मुम्बईको सपनाकासमा बल्दैछिन् विशाखा

आयोमेल

काठमाडौँ

गजेन्द्र बोहरा

कक्षा ७ पढ्दा स्कुलमा एउटा कार्यक्रमका लागि ‘नाटक’ देखाउने तयारी भइरहेको थियो। त्यसमा उनी पनि छानिइन्।

नाटकमा उनी ‘केटा’ बनिन्। अलि लजालु स्वभाव। मञ्चमा उनले ‘केटा’ को स्वभाव उतारिदिइन्। आज आएर त्यसको सुत्र सिकेकी छिन् उनले ‘आफूलाई बिर्सेर अरूको क्यारेक्टरमा घुस्नुपर्छ, अनिमात्रै हरेक अभिनय वास्तविक लाग्छन्।’

विशाखा थापा- भारतीय ‘वेब सिरिज’ को दुनियाँमा अहिले ‘रेटिङ’ भइरहेको ‘ब्रोकन बट ब्युटिफुल’ को एउटा शीर्ष भूमिकामा देखिने अनिनेत्री हुन्।

अहिले यो सिरिजको तेस्रो सिजन सुरु भएको छ।

बलिउड इतिहासमा यो त्यस्तो सिरिज भएको छ जसले समीक्षकहरूबाट नौ स्टारसम्म रेटिङ पाएको छ।

श्रीराम कलेजले मोडेको बाटो

काठमाडौंमा जन्मिएकी उनले यहीँको मोडर्न इन्डियन स्कुल सकेर उच्च शिक्षा पनि भारतीय दूतावासकै केन्द्रीय स्कुलबाट सकिन्। त्यसपछि उनी नयाँदिल्ली गइन्।

सानैदेखि भारतीय विद्यालयमा पढेका कारण पनि होला, भारत उनका लागि ‘आदत’ भइसकेको थियो। दिल्लीको श्रीराम कलेज अफ कमर्स विशाखाको जिन्दगीको ‘टर्निङ’ प्वाइन्ट बनिदियो।

कलेजमै कहिलेकाहीँ हुने कार्यक्रमका लागि बनाइएको एउटा नाटक क्लबमा पनि उनी सामेल थिइन्। स्कुले बानी नै थियो, जुनसुकै कार्यक्रममा पनि होमिइहाल्ने। मौकाहरू उनले छाडिनन्।

कलेजमा एक दिन ‘कास्टिङ डाइरेक्टर’ हरूको टिम आयो। एउटा सिनेमाका लागि उनीहरू त्यहाँ ‘स्क्रिनिङ’ गर्न आएका थिए।

प्रकाशित मिति: : 2021-06-08 19:48:00

प्रतिकृया दिनुहोस्