छ।

तथापि काठमाडाैं लगायत अन्य जिल्लामा अध्ययन गरिरहेका कर्णालीकै विद्यार्थीले घरमा आमाले पकाएकाे खाना खाएर डाक्टरी पढाइ सकाउनेछन्।

प्रतिष्ठानमा झन्डै चार पाँच सय शिक्षक, प्राध्यापक र कर्मचारी कार्यरत हुँदा उनीहरुका बाल-बच्चाकाे लागि राम्रा स्कुल हुनु जरुरी हुनेछ।

'राम्राे पढाइ हुने स्कुल नभएकाे खण्डमा जनशक्ति टिकाउन केही समस्या हुन सक्छ। आफ्ना बालबालिकालाई राम्राे शिक्षा-दिक्षा दिन पनि जिल्ला छाेड्नुपर्ने हुनसक्छ,' शिक्षाध्यक्ष थापाले भने, 'यी विषयलाई चुनाैतीकाे रुपमा बुझी सराेकारवालाहरुले अहिलेदेखि नै साेच्नुपर्नुे हुन्छ।'

प्रतिष्ठानले एमबीबीएस कार्यक्रम सुरु गरेपछि अबकाे दुई वर्षमा कर्णालीका सबै स्थानीय तहमा जनताकाे सेवा गर्न डाक्टरी अध्ययन गरिरहेका विद्यार्थी र प्रफेसर जानेछन्। जुम्ला बाहेकका जिल्लामा रहेकाे जिल्ला अस्पतालहरुका विद्यार्थी र प्राध्यापकहरुले सेवा दिनेछन्। जसले ती अस्पतालकाे स्तरउन्नतीमा सघाउ पुग्नेछ।

प्रतिष्ठानका कारण कर्णालीका जनताले स्तरीय स्वास्थ्य सेवाकाे लाभ लिइरहेका छन्। एमबिबिएस लगायतका कार्यक्रम संचालन हुँदा कर्णाली स्वास्थ्य शिक्षाका हिसाबले निकै अगाडि बढ्ने र कर्णालीकाे परिचयसमेत बदलिने सांसाद भण्डारीकाे  विश्वास छ। 

प्रकाशित मिति: : 2021-06-19 07:41:00

प्रतिकृया दिनुहोस्