मुम्बईमा प्रहरी ‘इनिस्पेक्टर’ नै बलात्कृत, प्रेमीसहित तीन जना फरार

Photo - India
Photo - India

भारतको आर्थिक राजधानी मुम्बईस्थित एक प्रहरी चौकीमा महिला प्रहरी बलात्कृत भएको घटना बाहिर आएको छ।

मेघवाडी प्रहरी चौकीमा कार्यरत महिला प्रहरी सहायक निरीक्षक (एसिस्टेन्ट इनिस्पेक्टर) लाई बलात्कार गरेको आरोपमा तीन युवाविरुद्ध उजरी दर्ता गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

विवाह गर्ने बहानामा महिला ‘एसिस्टेन्ट इनिस्पेक्टर’माथि बलात्कार र ब्ल्याकमेलको लागि अश्लील भिडियो बनाएको प्रहरीले जानकारी दिएको छ। बलात्कारको आरोपमा उजुरी परेका युवक ‘एसिस्टेन्ट इनिस्पेक्टर’का प्रेमी हुन्।

औरंगावादका आरोपी युवक र ‘एसिस्टेन्ट इनिस्पेक्टर’ सामाजिक सञ्जालमार्फत् जोडिएका थिए। उनीहरु फेसबुक कुराकानीको क्रममा चिनापरिचयपछि प्रेम सम्बन्ध समेत रहेको पीडित प्रहरी असईले बताएकी छन्।

युवक पछिल्लो साता प्रेमिका ‘एसिस्टेन्ट इनिस्पेक्टर’सँग भेट्न मुम्बईको पवई आइ र विवाह गर्ने बाचापछि सँगै बसेको प्रहरी असईले स्वीकार गरेकी छन्।

‘एसिस्टेन्ट इनिस्पेक्टर’का प्रेमीले सम्बन्धका क्रममा अश्लील भिडियो कैद गरेका थिए। लगतै युवकले आफ्ना साथीलाई भिडियोमार्फत् पटकपटक ब्ल्याकमेल गरेपछि युवतीले उजुरी दर्ता गरेकी थिइन्।

प्रेमीको योजनामा आफू पटकपटक बलात्कार तथा ब्ल्याकमेलको शिकार भएको ‘एसिस्टेन्ट इनिस्पेक्टर’ले गुनासो गरिन्।

मुम्बईको मेघवाडी प्रहरी चौकीमा भारतीय दण्ड र आईटी संहिता अन्तर्गत कारबाहीका लागि एफआईआर दर्ज भएको एनडीटिभीले जनाएको छ।

प्रहरी सहायक निरीक्षकलाई बलात्कार गरेको तीन आरोपी हालसम्म फरार रहेका छन्।

प्रकाशित मिति: : 2021-06-15 11:47:00

प्रतिकृया दिनुहोस्