राउटे युवतीकाे वस्तुकरण

Breaknlinks
Breaknlinks

यतिबेला लाेपाेन्मुख राउटे जातीकी युवतीमाथि भएकाे याैन दुर्व्यवहारकाे घटनाबारे सामाजिक सञ्जाल तथा मिडियामा विभिन्न खालका टिप्पणीहरू भइरहेका छन्।

युवतीमाथि गरिएको याैन हिंसा र त्यसको भिडियो सार्वजनिक भएपछि प्रहरी अनुसन्धान र हिंस्रकहरुमाथिको कानूनी कारबाही प्रक्रिया अगाडि बढेकाे छ।

यसैबीच राउटे समुदायभित्र यस्ता घटनाका पीडित नै असुरक्षित,  त्यसमाथि समुदायभित्रैकाे कठाेर कानूनले पीडितलाई भाला राेपेरै मार्न समेत छुट दिन्छ, लगायतका समाचार पनि आइरहेका छन्।



मदिराले लठ्ठ बनाएर राउटे युवतीमाथि यौन दुर्व्यवहार, तीन जना पक्राउ 

राउटे बस्तीमा अब कोही जान नपाउने, स्थानीय प्रशासनले लगायो प्रतिबन्ध 



यस्ता अरु टिप्पणीहरू पनि आइरहेका छन्- उनीहरू उस्तै रहनुपर्छ, समाजसँग घुलमिल भएर अन्तर-सामाजिकीकरणकाे प्रक्रियामा आउनु हुँदैन, आदि। यस्ता प्रतिक्रिया आइरहँदा राउटे जातीकी युवतीहरुलाई वस्तुकरण गर्ने बजारिया प्रक्रियासमेत सुरु भइसकेको छ। याे लेख मुलत: यसै विषयम केन्द्रित छ। विषय प्रसंगले अन्य अर्थ नलागेमा समाजमा महिलालाई हेर्ने दृष्टिकोणलाई उदाहरणकाे रुपमा प्रस्तुत गर्न खाेजिएकाे छ।

सुरुमा आफ्नै घर-आँगनका दुई घटना हेराैँ। 

घटना एक

एकदिन नजिकका काका नाता पर्नेकाे घरमा काम विशेषले बिहानै भेट्न गएकाे थिए। उनी सुतिरहेका थिए। घरकाे ढाेका लिपिसकेकाे थियाे। भान्सकाे चुलाे वरिपरि लिपेकाे आलै थियाे। घरमा त्याे सब गर्ने काकी थिइन्। उनले याे सबै बिहानै गरेकी थिइन्।

काकासँग कामले भेट्न आएकाे बुझेपछि उनले काकालाई भनिन्, 'उठ्ठैनाै, भतिजा क्या कामले आयाछुन् यति छकल्यै (यति बिहानै) अल्छि काँइका।'

काकीकाे बाेली आदेशात्मक थियाे। स्वर अलि ठूलाे थियाे। तर काकाकाे अकल्पनीय जवाफ आयाे। उनले नराम्ररी गालीमा बाेले, 'छुपक्क हाे(चुप लाग) घाेडी।'

अर्काे दिन फेरि भट्टिमै भएकै बेला छाेराले फाेन गरेछ 'बा घर आउ' भनेर। उनले प्रश्न गरेछन्, 'तेरी आमा कहाँ गई ?'

काकी केही बाेलिनन्। उनकाे अनुहार मलिन भयाे।

पछि बुझेकाे, उनले प्राय काकीलाई नराम्ररी गालि गर्दै आएका रहेछन्। एकदिन भट्टीमा समेत उनले सबैका अगाडी भनेछन्, 'मेरा घर चार घाेडी छन्। तिन गाेठ बस्ने, एक हरिकी(नाम परिवर्तन) आमा।' हरि उनकाे छाेराे हाे।

अर्काे दिन फेरि भट्टिमै भएकै बेला छाेराले फाेन गरेछ 'बा घर आउ' भनेर। उनले प्रश्न गरेछन्, 'तेरी आमा कहाँ गई ?'

छाेराले आमा घाेडी खाेज्न गएकी छन् भनेछ। उनले त्यसैमा थपेछन्, 'तेरी आमा घाेडी, घाेडी खाेज्न जान्या त भई।'

घाेडा, घाेडी जनावरहरू हुन्। उनीहरूलाई चरन क्षेत्र पाटनमा छाेडिन्छ। पाटनमा चराउन जानु पर्दैन। छाडा हुन्छन्। उनीहरूकाे शारीरिक सम्बन्ध एउटै घाेडासँग हुँदैन। धेरैसँग हुन्छ। आफैले जन्माएकाे बछेराेसँग पनि हुन सक्छ। यसरी महिलालाई छाडा गाली गर्नुकाे अर्थ हुन्छ- उनीहरूकाे संसर्ग जाेसुकैसँग पनि भैरहेकाे छ, घाेडीहरुकाे जस्तै।

घटना दुई

एक अर्का काकाले दुई अगाडी ५० हजार जारी ल्याए। उनकी श्रीमतीले अर्कैसँग बिहे गरिन्। बिहे भएकाे झण्डै १५ वर्षपछि उनले अर्काे बिहे गरेकी हुन्।

उनले अर्काे बिहे गर्नुकाे कारण लाेग्नेले दु:ख दिएर, कुटेर, जाँड-रक्सी खाएर वा तथानम बाेलेर हाेइन। यत्ति हाे, लाेग्नेले (नेग्लिजेन्स)बेवास्ता गरे।

बिहे गरेकाे तीन वर्षमा छाेरा जन्मियाे। त्यतिन्जेलम्म सम्बन्ध ठिकै थियाे। छाेराे जन्मिनु र बाबु एसएलसी पास हुनु सँगै भयाे। त्यसपछि उनी पढ्न भनेर शहर गए। शहर गएपछि उनले श्रीमतीलाई सम्पर्क गर्न छाेडे। श्रीमतीले सम्पर्क गर्न खाेज्दा पनि कुरा गर्न चाहेनन्।

दशैँमा घर आउदा उनले केही थान केटीका फाेटाेहरू लिएर आए। ती फाेटाेकी केटीलाई गर्लफ्रेण्ड बताए। आफ्नी भाउजुहरूलाई देखाए। नजिकका नातेदारहरूलाई देखाए। कुरा सबैतिर फैलियाे। श्रीमतीले पनि थाहा पाइन्।

उनले बाहिर बाेलेकाे देखिएन। भित्र बाेलेकाे कुरा अरुले सुनेनन्। समग्रमा उनले बाेलिनन्। दबिएर बसिन्। उनी पढे-लेखेकी थिइनन्। बिहे दुई परिवारकाे सहमतिमै भएकाे हाे। बिहे गरेर आउँदा केही थान दाइजो पनि लिएकी थिइन्।

श्रीमानकाे प्लस टु सकियाे। उनी घर आए। श्रीमती घरमै थिइन्। फेरि पनि उनीमाथि दाेहाेरियाे त्यही नियति। पछि उनी माइत गएर बस्न लागिन्। लगातार तिन-चार वर्ष माइत बस्दा पनि उनलाई लिन काेही गएन।

साह्रै भएपछि उनले प्रहरी कार्यालयमा ठाडाे निवेदन दिइन्। ठाडाे निवेदनकाे कारवाही भनेकाे मिलापत्र गराउने हाे। दुबै पक्षका ठालु, भलाद्मीले प्रहरी कार्यालयमा गएर मिलाए। अब सँगै बस्नु भने। उनी आएर घरमा बस्न लागिन्। घर आइसकेपछि पनि पुरानै घटना दाेहाेरियाे। केही नलागेपछि फेरि माइत गएर बस्न लागिन्। प्रहरी कार्यालयमा अर्काे पटक जानलाई निकै ठूलाे प्रक्रिया पुरा गर्नुपर्छ। जुन प्रक्रिया उनकाे पहुँचमा थिएन।

पछि लाेग्ने विदेश गए। उनकाे केही सीप चलेन। त्यसैले अर्काे बिहे गरिन्। बिहे गरेकाे थाहा पाउने वित्तिकै आफ्ना सबै विराेधी भए। 'दुई पाेइल्या, जुठी' जस्ता शब्दमा हाेच्याए। 'पाेइल गएका स्वास्नी मानिसलाई दुई लिङ्गे भनिन्थ्याे।' (सरदार भिम बहादुर पाँडे, त्यस बखतकाे नेपाल- राणाकालीन आखिरी तीन दशक, पहिलाे भाग पेज ७१) त्यस्तै भयाे, उनकाे सम्बन्धमा पनि।

लाेग्ने विदेशबाट घर आइसकेपछि गाउँका भलाद्मी लिएर जारी काट्न गए। त्यसरी आएकाे हाे, ५० हजार रुपियाँ। 
****

मिठाे लयमा गाइने दुइटा देउया हेराैं।
बम्बइकाे चाैकिदार हुनु, पाकेकाे आम खानु।
ओल्लिका काेलिउनाे(काखामा) बस्नु, पल्लिलाई माम खानु।।

आरिउनाकाे करणाली, पाेरिउनाकाे भेरी।
ओल्लि हैन पल्लि हैन, माझाैनाकी(बीचकी) मेरी।।

देउडा पश्चिम नेपालकाे हिमाल र पहाडकाे गीत हाे। माथिका गीत लयमा सुन्दा जति मिठा छन्, अन्त्यमा गएर बुझ्दा त्यति रुखा, झर्रा र उराठ लाग्दा छन्।

भारत जानु, सके कमाई आउनु, नभए ठगिनु, यति नभए सिमानामा लुटिनु याे धेरै नेपालीको नियमितता नै हाे। एउटा पहाडी वा हिमालीबासीले तराईको मिठाे फल आँप खाने चाहना राख्छ। जसरी तराईको मान्छे हिमालकाे स्याउ, पहाडकाे सुन्तला मन पराउँछ।

के एउटी महिलाले माथिको गीतले भनेजस्ताे सम्भव छ ? के उसले खुला रुपमा दुईटा पुरुषलाई भाेग गर्ने चाहना राख्दा पचाउन सक्छ याे समाजले? वा सजिलै स्वीकार गरिन्छ?

इन्डिया जाने कामदारलाई सबैभन्दा गतिलाे नाेकरी चाैकिदारी हाे। त्यसैले ऊ चाैकिदार हुन रुचाउँछ। चाैकिदार हुनुमा ऊ सुख देख्छ।

एउटा पुरुष यति खुला छ। उसले खुला रुपमा इच्छा-चाहाना राख्छ, माग गर्छ, एउटीकाे काखमा बसेर अर्कीलाई चुम्बन गर्न पाउछ। चुम्बनकाे खुला आह्वान गर्छ। यसरी लयमा गाउदा माथिकाे गीत निकै राेचक र मनमाेहक भए पनि अर्थ उदेक लाग्दाे छ।

के एउटी महिलाले माथिको गीतले भनेजस्ताे सम्भव छ ? के उसले खुला रुपमा दुईटा पुरुषलाई भाेग गर्ने चाहना राख्दा पचाउन सक्छ याे समाजले? वा सजिलै स्वीकार गरिन्छ?

माथिकाे पहिलाे गीतले पुरुषलाई छाडा बनाएकाे छ। याे गीतमा महिलाकाे जवाफ भेटिएकाे छैन। यदि जवाफ भेटिए पनि अँह हुँदैन, पाइदैन, लाज मान्दैनाै बाहेक आफूले पनि खुला रुपमा दुई-तिन पुरुष भाेग गर्न पाउ वा खुला रुपमा चुम्बनकाे अपेक्षा सहितका हुँदैनन्।

त्यसैले केटा-केटीकाे देउडा खेल सुरु हुनु अगाबै पुरुषले भन्छ, 'जित्यापै जितडी लेली, नतर(नत्र) जाेहइ हाेली' अर्थात् जितेकाे खण्डमा पुरस्कार पाउली, हारेपछि श्रीमती हुनुपर्छ।

के महिलाले जितेपछि आफूले पनि चाहेजस्तै गर्नकाे लागि खुला बाेलेकाे समाजले मन पराउँछ?

दाेस्राे गीतको पहिलाे हरफले खास अर्थ राख्दैन। याे नदीकाे नाम र भूगाेलसँग जाेडिएर आउछ। तर दाेस्राे हरफले भने पुरुषलाई छनाेटकाे पेटेन्ट राइट(अग्राधिकार) आफूमा सुरक्षित भएकाे मान्छ।

अरस्तुले स्त्रीलाई एक निस्क्रिय पदार्थ मानेका छन् भने पुरुषलाई शक्ति, गति एवं जीवन। तर अध्ययनअनुसार भन्न सकिन्छ, सन्तानकाे रक्षाकाे लागि आमाकाे भूमिका अपरिहार्य छ। जब कि पुरुषलाई सन्तान रक्षामा खास रुचि रहँदैन। मातृत्वकाे भूमिकाबाट मुक्त भएपछि ऊ पनि भाले सरह नै हुन्छ। घाेडा, बादर या अन्य जन्तुहरूमा भाले-पाेथिकाे कार्यक्षमता एवं शक्तिमा कुनै फरक हुँदैन। तर मानव समाज भने महिला र पुरुषमा थुप्रै असमानता छ।

प्राणीशास्त्र अनुसार सबै जनावरहरूले प्राकृतिक समागम र वंश विकासका लागि आफ्नो जोडीको छनोट गर्दछन्। मानिसबाहेक सबै जनावरमा छनोटको अधिकार स्त्री जातिमा हुन्छ।

उदाहरणका लागि पोथी मयूरले भाले मयूरको नाचको आधारमा छनोट गर्दछ। डाँफेमा भाले नौ रङ्गकाे हुनु र पोथी नहुनु आदि। विवाहप्रथाको विकास र सम्पत्तिमा पुरुषको आधिपत्यपछि महिला छान्ने अधिकार पुरुष केन्द्रित भएको देखिन्छ।

कुनैपनि महिला ठाँटिएर, श्रृगारिएर केटा हेर्न भन्दै गाउँ-गाउँ चाहार्दै हिँडेकाे खबर कहिल्यै आएन। यदि कहीँकतैबाट यस्ताे खबर आएकाे भए प्रतिक्रिया के आउथ्याे हाेला? हाम्राे समाजका तथाकथित ठालु र भलाद्मीजनहरूले के भन्थे हाेलान्?

पद्मशम्शेरले पहिलाे पटक छाेरीहरूले पढ्न पाउने गरि पद्मकन्या स्कुल खाेले। 'त्यतिका शताब्दीसम्म पिछडिएका, घरमा कर्के झ्याल पारेर बाहिर हेर्ने, मुख नदेखिने गरी तामदान चढी छाता ओडी, साथी लिएर घरबाट बाहिर जाने मध्यमवर्गका नेपाली नारीहरूले ती कन्या पाठशाला खुलेपछि, हातमा पुस्तक लिई, एक्लै ठाडाे शिर गरेर काठमाडौंकाे बाटामा डटेर हिंडेको देख्दा पुरानाे विचारधारा भएका मानिसहरू धुम्रकेतुकाे "जीवितम् किम नदृश्यते" भन्ने भनाइ सम्झी, बाँच्याे भने यस्ताेपनि देख्न पाइँदाेरहेछ भनि गज खाए।' (सरदार भिम बहादुर पाँडे, त्यस बखतकाे नेपाल- राणाकालीन आखिरी तीन दशक, चाैथाे भाग २००२-२००७ पेज ३३) 

करिब सात दशकपछिकाे अवधिमा पनि छाेरीप्रतिकाे याे दृष्टि कायमै छ। छाेरीहरूले चलन-चल्तीकाे भन्दा फरक केही गर्ने वित्तिकै धुम्रकेतुकै भनाइ सम्झीनेहरू थुप्रै छन्। यस्ताे अवस्थामा छाेरी आफ्नाे लागि आफै लाेग्ने खाेज्दै हिँडेकाे काल्पनिक दृश्यमा छाेरीहरूलाई के भनिएला ? सहजै अनुमान लगाउन सकिन्छ।
****

गाउँका सभा, भलाद्मीहरूकाे बैठक वा अरू त्यस्तै ठाउँमा महिलाले आफ्ना तर्क राखेमा वा दुई कुरा बढी बाेलेमा 'आइमाई मुखिनी, बाख्राे बटालाे' अर्थात् महिला जान्ने पल्टिएको राम्राे हुन्न, बाख्राेले बाटाे सिकाएकाे राम्राे हुन्न, 'पाेथी बाँसे अपसकुन हुन्छ।' जस्ता उखान सुन्नुपर्छ।

यतिमात्र हाेइन उसकाे लाेग्नेलाई समेत 'स्वास्नी तह लागाउन नसक्ने', 'स्वस्नीकाे फरियाभित्र पसेकाे', 'जाेइटिग्रे' जस्ता वाक्यले हाेच्याइन्छ। साथै त्याे महिला कस्काे छाेरी हाे? बाबुले कस्ताे संस्कार दिएकाे हाे? जस्ता कुरा गर्दै माइतीकाे पृष्ठभूमिसम्म पुगिन्छ। 

अहिले पनि महिलाहरूबीच झगडा हुँदा ओछ्यान, लिउ, फेरुवाजस्ता शब्दहरू बढी प्रयाेग हुन्छन्। कसैकाे गाई, गाेरुले खेतबारीकाे बाली खाएमा घरकाे छतमा गई धारे हात लगाएर गरिने गालीकाे शिकार पनि महिला नै हुन्छन्।

सांस्कृतिक रुपले सचेत मानिसमाथिका विषयहरूलाई उति चासाेकाे विषय बनाउदैनन् तर औसत मान्छेहरू भने अनेक कुरामा चियाे गर्छन्। चित्त नबुझ्दा तत्काल झगडा हुन्छ। झगडामा मुकाविलाभन्दा बढी भनाभन हुन्छ। भनाभनमा गालीगलाेज बढी हुन्छ। यसरी गरिने बहुसंख्यक गाली महिलाहरूकाे शरिर, याैन र चरित्रसँग जाेडिएका हुन्छन्।

अहिले पनि महिलाहरूबीच झगडा हुँदा ओछ्यान, लिउ, फेरुवाजस्ता शब्दहरू बढी प्रयाेग हुन्छन्। कसैकाे गाई, गाेरुले खेतबारीकाे बाली खाएमा घरकाे छतमा गई धारे हात लगाएर गरिने गालीकाे शिकार पनि महिला नै हुन्छन्।

झट्ट हेर्दा महिला वा पुरुषहरूकाे अज्ञानता वा अल्पज्ञानता कारण आएका जस्ता लाग्ने यी शब्दहरू सामान्य हाेइनन्। यी त पितृसत्तात्मक समाजको गहिरो राजनीतिक प्रभुत्वका अवशेषहरू हुन।

एउटा लाेग्नेले आफ्नाे श्रीमतीलाई, प्रेमीले आफ्नाे प्रेमिकालाई, आधुनिकताकाे लेप लागेकाे शहरिया युवा जमात देह व्यापार गर्ने महिलालाई, गाउँका ठालुहरूले समग्र महिलाहरूलाई सार्वजनिक स्थल, चिया चाैताराेमा खिस्सी गर्दै, प्रश्न गर्दै, हाेच्याउँदै बस्छन्।

हाेटेल, रेष्टुराँ, पव र बारमा भएका कक्टेल पार्टीहरूकाे बीचमा, रक्सीका बाेतलहरू समाउदै, चियर्सका जाेसिला आवाजहरूमा चुरोटको धुवाँ घाेलेर उठाउन थालिन्छ। उनीहरू पुरुषत्व देखाउदै भन्छन्, 'मेरा प्रेमिका यति पुगे। यति जनासँग याैन सम्बन्ध भयाे। फलानीसँग यति पटक, अर्कीसँग उतिपटक आदि।'

के याे सब कुनै एउटी महिलाले सार्वजनिक स्थल, हाेटेल रेष्टुराँ वा भट्टीमा सुनाउदै हिँड्दा स्वभाविक ठानिन्छ? समाजका टाउके, ठालु, आम मान्छे वा मिडियाहरु? हाेटेलमा पैसा लिएर बाध्यताले शरीर बेचिरहकी महिला निकै तुच्छ विशेषणले चिनिन्छ भने उसकाे शरिर भाेग गर्न जाने पुरुषलाई भने केही भनिदैन। पुरुष ती सबै विशेषणकाे भागिदार बन्नु पर्दैन, किनभने समाज त पितृसत्ताले बनाएको मूल्य–मान्यता र मानसिकतामा अडीएकाे छ।

सिमाेन द भाेउभारले 'द सेकेन्ड सेक्स'मा भनेकी छन्- 'पुरुषले अति चलाखिपूर्वक पत्नीबाट पवित्र रहने सपथ ग्रहण गराउँदछ, तर ऊ स्वयं भने याे सामाजिक व्यवस्थाबाट सन्तुष्ट देखिदैन।'

महिलाको भोगमै आफ्नो पुरुषत्व देख्ने पुँजीवादी मनोवृत्ती, महिलालाई भाेग्या सम्झिने समाज, बिकाउ माल(कमाेडिटी) सम्झने बजारशास्त्रीय अवधारणाले नै हाे महिलाहरू याैन बजारमा बेचिन बाध्य भएका छन्।

सामाजिकीकरण प्रक्रियाले मानिसहरूकाे रुची, आनीबानी र मनाेविज्ञानकाे निर्माण गर्छ। त्यसैले समाज जस्ताे छ, मान्छे पनि त्यस्तै हुन्छ। जसले समाजका सबै चीजलाई बिक्री र नाफाकाे दृष्टिकाेणबाट हेर्छ। प्रेम, मानवीय संवेदना, भोक, रोग, शोक, उत्साह, यौन, कुमारीत्व, सबथोकलाई कमाेडिटी बनाउछ।

बजारका लगानीकर्ताहरू सजिलै भनिदिन्छन्, 'जवानीमा माेज गर्नुपर्छ। आज नगरे कहिले गर्ने?' कसैले यसलाई आलाेचनात्मक रुपले हेर्‍याे भने उनीहरुसँग रेडिमेड उत्तर हुन्छ 'कमजोरी त महिलाहरूकै हाे।'

परिणाम समाजदेखि टाढा रहेका राउटे युवतीहरुलाई मिडिया र युटुबेहरुले वस्तुकरण गराइ छाडे। तर पनि धेरैले भनिरहेका छन्, 'राउटे सामाजिकीकरणकाे प्रक्रियामा आउनु हुँदैन। सधैंकाे लागि असुरक्षित र अस्थाई बसाेबास गरिरहुन्।'

प्रकाशित मिति: : 2021-06-08 12:30:00

प्रतिकृया दिनुहोस्