करिश्मा, उषा र रेजिनाद्वारा निशालाई आर्थिक सहयोग 

अभिनेत्री करिश्मा मानन्धर र रेजिना उप्रेतीले अभिनेत्री तथा मोडल निशा घिमिरेलाई आर्थिक सहयोग गरेका छन्। 

अभिनेत्रीहरुले शनिबार निशा बस्दै आएको घरमै पुगेर उनका पितालाई ३५ हजार सहयोग गरेका हुन्। जसमा करिश्माले २५ हजार र रेजिनाले १० हजार दिएका हुन्।  

तीन वर्ष अगाडि अभिनयमा डिप्लोमा गर्न भारत गएको दुई महिनामा सवारी दुर्घटनामा परेर ‘ब्रेन इञ्जुरी’ भएकी निशाका लागि विभिन्न सहयोगी हातहरु जुट्न थालेका छन्। 

उनलाई चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले सहयोग स्वरुप ५१ हजार प्रदान गर्ने निर्णय गरेको थियो। त्यसै गरी अमेरिकामा बस्दै आएकी अभिनेत्री उषा पौडेलले समेत उपचारका लागि २२ हजार सहयोग गरेको  कलाकार संघले जनाएको छ। हालै उनको उपचार नर्भिक अस्पतालमा भइरहेको छ। 

प्रकाशित मिति: : 2021-06-13 18:45:00

प्रतिकृया दिनुहोस्