कोरोना अपडेटः २८२८ जनामा संक्रमण, ५२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार ८२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ६८७ नमुना पीसीआर परीक्षण र ४ हजार ३३५ एन्टीजेन परीक्षण गर्दा २ हजार ८२८ जनामा सङ्क्रमण पुष्टि भएको हो।

यस्तै ३ हजार ८२ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा कोरोनाबाट ५२ जनाको मृत्यु भएको छ। योसहित कूल मृत्यु हुनेको सङ्ख्यामा ८ हजार ५५८ जना पुगेको छ।

प्रकाशित मिति: : 2021-06-16 16:48:00

प्रतिकृया दिनुहोस्