मुम्बईको पाँच तारे होटल हायात रेजेन्सी बन्द, कामदारले पाएनन् तलब

Hyatt Regency
Hyatt Regency

कोरोना महामारीले मुम्बईको चर्चित पाँच तारे होटल हायात रेजेन्सी बन्द भएको छ।

आर्थिक कोष अभाव भएपछि होटल बन्द गर्ने निर्णय लिएको हायात रेजेन्सी प्रशासनले जनाएको छ।

पाँच तारे होटल हायात रेजेन्सी मात्रै होइन, मुम्बईका प्रायः राम्रो लगानीमा सञ्चालित होटेल तथा रेस्टुरा कर्मचारीलाई पैसा दिन–सक्ने अवस्थामा छैनन्।

होटल हायातमा कार्यरत कामदारहरूले समेत तलब नपाएको गुनासो गरेका छन्। मुम्बईस्थित एयरपोर्ट नजिकै रहेको होटल हायात रेजेन्सी एसियन होटल्स् (पश्चिम) लिमिटेडको स्वामित्वमा सञ्चालित छ।

होटलका महाप्रबन्धक हरदीप मारवाहले ‘अभिभावक फर्म’ले कामदार र होटल चलाउनका लागि पैसा पठाएको जानकारी दिएका छन्। 

महाप्रबन्धक मारवाहले भने, ‘कामदार र होटल सञ्चालक गर्न कुनैपनि पैसा हायात रेजेन्सी मुम्बईको एसियन होटल्स् (पश्चिम) लिमिटेडलाई आएको छैन।’

कोरोना महामारीपछि होटल हायात एक वर्षदेखि सुनसान छ। विदेशी पर्यटकहरूको रोजाइँ मानिने हायातमा कामदार बाहेक कोही छैनन्। मुम्बईमा जारी लामो बन्दाबन्दीले व्यापार तहसनहस बनाएको हायात प्रशासनले जनाएको छ।

भारतको आर्थिक राजधानी मुम्बई र केन्द्रीय राजधानी दिल्लीका होटल व्यवसायीहरूको अवस्था दयनीय रहेको छ। दिनहुँ भेटिने कोरोना संक्रमित र लामो बन्दाबन्दीले होटलहरू धमाधम बन्द भइरहेका छन्।

मुम्बईमा थ्रुपै प्रवासी नेपाली होटल व्यवसायमा संलग्न छन्। महामारी पछिको बन्दाबन्दीले आफूहरूले समेत सानो–तिनो लगानीमा सञ्चालन गरेको होटल बन्द गर्ने अवस्थामा पुगेको उनीहरू बताउँछन्। 

प्रकाशित मिति: : 2021-06-08 11:26:00

प्रतिकृया दिनुहोस्