चीनद्धारा अफगानिस्तानलाई कोरोना विरुद्धको खोप हस्तान्तरण  

File photo
File photo

चीनले दक्षिण एसियाको एक द्धन्द्धग्रस्त देश  अफअगानिस्तनलाई कोरोना विरुद्धको खोप सहयोग गरेको छ। 

आइतबार अफगानिस्तानको राजधानी काबुलस्थित अफगानिस्तानका राष्ट्रपति मोहमद असरफ घानीको कार्यालयमा आयोजना गरिएको एक समारोहमा सो खोप हस्तान्तरण गरिएको बताइएको थियो।

आइतबार आयोजना गरिएको सो समारोहमा अफगानिस्तानका स्वास्थ्यमन्त्री, त्यहाँका उच्च अधिकारीहरुका साथै अफगानिस्तानमा रहेका चिनियाँ नागरिक पनि उपस्थित रहेका बताइएको छ।

अफगानिस्तानका लागि चिनियाँ राजदूत वाङ युले सो खोप अफगानिस्तानको सरकारका स्वास्थ्य मन्त्री र प्रतिनिधिहरुलाई हस्तान्तरण गरेको बताइएको छ।
 
त्यस समारोहमा अफगान राष्ट्रपति घानीले चीन सरकारले अफगानिस्तानका नागरिकलाई एक महत्वपूर्ण उपहार दिएको बताएका थिए। राष्ट्रपति घानीले अफगानिस्तानलाई यस्तो संकट परेका बेलामा गरेको सहयोग सधैँ सम्झनामा राखिराख्ने बताएका थिए।

उनले विगतमा पनि समस्यामा परेका समयमा चीनले आफूहरुलाई धेरै सहयोग गर्दै आएको बताउँदै यसबाट अफगानिस्तान र चीनबीचमा राम्रो र सुमधुर सम्बन्ध रही आएको प्रमाणित हुने पनि बताएका थिए।

त्यस समारोहमा चिनियाँ राजदूत युले आगामी दिनमा पनि चीनले अफगानिस्तानलाई सहयोग निरन्तर राख्ने जानकारी दिए। उनले कोरोना भाइरसका विरुद्धमा लड्नका लागि चीनले अफगानिस्तानलाई सहयोग जारी राख्ने बताएका थिए।

सो समारोहमा चीनले अफगानिस्तानलाई कति मात्रामा खोप दिएको थियो भन्ने बारेमा भने उल्लेख गरिएको छैन। रासस 
 

प्रकाशित मिति: : 2021-06-14 13:52:00

प्रतिकृया दिनुहोस्