कांग्रेस सचेतक कार्कीले भने, मुख्यमन्त्रीज्यू राजीनामा दिनुहोस् 

प्रदेश १ नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले जनतालाई बेवकुफ बनाउने काम नगर्नुस् भन्दै मुख्यमन्त्री शेरधन राईको राजीनामा माग गरेका छन्। बुधबार प्रदेशसभा बैठकमा विशेष समय लिएर उनले मुख्यमन्त्रीको राजीनामा माग गरे।

उनले मुख्यमन्त्री राई जनताप्रति जिम्मेवार हुन नसकेको, जनतालाई राहतको व्यवस्था गर्न नसकेको आरोप लगाए।

'जनताप्रति जिम्मेवार हुन सक्नुहुन्न भने मुख्यमन्त्रीज्यूले आफ्नै दलका अरु कसैलाई प्रस्ताव गर्नुहोस्। अलिक दिन फुर्सद हुनुहोस्, राजीनामा दिनुहोस्,’ उनले भने, ‘बहुमत छ, आफ्नै दलको अरु कसैलाई मुख्यमन्त्री बनाउनुहोस्। नभए दल सक्नु भो, नेकपा एमाले सक्नु भो, प्रदेशसभालाई बन्धक बनाउनु भयो, जनतालाई बेवकुफ बनाउने काम नगर्नुहोस्, प्रतिपक्षीलाई समेत मुछेर बेवकुफ नबनाउनुहोस्।’

'आफ्नै दलका अरु कसैलाई प्रस्ताव गर्नुहोस्। अलिक दिन फुर्सद हुनुहोस्, राजीनामा दिनुहोस्,’ उनले भने, ‘बहुमत छ, आफ्नै दलको अरु कसैलाई मुख्यमन्त्री बनाउनुहोस्। नभए दल सक्नु भो, नेकपा एमाले सक्नु भो, प्रदेशसभालाई बन्धक बनाउनु भयो, जनतालाई बेवकुफ बनाउने काम नगर्नुहोस्, प्रतिपक्षीलाई समेत मुछेर बेवकुफ नबनाउनुहोस्।’

 महामारीमा काम गर्न नसकेको सरकारले जनतालाई बेवकुफ बनाइरहेको उनको आरोप थियो।

प्रकाशित मिति: : 2021-06-09 14:04:00

प्रतिकृया दिनुहोस्