पहुँचका भरमा १४ हजार खोप उमेर समूहबाहेकले लिए !

बाह्रखरी

काठमाडौं

काठमाडौं जिल्लामा ६० देखि ६४ वर्षका नागरिकलाई जेठ २५ गतेदेखि दिन सुरु गरिएको खोप अभियान लक्षित संख्याले नपाउँदै स्थगित भयो । काठमाडौं महानगरपालिकाले बिहीबार साँझ सूचना जारी गर्दै सरकारले खोप उपलब्ध गराउन नसकेपछि अभियान अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गरेको जानकारी गरायो । 

थप खोप उपलब्ध गराउन नसकिने जानकारी आएपछि महानगरको कार्यतालिकाभन्दा दुई दिनअघि नै अभियान स्थगित गर्नुपरेको महानगरका स्वास्थ्य विभाग प्रमुख हरि कुँवरले जानकारी दिए । महानगरको यही भनाइलाई काठमाडौं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख बद्रीबहादुर खड्काले पुष्टि गर्दै भने “पालिकाहरूमा खोपको दुरुपयोग भएपछि लक्षित वर्गलाई दिन नपाउँदै खोप सकियो ।”

प्रकाशित मिति: : 2021-06-11 10:51:00

प्रतिकृया दिनुहोस्