सामान्य कथावस्तुमा बनेको फिल्म ‘राधे’

Breaknlinks
Breaknlinks

हिन्दी सिनेमाका दर्शकका लागि सलमान खान ‘बिग स्टार’ हुन्।

अमेरिकामा भाषा नबुझे पनि उनको सिनेमा हेर्ने विदेशीको संख्या ठूलो छ। करिब एक महिनाअघि नेट्फ़्लिक्समा रिलिज उनको नयाँ सिनेमा ‘राधे: योर मोस्ट वान्टेड भाई’ सत प्रतिशत मसला हिन्दी सिनेमा जस्तै छ।

कथाको बारेमा सामान्य आंकलन गर्न सकिने भए पनि खानका विसुद्ध फ्यानले पक्कै हेर्ने यो सिनेमा ‘ड्रग कार्टेलिंङ माफिया’ र साहसी प्रहरी अधिकारीको संघर्षको कथामा आधारित छ।

यो सिनेमा सन् २००९ मा रिलिज भएको खान कै प्रभु देवा निर्देशित सिनेमा ‘वान्टेड’, जो तामिल सिनेमा ‘पोकरी’ को रिमेक थियो। यसको सिक्वेल हो।

सिनेमामा कथा अनुसार लागु पदार्थको तस्कर राणा (रणदीप हुड्डा) ले मुम्बई शहरलाई पूर्ण रुपले लागु पदार्थ दुर्व्यसनीको शहर बनाउन सफल भएका छन्। उनको यो जालोलाई खतम पार्न एक साहसी प्रहरी अधिकारी र ‘इनकाउण्टर स्पेसलिस्ट’ राधे (सलमान खान) लाई नियुक्त गरिन्छ।

राधे आफ्नो कामको साथै आफ्नै हाकिम (ज्याक्की श्राफ) को बैनी दिया (दिशा पाट्नी) सँग प्रेम पनि गरिरहेको हुन्छ, जो हरेक हिन्दी सिनेमामा अनिवार्य छ।

सलमान खानको अभिनय हेर्न रुचाउने दर्शकले एकपटक हेर्दा मनोरन्जन हुने नै छ तर समीक्षकले भन्ने जस्तो उदेश्यपूर्ण सिनेमा भने होइन।

नायक खानको काम राणासँग एक्सन गर्ने र दियासँग प्रेम गर्नेछ। सिनेमामा ड्रामा, कमेडी, एक्सन, संगीत, नृत्य सबै एक से एक छ। निर्देशक प्रभु देवा आफै एक कुशल नर्तक भएको कारण पनि उनको सिनेमामा नृत्यको बिशेष भूमिका रहन्छ। त्यस्तै साजिद वाजिद र हिमेश रेसमिया द्वारा संगीतबद्द गीत कर्णप्रिय छन्।

अभिनयको कुरा गर्दा सबैभन्दा माथि रणदीप हुड्डा छन्। उनले सिनेमाको हरेक फ्रेममा आफूलाई खराब चरित्रको देखाउन सफल छन्। खानको अभिनय जस्तो भए पनि उनका दर्शकलाई कुनै खास फरक पर्दैन। उसैपनि उनी आफ्नै पुरानो शैलीमै छन्।

नायिका दिशा पाट्नीको काम केवल प्रेम गर्ने र नाच्ने मात्र हो। त्यसमा उनलाई निकै राम्रो गरि प्रस्तुत गरिएको छ। अन्य सहायक कलाकार ज्याक्की श्राफ, गोबिन्द नामदेब, गौतम गुलाटी आदि सामान्य छन्।

सिनेमाको द्वन्द निर्देशक अम्बरीब अर्थात् अम्बुमणी र अरिबुमणीको काम तारिफयोग्य छ। साथै सलमान खान को ‘बडी डबल’ अर्थात् उस्तै भएर ‘स्टन्ट’ गर्ने चाड ग्युरेरोको काम पनि तारिफयोग्य छ।

कूल मिलाएर यो सलमान खानको सिनेमा हो र यसमा प्रभु देवाको नृत्य पनि मिसिएको छ। त्यसैले सलमान खानको अभिनय हेर्न रुचाउने दर्शकले एकपटक हेर्दा मनोरन्जन हुने नै छ तर समीक्षकले भन्ने जस्तो उदेश्यपूर्ण सिनेमा भने होइन।

परम्परागत प्रकारको भए पनि पंक्तिकारलाई यो सिनेमा मनपर्यो तर हेर्नुपर्छ भनेर सिफारिस गर्ने किसिमको छैन। 
 

प्रकाशित मिति: : 2021-06-12 09:46:00

प्रतिकृया दिनुहोस्