जे.बि.एस कम्पनीले आफ्नो अबरुद्ध कम्प्युटर सिस्टम सुचारु गर्न ह्याकरहरुलाई ११ करोड डलर दिएको स्वीकार

बिएल संवाददाता

वासिङटन, डिसि

अमेरिकामा गाईको मासु (बिफ) प्रसोधन र वितरण गर्ने सबैभन्दा ठुलो कम्पनी जे.बि.एस युएसएले आफू अबरुद्ध भएको कम्प्युटर सिस्टम पुनः सुचारु गर्न ह्याकरहरुलाई ११ करोड अमेरिकी डलर दिएको स्वीकार गरेको छ।

कोलोराडोको ग्रिलीमा रहेको कम्पनीको मुख्यालयबाट संचालित सिस्टम बुधबार अचानक खराबी आउँदा कम्पनीको सम्पूर्ण काम ठप्प भएको थियो।

कम्पनीका सीईओ आन्द्रे नुगुरियाले पत्रकारहरुलाई आफ्ना ग्राहकहरुलाई असुविधा नहोस भनेर रकम भुक्तान गरेको स्वीकार गरेका छन्।

उता फेडरल ब्युरो अफ इन्बेस्टिगेसन (एस बि आइ) ले साइबर सुरक्षा विशेषज्ञ हरुको सहयोगमा त्यही ह्याकरहरुको पहिचान भएको बताएको छ।

एफ.बि.आइ को अनुसन्धानमा यो साइबर हमलामा रुसको ह्याकर समूह रेबिल जिम्मेवार भएको बताए पनि रुसले यो आरोप लाई निराधार भन्दै अस्विकार गरेको छ।  कम्प्युटरले काम गर्न सजिलो भए पनि यस्ता साइबर हमलाहरु कम्पनीहरुको लागि ठुलो चुनौती भएको छ। 

प्रकाशित मिति: : 2021-06-10 16:42:00

प्रतिकृया दिनुहोस्