गण्डकीमा सरकार गठनका लागि दिएको २४ घण्टे अल्टिमेटम सकियो

प्रदेश प्रमुखले अझै बोलाइनन् 

गण्डकीमा नयाँ सरकार गठनका लागि दिएको समय सिमा सकिए पनि प्रदेश प्रमुखले विपक्षी गठबन्धनलाई बोलाएकी छैनन्।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार दिउँसो ३ बजेसम्मको समय दिएर नयाँ सरकार गठनको लागि आह्वान गरेकी थिइन्।

विपक्षी गठबन्धनले प्रदेश प्रमुखले नयाँ सरकारको लागि आह्वान गरेलगत्तै विपक्षी गठबन्धन प्रदेश प्रमुख कहाँ पुगेका थिए। समय सिमा सकिँदा समेत प्रदेश प्रमुखले आफुहरुलाई नबोलाएको विपक्षी गठबन्धनका सांसद दीपक कोइरालाले बताए।

'अझैसम्म बोलाइएको छैन। हामी कुरि रहेका छौं,' उनले भने। विपक्षी गठबन्धनका ३१ सांसदले हिजै सशरीर उपस्थित भएर हस्ताक्षर बुझाई सकेका छन्।

समय सिमा सकिन लाग्दा पनि नयाँ सरकार गठनबारे अत्तोपत्तो छैन। विपक्षी गठबन्धन प्रदेश प्रमुखको खबर कुरेर अहिले सांग्रीला रिसोर्टमा बसिरहेको छ।

प्रकाशित मिति: : 2021-06-12 15:02:00

प्रतिकृया दिनुहोस्