नेपाली युवालाई प्रयोग गर्दै नेपाल-चीन व्यापार कब्जा गर्ने चिनियाँ व्यापारीको रणनीति

काठमाडौं, असार १ : चीनतर्फ बस्ने नेपालीभाषी व्यापारीहरूले चिनियाँ सरकारी अधिकारीको समेत मिलेमतोमा रसुवागढी नाकाबाट हुने व्यापार कब्जा गर्न खोजेको खुलेको छ।

‘रसुवा पोर्ट म्यानेजमेन्ट कमिटी’ नाममा गैरकानूनी संरचना खडा गरेर भइरहेको उक्त प्रयासमा जिलोङ पोर्ट म्यानेजमेन्ट कमिटीका ‘एडमिनिस्ट्रेटिभ हेड’ दा चुनले विशेष चासो दिँदै कार्यान्वयन गर्न नेपाली पक्षलाई दबाब तीव्र बनाएको स्रोतले जनाएको छ। स्रोतका अनुसार नेपालतर्फका निरिह युवालाई प्रयोग गरेर चीनतर्फका व्यापारीले रसुवागढीको व्यापार कब्जा गर्ने प्रयास गरिरहेका छन्।

उक्त फर्जी कमिटीले जिलोङ पोर्ट म्यानेजमेन्ट कमिटीलाई प्रस्ताव पठाएको खुलेको छ। र, सोहीअनुसार जिलोङ पोर्ट म्यानेजमेन्ट कमिटीले सम्झौतासमेत गरेको छ।

चीनतर्फको भन्सारलाई पनि यसबारे जानकारी छैन। खासगरी, जिलोङ पोर्ट म्यानेजमेन्ट कमिटीका ‘एडमिनिस्ट्रेटिभ हेड’ दा चुनकै यसमा खास चासो देखिन्छ। कोरोना जोखिमको बहाना बनाएर मानिसको सम्पर्क नहुने गरी काम अगाडि बढाउन उनले दबाब दिइरहेको स्रोतको भनाइ छ।

प्रकाशित मिति: : 2021-06-15 19:39:00

प्रतिकृया दिनुहोस्