युएईले एकैदिन गर्‍यो दुई लाख नागरिकको कोरोना परीक्षण

Photo : Reuters
Photo : Reuters

युएईको स्वास्थ्य मन्त्रालयले एकैदिन दुई लाख नाै हजार २९ नागरिकको कोरोना परीक्षण गरेको छ।

युएईले अत्याधुनिक परीक्षण उपकरणमार्फत् कोरोना भाइरस संक्रमितकाे नतिजा छिट्टै पत्ता लगाउने गरी राष्ट्रिय अभियान थालेको छ। संक्रमित भेटिएलगतै आवश्यक उपचारका लागि देशव्यापी परीक्षण दायरा बढाउने उद्देश्य रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो अभियानसँगै मंगलबार २ हजार २ सय ५ नयाँ कोरोना संक्रमित फेला परेको स्वास्थ्य विभागले जनाएको छ। युएईमा कुल संक्रमितको संख्या ५ लाख ८७ हजार २ सय ४४ पुगेको छ।

संक्रमित हुने व्यक्तिहरु विभिन्न देशका नागरिक समेत छन्। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ। काेराेना बिरामीहरूकाे आवश्यकता अनुसार चिकित्सकहरूको व्यवस्था गरिरहेको मन्त्रालयले जनाएकाे छ।

युएई सरकारले स्वास्थ्य नियमको पालना गर्न सबै नागरिकमा आह्वान गरेको छ।

प्रकाशित मिति: : 2021-06-09 11:45:00

प्रतिकृया दिनुहोस्