'एक्स-९' मा अनमाेलसँगै बलिउड अभिनेता सुनिल शेट्टी पनि देखिँदै

निर्देशक मुकुन्द भट्टले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘एक्स ९-लेभल १’ सुरुदेखि नै चर्चामा छ।

सोही चलचित्रको लागि नायक अनमोल केसीले ७५ लाख पारिश्रमिक लिएको समाचार पनि चर्चामा थियो। 

यतिबेला फेरि चलचित्रमा बलिउड अभिनेता सुनिल शेट्टिलाई भित्राउन लागेको समाचार चर्चामा आएको छ। चलचित्रमा शेट्टिले खलनायकको चरित्र निभाउँने बताइएको छ।

करिब एक महिना अगाडि शेट्टीसँग फिल्मको बारेमा कुराकानी भएको निर्देशक भट्टले बताएका छन्। भट्टले भनेका छन्, 'उहाँले दिनको हिसाबले पारिश्रमिक लिने हुँदा एक हप्तामा उहाँको सम्पूर्ण दृश्य खिच्ने छौँ।’

एक हप्तामा सुनिल शेट्टीलाई करिब ४० लाख पारिश्रमिक तिर्नुपर्नेछ। तिहारपछि छायांकन सुरु हुने फिल्मका लागि उनी नेपाल नै आउनेछन्।

प्रकाशित मिति: : 2021-06-17 06:30:00

प्रतिकृया दिनुहोस्