भारतमा चट्याङ लागेर पाँच जनाको मृत्यु

भारतको झारखण्डमा चट्याङ लागेर मंगलबार पाँच जनाको मृत्यु भएको छ।

एक बालकसहित पाँच जनाको मृत्यु भएको स्थानीय समाचार माध्यमले जनाएका छन्। 

जिल्लाको मसलिया नजिकै कुञ्जबोना गाउँमा चट्याङ लागेर १० वर्षीय शिब शंकर मुर्मूको मृत्यु भएको छ। घटनास्थलमा केही युवा र बालबालिकाहरू समेत गम्भीर घाइते भएको स्थानीय महेश्वर महतोले बताएका छन्।

कौडिया गाउँमा २८ वर्षीय प्रवीण किस्कूको चट्याङबाटै मृत्यु भएको छ। रामगढको माण्डूमा गोसी गाउँमा सोही दिन तीन युवाले ज्यान गुमाएका छन्। 

चट्याङ लागेर १६ वर्षीय अभिषेक कुमार, १९ वर्षीय गौतमकुमार र १९ वर्षीय आलोक सन्घुको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार संस्था भाषाले जनाएको छ।

प्रकाशित मिति: : 2021-06-09 10:15:00

प्रतिकृया दिनुहोस्