प्रदेश २: कांग्रेसलाई ३ र माओवादीलाई २ मन्त्रालय, आजै सपथ

प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउतले आज मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेका छन्।

जसपाको सरकारमा सहभागी हुन नेपाली काँग्रेस र जसपा बीच बुधबार २ बुँदे सहमती भएको छ।

राउतले जसपा महन्थ ठाकुर समूहका मन्त्रीलाई बर्खास्त गरेपछि नेपाली कांग्रेस र माओवादीलाई सरकारमा लैजाने सहमती भएको हाे।

मुख्यमन्त्री राउतले नेपाली कांग्रेसलाई ३ वटा र माओवादी केन्द्रलाई २ वटा मन्त्रालय दिएका छन्।

नयाँ मन्त्रीहरुको सपथ आजै साँझ साढे ७ बजे प्रदेश प्रमुखको कार्यालयमा हुने भएको छ।

सरकारमा कांग्रेस र माओवादी सहभागी हुने भएपछि मन्त्रालयको संख्या १० बनाइएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ६ वटा मन्त्रालयलाई फुटाएर १० वटा बनाउने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।

प्रदेश २ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उर्जा तथा सिचाई मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन तथा वन मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कानुन न्याय तथा प्रदेश सभा मन्त्रालय, वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय कायम गरिएको छ।

प्रकाशित मिति: : 2021-06-09 18:57:00

प्रतिकृया दिनुहोस्